निर्णय नं. ३८१३ - नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३८१३ - नामसारी भाग: ३१ साल: २०४६ महिना: श्रावण अंक: ४ फैसला मिति :२०४६/०१/०४ २१७७ निर्णय नं. ३८१३ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.वि.नं. ४५ फैसला भएको मिति : २०४६।१।४।७ मा वादी : रुपन्देही जिल्ला हाटी वनगाई गा.पं. वा.नं. ४ बस्ने दुर्गाबहादुर पुन विरुद्ध प्रतिवादी : जि. रुपन्देही हाटी वनगाई गा.पं. वा.नं. ४ बस्ने गुरुचरण यादव मुद्दा : नामसारी (१) पक्ष विपक्ष नै कायम नगरिएको विपक्षको पुनरावेदन लाग्नै नसक्ने लिई जिल्ला कार्यालयले गरेको पुनरावेदन फैसला नै कानुन अनुरुपको नदेखिएको र त्यस्तो कानुनले लाग्नै नसक्ने पुनरावेदन लिई गरेको फैसला उपर क्षेत्रीय अदालतले निजै विपक्षीको पुनरावेदन लिई गरेको फैसला कानुन अनुरुपको भन्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमेशविक्रम कार्की फैसला न्या.हिरण्येश्वरमान प्रधान १. श्री ५ महाराजाधिराज सरकारबाट इन्साफ जाँच गरिदिनु भन्ने हु.प्र. बक्स भई दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. हाटी वनगाई गा.पं. वडा नं. ४(क) कि.नं. २ को सिम ज.वि. ०–१–७ लाई भुलबाट वडा नं. ५(क) कि.नं. १,२,३ को जग्गा छूट दर्ता गरिपाउँ भन्ने माग भएको थियो । यस कार्यालयबाट सबूद प्रमाण बुझी २०३९।३।२९ मा अस्थाई र २०३९।६।१० मा स्थायी म बलबहादुरको नाउँमा दर्ता भएको सो जग्गा रु. २२,०००। मा दुर्गाबहादुर पुनलाई राजीनामा पारीत गरी दिएकोमा पनि दुर्गाबहादुरले जग्गा चिनाई देऊ भनी नक्सा हेरी जग्गा देखाउँदा वडा नं. ५(क) कि.नं. १,२,३ जग्गा मेरो नभई वडा नं. ४(क) कि.नं. २ को जग्गा भएको देखिएको, हामी धनी ऋणी दुवै उपस्थित भई दरखास्त गरेका छौं । मालपोत ऐन, २०३४ को दफा २ ले त्यस्तो फरक पर्न गएको सच्याई दिने अधिकार हुँदा वडा नं. ५(क) कि.नं. १,२,३ को ज.वि. दुर्गाबहादुरका नाउँमा संशोधन गरिपाउँ भन्ने समेत २०३९।७।२५ को बलबहादुर थापा, दुर्गाबहादुर पुनको संयुक्त दरखास्त । ३. क्षेत्रीय किताब उतारको प्रतिलिपि र मिति २०३९।७।२९ मा भएको सरजमीन मुचुल्का समेत मिसिल संलग्न रहेको । ४. बलबहादुरबाट दुर्गाबहादुरले राजीनामा पारीत गरी लिएको जग्गा बदर भएपछि उक्त संशोधन हुने वडा नं. ४(क) कि.नं. २ को ज.वि. १–७–० जग्गा दुर्गाबहादुर पुनकै हकमा देखिँदा मालपोत ऐन, २०३४ को दफा ७(३) बमोजिम संशोधन र दफा ७(२) बमोजिम दर्ता समेत गरी दिने ठहर्छ भन्ने समेत २०३९।८।२७ को मालपोत कार्यालय रुपन्देहीको पर्चा । ५. मेरो भोगचलन भित्रको जग्गा हो । मालपोत कार्यालयले जग्गाको अस्तित्व नै फरक पारी राजीनामा संशोधन गर्ने अधिकार नै छैन । मेरा नाउँमा दर्ता हुनुपर्छ भन्ने समेत गुरुचरण यादवले जिल्ला कार्यालय रुपन्देहीमा दिएको पुनरावेदन । ६. मालपोत कार्यालय रुपन्देहीको पर्चा मनासिब ठहर्छ भन्ने समेत २०४१।४।२५।५ को जिल्ला कार्यालय रुपन्देहीको फैसला । ७. विवाद परेको जग्गामा हक बेहक हुने गरी निर्णय गर्ने अधिकार मालपोत कार्यालयलाई नहुँदा सो निर्णय उपर पुनरावेदन सुन्ने अधिकारी जिल्ला कार्यालयबाट बदर गरिदिनु पर्नेमा झन उल्टो सोही निर्णय सदर गरिएबाट अ.बं. ३५ नं. ले दुवै निर्णय बदरभागी छ । कानुनको प्रत्यक्ष त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको गुरुचरणको निवेदनमा अधिकार क्षेत्