निर्णय नं. ७००२ - जग्गा खिचोला ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७००२ - जग्गा खिचोला । भाग: ४३ साल: २०५८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५८/०२/०३ ३२९४ निर्णय नं. ७००२ ने.का.प.२०५८ अङ्क ५/६ पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी संवत् २०५३ सालको दे.पु.ई.नं. ..११६ फैसला मितिः २०५८।२।३।४ मुद्दाः जग्गा खिचोला । पुनरावेदक वादीः दोलखा जिल्ला लापिलाङ गा.वि.स.वडा नं. ९ वस्ने पदमकुमारी थमेनी । विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ.वस्ने धनवहादुर थामी । § पारित लिखत जेठो भै पछि गरेको भएपनि त्यसले मान्यता पाउने सिद्धान्त यस अदालतवाट प्रतिपाद भै रहेको परिप्रेक्षमा पुनरावेदन अदालतले लिएको निर्णयाधार त्रुटिपूर्ण देखिन आयो । यी वादीको लिखत अदालतको फैसला अनुसार ०३२।४।८ मा पारित भएको र धनवहादुरको लिखत घरसारको देखिंदा वादीको लिखत पछिको भएकोले मान्यता नपाउने भन्न मिलेन । जुन लिखत पहिले पारित भएको छ उसैले मान्यता पाउने हुन्छ । § प्रतिवादी धनवहादुरको घर रहेको भन्ने आधारमा सो जग्गा निवेदक वादीको नठहर्ने हो कि भन्नलाई वादीको रीतपूर्वकको लिखत वमोजिमको सो जग्गा हो भन्नेमा विवाद देखिएन । घरमा दावी नरहेकोले सो घर वाहेकको न.नं. १७ को जग्गा समेत वादीको लिखत वमोजिम कै देखिन आएकोले सोमा दावी नपुग्ने ठहर गरेको शुरु दोलखा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालतको फैसला सो हदसम्म नमिलेकोले सो उपर दोहोर्याउने निस्सा समेतको आदेश दिने नगरेको यस अदालत संयुक्त इजलासको मिति ०५३।१।१२ को आदेश समेत उल्लेखित नजिर समेतका परिप्रेक्षमा त्रुटिपूर्ण हुँदा वदर भै न.नं. १७ को जग्गामध्ये घर रहेको जग्गा वाहेकमा वादी दावी वमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्ने । (प्र.नं. २७ र २८) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ताहरु श्री शान्ता थपलीया, श्री अनिता सापकोटा चापागार्इ र श्री इन्दीरा श्रीस विपक्षी प्रतिवादी तर्फबाटः श्री धनवहादुर वस्नेत अवलम्वित नजिरः फैसला न्या.केशवप्रसाद उपाध्यायः सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (ख) वमोजिम पूर्ण इजलासको लगतमा दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छ । २. लछुमन थामीको नाउंमा पुराना गाउँ घरवारी विजन पाथी ।१।४ दर्ता भएको, निज लछुमन स्वर्गे भएपछि निजको ठूली आमा हिरामायाको हक भएको र मेरो आमा मनमायाले २०२२।८।२।४ मा राजिनामा गरी लिई आमाको हक भएको विजन पाथी ।१।४ मध्ये पूर्व गोरेटो वारी भनेको धनवहादुर थामीको वारी, पश्चिम पन्चेको वारी ठाडो खोल्सा, उत्तर तेर्सो मुल वाटो, दक्षिण मसिने थामीको खेत यति ४ किल्ला भित्रको विजन पाथी ।१ को पुरानो गाउं घरवारी मैले ०३१।४।१ मा राजिनामा गरी लिएको जग्गामा मैले घर समेत बनाइ भोगी आएकोमा उत्तर लापीलाङ जाने तेर्सो वाटो, दक्षिण मेरो घर मुनीवाट गाउंमा जाने गोरेटो वाटो, पुर्व बिपक्षी धनवहादुरको घर वल्लो पटृीको सिढी र लम्पालीको साँध, पश्चिम टुल्के थामीको घर जग्गा सांध ४ किल्ला भित्रको विजन माना अन्दाजी ।.।२ का र घरवारी मुल्य रु.१०००। मोलिने जग्गा खिचोला गरेकोले खिचोला मेटाइ मेरो हक सदर गराइ पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी दावीको ४ किल्ला भित्रको सम्पूर्ण जग्गा वादीको मात्र हक लाग्ने होइन । धनवीर थामी जिम्मा लछुमन थामीको नाम दर्ता भएको पुर्व सानो किर्तिमान थामीको वारी र वादीको आमा र मेरो सासु मनमायाको खेत सांध, पश्चिम लापीलाङ जाने तेर्सो मुल वाटो, उत्तर मानवहाद