निर्णय नं. ७१०६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१०६ - कर्तव्य ज्यान भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५९/०२/१६ ३५६३ निर्णय न.७१०६ ने.का.प २०५९ अङ्क ७/८ पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्बत् २०५८ सालको फौ.पु.ई.नं. ..१८ फैसला मितिः २०५९।२।१६।५ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला वारा, पिप्रा सिमरा गा.वि.स.वडा नं. १ पतलैया घर भई कारागार शाखा विरगञ्जमा वस्ने रामवहादुर लामा विरुद्ध प्रत्यर्थी वादीः नन्दकुमारीको जाहेरीले श्री ५ को सरकार § प्रतिवादीको घर कोठामा वारदात नै नभएको भन्ने पुनरावेदन जिकिर लिएता पनि मिसिल संलग्न प्रमाणहरुवाट प्रतिवादीकै घर कोठामा वारदात भएको पुष्टि भै रहेको देखिंदा सो जिकिर सत्य, र साँचो नदेखीने । § वारदात भएको कोठावाट वरामद भएका कपडाहरुमा लागेको दागको रसायनिक परिक्षण गर्दा समेत मान्छेको रगत र धेरै जनाको विर्य भएको भन्ने प्रतिवेदन समेत सामूहिक करणी गरी मारेको पुष्टि हुने । § आफ्नो घर कोठामा भएको वारदातलाई पनि थाहै नपाएको भन्ने पुनरावेदन जिकिर विश्वसनिय नदेखीने । (प्र.नं.६८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्धान अधिवक्त श्री बालकृष्ण न्यौपाने प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः २०५४ सालको फौ.पु.नं ३२ मिति २०५७।५।८ फैसला न्या.केदारनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम मध्यमान्चल क्षेत्रीय अदालतको मिति २०४३।१२।१२ को फैसला उपर पुनरावेदन परी यस अदालत संयुक्त इजलासको सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (घ) वमोजिम पूर्ण इजलासमा पेश गर्ने आदेश भई यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. महेन्द्रनगर राजमार्ग पथलैया देखी पूर्व २ कि.मि. पिचरोडदेखी उत्तर जंगलमा १ जना आईमाई रुखमा झुण्डी लाशवाट दुर्गन्ध भएको छ भनि गोठालाहरुद्धारा थाहा भएकोले घटनास्थलमा गै हेर्दा अ.बर्ष २४,२५ को लाश रुखमा झुण्डिएको सडी गली मासु भुईमा झर्न आटेको कुन समयको घटना र कुन व्यक्ति हो पहिचान गर्ने नसकिएको हुंदा जाहेर गरेको छु भन्ने ट्राफिक प्रहरी चौकि पथलैयाको प्र.ज. रामध्यान ठाकुरको प्रतिवेदन । ३. लाश रहेको ठाउं सम्म मोटर गएको भन्ने चक्काको डाम भएको र फलामे चुकुल वोल्ट १ फेला परेको र मृतकको शरीर सडि गलि सकेकोले पोष्टमार्टम गर्न समेत नमिल्ने र लाशको स्थिति हेर्दा करिव ५ दिन जति अगि नै मरेको देखीएको लाशको प्रकृति ठिक छ भनि गा.पं. पिपरा सिमरा वार्ड नं. १ पथलैया वस्ने कुलवहादुर समेतका मानिसले गरेको लाश प्रकृति मुचुल्का । ४. मृतक लाशको कोहि वारेस नहुंदा लाशको दाह संस्कार गर्नको लागि लाश वुझाउंदा वुझि लिए भनि गा.पं. पिपरा सिमराको प्र.पं. मुकुन्दवहादुर क्षेत्रीले लाश वुझेको भरपाई कागज । ५. मिति ०३९।२।१२।४ को दिन दिउसो १२ बजेको समयमा घर नजिकको निजगढ वजारमा पैसा तिर्न वांकि छ, तिरि आउछु भनि घरवाट हिडेकी छोरी वर्ष १८ कि लक्ष्मी कुमारी सांझसम्म पनि नआई पुगेकाले खोज तलास गर्दै थिएं तपाईको छोरी लक्ष्मी क्षेत्रिनि घर भारत रक्सौलमा कपडा पसल र जितपुर वजारमा पसल राखेको एउटा मदिसे केटोसंग विवाह गर्छु भनि सो केटोसंग विरगंज तर्फ आउने वसमा चडि गयो भनि गाउंकै लक्ष्मी भण्डारीले र साइलि दमेनिले भनेकोले म ढुक्क भई घरमा बसेको थिएं र मेरो गाउंको वन विभागमा काम गर्ने कृष्णप्रसाद सापकोटा गाउंमा गएको र एउटा केटी पथलैयाको जंगलम