निर्णय नं. ७००७ - लिखत दर्ता वदर ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७००७ - लिखत दर्ता वदर । भाग: ४३ साल: २०५८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५८/०२/३१ २८४३ निर्णय नं. ७००७ ने.का.प. २०५८ अङ्क ५/६ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत् २०५६ सालको दे.पु.ई.नं. .....२१ फैसला मितिः २०५८।२।३१।४ मुद्दाः लिखत दर्ता वदर । पुनरावेदक प्रतिवादीः झापा जिल्ला सतांसधाम गा.वि.स.वडा नं.४ बस्ने रणबहादुर खड्का विरुद्ध प्रत्यर्थी वादीः झापा जिल्ला दमक न.पा.वडा नं.१० बस्ने फुलकुमारी नेपाल समेत § न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) बमोजिम सर्वोच्च अदालतको आफ्नो फैसला वा अन्तिम आदेश उपर मात्र पुनरावलोकन हुन सक्छ । प्रस्तुत मुद्दामा पुनरावेदन अदालत विराटनगरबाट फैसला भएको छ, सर्वोच्च अदालतबाट फैसला भएको छैन । दोहोर्‍याउने निस्सा प्रदान नगर्ने निर्णय मात्र भएको छ । दोहोर्‍याउने निवेदनले मुद्दाको रुप लिएको हुँदैन । निवेदनकै तहसम्ममा रहेको हुन्छ । साथै दोहोर्याउने निस्सा प्रदान नहुने निर्णय उपर पुनरावलोकन गर्न नमिल्ने न्यायिक प्रचलन समेत कायम रहेको स्थितिमा निवेदनको वस्तुस्थितिको विवेचना गर्न मिलेन । आधार र कारणहरुको विवेचना र विश्लेषण नगरी भएको सर्वोच्च अदालतको मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान नहुने आदेशमा पुनरावलोकन हुनसक्ने नदेखिएको र न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्याउने निस्सा नहुने आदेश सोही उेनको दफा ११(१) को खण्ड (क) वा (ख) बमोजिम पुनरावलोकन हुने प्रकृतिको विषयवस्तु हो भन्न मिल्ने देखिएन । § तसर्थ माथी उल्लेखित आधार कारणबाट प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, विराटनगरको मिति २०४८।११।२७ को फैसला उपर मुद्दा दोहोर्याउने निस्सा नहुने गरी भएको यस अदालतको मिति २०५१।६।६ को आदेश उपर पुनरावलोकनको निस्सा प्रदान गर्ने गरेको यस अदालत संयुक्त इजलासको मिति २०५४।८।६ को आदेश मिलेको नदेखिने । (प्र.नं. २८ र २९) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री हरिहदर दाहाल प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता श्री शंभु थापा अवलम्वित निजरः फैसला न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) अन्तर्गत पर्न आएका निवेदनपत्रमा पुनरावलोकनको निस्सा प्रदान भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम १ बमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ। २. विपक्षी तिर्थराज नेपालको म फिरादी फुल कुमारी नेपाल श्रीमती हुँ र हाम्रो छोरा टंक प्रसाद नेपाल हो । मेरो सौता पटिृका ३ भाई छोराहरु मित्रलाल, जिवलाल र पुण्य प्रसाद हुन । यसरी हामी ६ अंसियार छौं । हाम्रो पैतृक सम्पत्ति ताप्लेजुङ्गको विक्री गरी ल्याएको सम्पत्तिबाट झापा जिल्ला दमक गा.पं.वडा नं.६ को कि.नं.१५ को ज.वि.१(११(१४ को जग्गा हामी फिरादीहरुका पिता पतिको नाममा खरिद गरी सो जग्गामा दोतल्ला घर बनाई बसोवास गरी सोही जग्गाको उब्जा खाई भोगी आएका थियौं । विपक्षी हाम्रा पिता पतिले हामीहरुलाई थाहा जानकारी नै नदिई उक्त घर जगगा विपक्षी रण बहादुर खड्कालाई मिति २०४३।११।१५ मा र नं.२८९० बाट मालपोत कार्यालय, झापाबाट राजिनामा पारित गरी दिनु लिनु गरेकोले उक्त घर जग्गालाई ६ भाग लगाई फिरादीहरुको ३ भागको उक्त लिखत वदर गरी सो लिखतबाट भएको दर्ता वदर गरी हाम्रो भागको घर जग्गा हाम्रो नाममा दर्ता कायम गरी पाउँ भन्ने समेत व्यहोराको पुण्य प्रसाद नेपाल, टंक प्रसाद नेपाल समेत २ ज