निर्णय नं. ७००८ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७००८ - उत्प्रेषण । भाग: ४३ साल: २०५८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५८/०२/१९ २९९८ निर्णय नं. ७००८ ने.का.प. २०५८ अङ्क ५/६ पूर्ण इजलास माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा माननीय न्यायाधीश श्री टोपवहादुर सिंह माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी संवत् २०५६ सालको रि.पु.ई.नं. १२४ आदेश मितिः २०५८।२।१९।६ विषयः उत्प्रेषण । रिट निवेदकः ल.पु.जि.ल.पु.न.पा.वडा नं. १ स्थित समिट होटलका अख्तियार प्राप्त प्रबन्ध संचालक रोविन मार्टसन । विरुद्ध विपक्षीः श्री ५ को सरकार, श्रम कार्यालय, वागमती अन्चल काठमाडौं समेत । § श्रम ऐन, २०४८ को परिच्देछ ८ को दफा ५० को (घ) वमोजिम सेवावाट नै हटाउने सजाय दिइएकोमा त्यस्तो सजाय उपर पुनरावेदन गर्न पाउने सोही परिच्छेदको दफा ६०(ग) मा व्यवस्था भइरहेको पाइन्छ । यस्तो अवस्थामा सेवामा वहाल रहि रहेको अवस्थामा झै दावी वा उजुरी दिइ रहन पाउने भन्ने दफा ७३ को मनसाय भएको हो भन्न मिल्दैन । सेवावाट हटाउने सजाय गरेको अवस्थामा त्यही व्यवस्थापक समक्ष दावी वा उजुरी लिएर जान पाउनु पर्ने भन्ने पनि सिद्धान्ततः मिल्ने कुरा होइन । त्यस्तै दफा ७३(२) ले उपदफा (१) वमोजिमको दावी वा उजुरी प्राप्त भएपछि व्यवस्थापकले सम्बन्धित कामदारसंग छलफल गरी समस्या समाधान गर्नुपर्ने भन्ने कानूनी व्यवस्था रहेवाट सेवामा नै वहाल रहेको अवस्थामा सेवा सम्बन्धी सुविधा आदिको बिषयमा गरेको दावी उजुर उपर व्यवस्थापकले समस्या समाधान गर्नुपर्ने भन्ने स्पष्ट छ । व्यवस्थापकले कामदारलाई सेवावाट हटाउने गरी सजाय गरी सकेपछि त्यस्तो आफ्नो आदेश माथि पुनरावलोकन गर्न सक्ने वा सदर वदर गर्न सक्ने वा पुनर्विचार गर्न सक्ने अधिकार व्यवस्थापकलाई श्रम ऐन, २०४८ को कुनै दफाले अधिकार दिएको देखिदैन । यस्तो अवस्थामा सो सेवावाट हटाएको आदेश उपर पुनरावेदन गर्न पाउने कानूनी उपचारको वाटो सोही ऐनको दफा ६०(ग) ले त्यस्तो कर्मचारीलाई प्रदान गरी राखेको पाइन्छ। § श्रम ऐन, २०४८ को दफा ६० को (ग) अनुसार पुनरावेदन गर्ने कानूनी उपचारको मार्ग अवलम्वन नगरी दफा ७३(१) वमोजिम व्यवस्थापक समक्ष र दफा ७३(३) वमोजिम बिपक्षी श्रम कार्यालयमा निवेदन दिन गएको कानून सम्मको कार्यविधि अवलम्वन गरेको मान्न मिल्ने नदेखिएको हुँदा त्यस्तो निवेदनलाई ग्रहण गरी विपक्षी श्रम कार्यालयले सोही दफाको उपदफा (५) वमोजिमकै अधिकार प्रयोग गरी गरेको मिति २०५२।८।२८ को निर्णय आदेश क्षेत्राधिकारविहिन अवस्थाको देखिएकोले उक्त निर्णय उत्प्रेषणको आदेशव्दारा वदर हुने ठहर्याएको माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल र माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको राय मनासिव ठहर्ने । (प्र.नं. ९ र १०) रिट निवेदक तर्फबाटः विपक्षी तर्फबाटः नायव महान्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ र विद्वान अधिवक्ता श्री रमेश बराल अवलम्वित नजिरः आदेश न्या.राजेन्द्रराज नाख्वाः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) वमोजिम यस अदालतको अधिकारक्षेत्र भित्र पर्ने भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) वमोजिम यस इजलासमा पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. विपक्षी मध्येका भिमवहादुर डिमडुङलाई २९ अक्टुवर १९९२ मा यस समिट होटलको डिसवासर पदमा होटलको नियमानुसार नियुक्ति दिइएको र सोही पदमा १३ अक्टुवर १९९३ मा स्थायी गरिए पश्चात निज बिपक्षी आफ्नो ड्यूटीमा उपस्थित नभई गयल भएको कारणले ७ मार्च १९९५ मा नसिहत दिइएको, त्यस पश्चात निजलाई स्टाप किचनमा कार्यर