निर्णय नं. ७०१० - उत्प्रेषण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७०१० - उत्प्रेषण समेत । भाग: ४३ साल: २०५८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०५८/०२/१२ ४०६४ निर्णय नं. ७०१० ने.का.प. २०५८ अङ्क ५/६ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा संवत् २०५६ सालको रि.पु.ई.नं. ३८०१ आदेश मितिः २०५८।२।१२।६ विषयः उत्प्रेषण समेत । रिट निवेदकः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १४ को हाल ऐ. वडा नं. १८ मा वस्ने देवलाल राजकर्णिकार । विरुद्ध विपक्षीः नुवाकोट जिल्ला अदालत समेत । § विषय वा प्रसंगले अर्को अर्थ नलागेमा भन्ने कानुन व्याख्याको सिद्धान्त सन्दर्भवाट सम्वन्धित कानूनको के कस्तो अर्थ लाग्ने हो हेर्नु पर्दछ भन्ने कुरामा आधारित भएको छ । वारेश मुद्दाका सम्बन्धमा अदालतमा उपस्थित हुनु पर्ने व्यक्ति होइन । मुद्दाका पक्ष विपक्ष वा वादी प्रतिवादी उपस्थित हुनुपर्ने व्यक्ति भन्ने कुरा मुद्दामा उपस्थित हुनु पर्ने भन्ने शव्दावलीले प्रष्ट गर्दछ । वारेशको आफ्नो मुद्दा हुँदैन । त्यसैले वारेशलाई मुद्दाको पक्ष भन्न नमिल्ने हुन्छ । मुलुकी ऐन अ.वं. ६२(३) नं. को व्यवस्था मुद्दा सकार गर्ने सम्बन्धी व्यवस्था हो । मुद्दाका हाजीर हुनु पर्ने पक्ष मरी, वहुलाए, वेपत्ता भएमा निजको दैयादरले ३५ (पैतिस) दिन भित्र मुद्दा सकार गर्ने अवस्था पर्दछ । वारेशको आफ्नो मुद्दा नहुने हुँदा वारेसको दैयादारको रुपमा मुद्दाको सम्बन्धित पक्ष कायम हुन सक्ने हुँदैन । § मुद्दाको पक्षको दैयादारले मुद्दामा उपस्थित हुनुपर्ने पक्ष मरे, वहुलाए वा वेपत्ता भएमा सो मितिले ३५ दिन भित्र मुद्दा सकार गर्न पर्ने कानूनी व्यवस्था भएकोले त्यस्ता दैयादार वारेशको दैयादार भन्न नमिली मुद्दाका पक्षको दैयादारलाइ जनाउने हुँदा समेत वारेश वेपत्ता भएको कारणले मुद्दा सकार गर्न पाउने कानूनी व्यवस्था नदेखिंने । (प्र.नं. १० र ११) रिट निवेदक तर्फबाटः विव्दान अधिवक्ता श्री पूर्णचन्द्र पौडेल विपक्षी तर्फबाटः अवलम्वित नजिरः आदेश न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर भै पेश हुन आएको प्रस्तुत रिट निवेदन समेतको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ । २. नुवाकोट जिल्ला साविक विदुर गा.वि.स.को हाल विदुर न.पा.वडा नं. १ कि.नं. ७६३ को जग्गा र त्यसमा वनेको घर समेतको दर्तावाला श्रीमाया डंगोल राजकर्णिकारको मृत्यु भएको र निजले कसैलाई लिखत गरि नदिएको अवस्थामा सिद्धराजको छोरा रत्नराज शाक्यले आफ्नो नाममा नामसारी दा.खा. गरि पाउन निवेदन दिंदा सो वमोजिम हुनु पर्ने हो होइन, वाटाको म्याद वाहेक ७ दिन भित्र उपस्थित हुन आउनु भनि मालपोत कार्यालय, नुवाकोटवाट म्याद सूचना मेरा नाउँमा पठाएकोले म्याद भित्रै उक्त घर जग्गाको दर्तावाला श्रीमाया मेरी श्रीमती भएको र नामसारी माग गर्ने रत्नराज वेसरोकारवाला व्यक्ति हुँदा मेरो नाउँमा नामसारी गरी पाउँ भनि हाजिर उपस्थित हुन गएकोमा मालपोत कार्यालयले निज रत्नराजकै नाउँमा एकलौटी नामसारी गर्ने गरी २०५३।६।१० मा निर्णय गर्यो । सो निर्णय वदर गरी मेरो अपुताली हक कायम गराइ पाउन २०५३ साल माघ महिनामा मेरो फिराद नुवाकोट जिल्ला अदालतमा परेको म रिट निवेदक वृद्ध भएको तथा वेइलाकाको वसोवास भई जिल्ला अदालतमा उपस्थित भइ मुद्दाको आफै पूर्पक्ष गर्न नसक्ने भई वारेश भैरबवहादुर थापा मार्फत पुर्पक्ष गराउदै आएको थिएं । निज वारेशले २०५६।७।३० को तारेखमा उपस्थित नभइ तारेख छाडेको कुरा मेरो कानून व्यवसायीले मलाई खवर गरेको र