निर्णय नं. ७१०८ - नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) वमोजिमको उत्प्रेषणयुक्त आदेश जारी गरीपाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१०८ - नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) वमोजिमको उत्प्रेषणयुक्त आदेश जारी गरीपाउं । भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५९/०८/१२ ३१०१ निर्णय न.७१०८ ने.का.प.२०५९ अङ्क ७/८ विशेष इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्बत् २०५८ सालको रिट नं. ..६५ आदेश मितिः २०५९।८।१२।५ बिषयः– नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१)(२) वमोजिमको उत्प्रेषणयुक्त आदेश जारी गरीपाउं । निवेदकः जिल्ला गोरखा, गा.वि.स.श्रीनाथकोट वडा नं. ५ घर भै का.जि., का.म.न.पा.वडा नं. ३ वस्ने प्रेमनारायण धिताल विरुद्ध विपक्षीः नेपाल राष्ट्र बैंक,केन्द्रिय कार्यालय, काठमाण्डौं समेत § कुनै पनि निकाय वा संस्थामा कुनै पनि पदका लागि के कस्तो न्यूनतम शैक्षिक योग्यता भएको जनशक्ति आवश्यक पर्ने हो र त्यस्तो न्यूनतम शैक्षिक योग्यता समयानुकुल के कस्तो परिवर्तन गर्नु पर्ने हो संवन्धित विधायिकी अधिकार प्रयोग गर्ने निकायको नीतिगत कुराहरु हुने । § समानताको मौलिक हक पनि निरपेक्ष समानताको हक नभै सापेक्ष समानताको हक भएको परिप्रेक्षमा जुनसुकै बिषयमा स्नातकोत्तर गरेको व्यक्तिहरु बिच जहाँ सुकै पनि निरपेक्षरुपले समानता हुनुपर्ने भन्ने कुरा संविधान सम्मतको जिकिर नदेखिने। § प्रत्यायोजित विधायिकी अधिकार प्रयोग गरी नेपालराष्ट्र बैंकले आफ्नो वैंकमा अधिकृत श्रेणीको खुल्ला प्रतियोगिताद्धारा पूर्ति गर्दा चाहिने न्यूनतम शैक्षिक योग्यता बैंकको आफ्नो कार्य प्रकृति आवश्यकता अनुरुप केही निश्चित बिषयहरुमा स्नातकोत्तर उतिर्ण हुनुपर्ने गरी तोकेको नियमावलीको प्रावधान संविधान प्रतिकूल भएको भन्न नमिल्ने। § काम गरेका अनुभव प्राप्त व्यक्ति र नवप्रवेशी व्यक्तिलाई समान अवस्थाका भनि मान्न नमिल्ने हुँदा संविधानको धारा ११(१) संग वाझिएको मान्न नमिल्ने भनि। § विशेष इजलासवाट विवादको निरुपण भै सकेको देखिंदा सोही बिषयलाई पुनः विवादको रुपमा उठाई आएको प्रस्तुत रिट निवेदनमा पुनरोक्ति गरी संविधान सम्मत भए नभएको भनि न्यायिक पुनरावलोकन गर्नु औचित्यपूर्ण नदेखिने । (प्र.नं. ८) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री सुभाष पौडेल विपक्षी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक,विद्वान अधिवक्ता श्री प्रेम प्रसाद पाण्डेय अवलम्वित नजिरःने.का.प. २०५४,नि.नं ६३१२,पृष्ठ ७० आदेश न्या.गोविन्दबहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(१) (२) वमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म निवेदक त्रि.वि.वि. वाट मनोविज्ञान विषयमा स्नातकोत्तर तह उतिर्ण गरेको नेपाली नागरिक हुं । नेपाल राष्ट्र बैंकबाट मिति २०५८।५।२४ मा गोरखापत्रमा प्रकाशित सूचना अनुसार २० अधिकृत तृतिय पदको लागी विज्ञापन भएको रहेछ । सो सूचनाको आधारमा उक्त पदको लागी दरखास्त दिन जांदा दरखास्त दिन नपाउने भनि भनेकोले यो निवेदन दिन आएको छु । राष्ट्र बैंकको उक्त सूचनामा तोकिएको अधिकृत तृतीयको आवश्यक न्यूनतम् योग्यतामा नेपाल राष्ट्र बैंक कर्मचारी नियमावली, २०४९ को सातौं संशोधनद्धारा संशोधीत नियम १६ (क) ले निर्धारण गरेको योग्यता भन्दा फरक पारी त्यस बैंकमा कार्यरत कर्मचारीलाई मात्र बढि सहुलियत र सुविधा प्रदान गरी प्रतियोगिता हुनु पूर्व नै असमान व्यवहार गरी संरक्षण प्रदान गरिएको छ । उक्त नियम १६(क) को प्रतिवन्धात्मक वाक्यांशको