निर्णय नं. ९०२१ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०२१ - उत्प्रेषणयुक्त परमादेश भाग: ५५ साल: २०७० महिना: असोज अंक: ६ फैसला मिति :२०७०/०१/२० २७९० ने.का.प. २०७०, अङ्क ६ निर्णय नं. ९०२१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की ०६७–WO–१०१६ आदेश मितिः २०७०।१।२०।६ विषय :– उत्प्रेषणयुक्त परमादेश । रिट निवेदकः कञ्चनपुर जिल्ला, त्रिभूवनवस्ती गा.वि.स. वडा नं. ९ घर भई कैलाली जिल्ला, गेटा गा.वि.स. वडा नं. ८ बस्ने रुकमिणी राना विरुद्ध विपक्षीः पुनरावेदन अदालत, दिपायल समेत § आफ्नो बाबुले पत्नी भनी स्वीकार गरिसकेको कुरामा छोरीले होइन भनी इन्कार गर्दैमा हुन सक्ने पनि होइन र त्यस्तो इन्कारी स्वीकार्य हुन सक्ने कारणसहितको कानून स्पष्ट देखाउन वा खुलाउन सक्नुपर्ने । (प्रकरण नं.४) § पति पत्नीको जीवनकालमा नै मुद्दा परी मिलापत्र भई अंश पाउने भएको अवस्थामा सो मिलापत्रलाई अर्को तेस्रो व्यक्तिले बदर गराउन सक्ने देखिन्न । सो मिलापत्रबाट हक गुमेको अवस्था पनि नभएको रिट निवेदक छोरी भए पनि अंशियारा छोरी नभई विवाह गरी अन्यत्र गैसकेको स्थितिमा कानूनबमोजिम साधिकार निकाय अदालतबाट भएको मिलापत्र बदर गरिपाउने माग गर्न नसक्ने । (प्रकरण नं.५) § विवाह गरी पतिको घर गइसकेको विवाहिता छोरी बाबु र आमाले विधिवतरूपमा स्वीकार गरिसकेको नाताको मिलापत्र बदर गरिपाउने माग कानूनसङ्गत र युक्तिसङ्गत नदेखिने । (प्रकरण नं.६) रिट निवेदकतर्फबाटः विद्वान अधिवक्ता टिकाराम भट्टराई विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल र विद्वान उपन्यायाधिवक्ता भरतलाल शर्मा अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यस प्रकार छ :– बुबा चनी राना थारू र आमा विन्दा रानाको वैवाहिक सम्बन्धबाट जेठी म रिट निवेदक रुकमिणी राना, माहिली देवकी राना र कान्छी सुदामा कुमारी राना गरी तीन सन्तानको मात्र जन्म भएको र त्यसदेखि बाहेक अन्य कुनै सन्तान हकदार कोही छैन । म समेत तीन छोरीको जन्म भइसकेपछि आमा विन्दा रानाको स्वर्गवास भएको र बुबा चनी राना थारू जीवित छँदै मैले पालनपोषण गरेको र मिति २०६७/२/९ गते आफ्नै कालगतिले परलोक भइसक्नुभएको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा २०(४) बमोजिम बुबाको शेषपछि पैतृक सम्पत्तिमा निवेदकको हक पुगेको छ । आमा विन्दा रानाको मृत्यु भइसकेपछि बुबा चनी रानाले शारीरिक दुर्बलता र वृद्ध अवस्थाका कारण दोस्रो विवाह गर्नुभएको छैन । म निवेदकले जीवित छउञ्जेल पालनपोषण तथा मृत्युपश्चात् आफ्नो हिन्दूधर्म परम्पराअनुसार सद्गत काजकिरिया गरेको छु । विपक्षी मध्ये बहाले रानाको श्रीमती मन्दरदेवी रानाले स्व. पिता चनी राना थारूउपर कैलाली जिल्ला अदालतमा नाता कायम गरिपाऊँ भन्ने फिराद गरी विपक्षी मन्दरदेवी रानाको कथित दावी कायम राखी स्व. पिता चनी राना र विपक्षी बहाले रानाको पत्नी मन्दरदेवी रानाका बीच लोग्ने स्वास्नीको नाता कायम हुने गरी मिति २०६४/५/१७ गते मिलापत्र गरेउपर म निवेदकले सो मिलापत्र बदर गरिपाउन कैलाली जिल्ला अदालतमा मिति २०६७/८/८ गते दु.दे.नं. ०६७०/००४९ को मिलापत्र बदर मुद्दा दिई हाल विचाराधिन अवस्था रहेको र स्व. पिता चनी रानाको शेषपछि म निवेदकको हक पुगी निजको नामको जग्गा नामसारी दा.खा. गरिपाऊँ भनी मालपोत कार्यालय, कैलालीमा निवेदन दिई कारवाहीयुक्त अवस्