निर्णय नं. ७१११ - नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१),(२) वमोजिमको उत्प्रेषणको आदेश जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१११ - नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१),(२) वमोजिमको उत्प्रेषणको आदेश जारी गरी पाउँ । भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५९/०८/१९ २८३१ निर्णय न.७१११ ने.का.प. २०५९ अङ्क ७/८ विशेष इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री माननीय न्यायाधीश श्री रामनगिना सिंह सम्बत् २०५७ सालको रि.नं. .... ३३१० आदेश मितिः २०५९।८।१९।५ बिषय :– नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१),(२) वमोजिमको उत्प्रेषणको आदेश जारी गरी पाउँ । निवेदकः जिल्ला कपिलवस्तु, पटना गा.वि.स.वडा नं. ८ घर भै हाल का.जि.का.म.न.पा.वडा नं. १६ वस्ने राजेन्द्र ज्ञवाली समेत विरुद्ध विपक्षीः श्री ५ को सरकार,मन्त्री परिषद सचिवालय समेत § मौलिक हकमा अनुचित वन्देज लगाएको वा संविधानसंग वाझिएको छ भन्नु मात्र संविधानको धारा ८८(१) अन्तर्गतको न्यायिक पुनरावलोकनको निवेदनमा प्रर्याप्त हुँदैन । त्यसको कारण समेत स्पष्ट उल्लेख हुनुपर्दछ र सो अनुसार सम्बन्धित कानूनको संवैधानिक परिक्षण हुने हो। तसर्थ शिक्षा ऐन, २०२८ को दफा ११ झ. को कानूनी व्यवस्था संविधानसंग वाझिएको भन्ने जिकिर निवेदकको वस्तुगत आधारबाट पुष्टी नभएको अवस्थामा गरिएको कानूनी व्यवस्थालाई अमान्य र वदर घोषित गरीरहनु नपर्ने । § मिति २०५७।७।२४ गतेको राजपत्रमा प्रकाशित भै सोही मितिवाट नै लागू भै सकेको राष्ट्रिय सेवा आयोग नियमावली, २०५७ को नियम , ५५ द्वारा शिक्षा नियमावली, २०४९ को नियम २५ पूरै खारेज भैसकेको देखिन्छ । उक्त खारेज भै सकेको नियम २५ को उपनियम (५),(५क), (५ख) र (५ग) ले उम्मेदवारको नामावली प्रकाशीत गर्ने संवन्धी, पुनर्योग सम्बन्धी कार्यविधिगत कुराहरुको मात्र व्यवस्था गरेको र त्यस्तो कार्यविधिगत कुराले संविधानद्वारा प्रदत्त धारा ११,१२,१६ र १७ वमोजिमको अधिकारमा प्रतिकूल असर पारेको नदेखिंदा अमान्य र वदर घोषित गरीरहनु नपर्ने । § नियमको कानूनी व्यवस्था संविधान प्रतिकूल भनी सो वमोजिम लिइएका शिक्षकहरुको लिखित परीक्षा र सो को नतिजा एवं राष्ट्रिय शिक्षक सेवा आयोगले गर्न लागेको अन्तर्वार्ता लगायतको सम्पूर्ण काम कारवाही समेत वदर गरी पाऊँ भन्ने निवेदन जिकिर स्विकारयोग्य मान्न नमिल्न। (प्र.नं. १२ देखि १४) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री केदारप्रसाद दाहाल विपक्षी तर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता श्री नन्दबहादुर सुवेदी अवलम्वित नजिरः आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(१) (२) वमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. मध्यमान्चल क्षेत्रीय शिक्षा निर्देशानालय, काठमाण्डौंको विज्ञापन नं.५।०५२, ६।०५२, २।०५२, ९।०५२–०५३ को विज्ञापन अनुसारको शिक्षक पदमा उम्मेदवारी दिई लिखित परीक्षामा समेत उतिर्ण भई सकेका छौं । उक्त लिखित परीक्षा सञ्चालन गर्दा शिक्षा नियमावली तेस्रो संशोधन कायम थियो । परीक्षा सम्पन्न भएपछि चौथो संशोधन गरी नियम २५ को उपनियम ६क. र ६ख. समेत थप गरियो । पुनः शिक्षा नियमावली, २०४९ लाई पाँचौ संशोधन गरी नियम २५(४) सम्मको व्यवस्थालाई यथावत राखी नियम २५(५) मा लिखित परीक्षाको नतिजालाई प्रत्यक्ष असर पर्ने गरी संशोधन गर्या । संशोधन पूर्वको उक्त नियममा कति माग संख्या भए कति जना परीक्षार्थीलाई लिखित परीक्षामा उतिर्ण गराउने भन्ने व्यवस्था रहेकोमा त्यसलाई हटाई नियम २५(४) वमोजिमको अंक प्राप्त गर्ने सवैलाई परीक्षामा उतिर्ण गराउ