निर्णय नं. ७११२ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७११२ - उत्प्रेषण समेत भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५९/०६/०८ ३५१५ निर्णय न.७११२ ने.का.प. २०५९ अङ्क ७/८ संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्बत् २०५६ साल रिट नं. ...३७६९ आदेश मितिः २०५९।६।८।३ बिषय :– उत्प्रेषण समेत । निवेदकः डडेल्धुरा जिल्ला, जोगवढा गा.वि.स.वडा नं. २ घर भै हाल जालपा माध्यमिक विद्यालय देवलमा शिक्षक पदमा कार्यरत ज्ञानवहादुर वम विरुद्ध विपक्षीः जालपा माध्यमिक विद्यालय वझांग समेत § रिट निवेदक जस्ता २०३३ साल देखि नै स्थायी नियुक्ति पाइसकेका व्यक्तिका हकमा सेवा सम्बन्धी प्रतिकूल असर पार्ने गरी पछि माएको नियमावलीको व्यवस्था अनुसार बिपक्षी शिक्षा मन्त्रालयको निर्णयले पश्चातदर्शी (Retrospective) असर दिन खोजेको देखिन आयो । कानूनको स्पष्ट अख्तियारी वेगर त्यस किसिमले पश्चातदर्शी प्रभाव पर्ने गरी रिट निवेदक जस्तो निम्न माध्यमिक तहमा स्थायी नियुक्ति भएको व्यक्तिलाई परिणामतः दर्जा तलव घटाउने प्रकृतिको कार्य गर्न नमिल्ने हुंदा यस सम्बन्धमा बिपक्षी शिक्षा मन्त्रालय र सम्बन्धित कार्यालयहरुवाट भएका काम कारवाही तथा निर्णयहरु उत्प्रेषणको आदेशद्वारा वदर हुने। (प्र.नं. १३) निवेदक तर्फबाटःविद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी तर्फबाटः सह न्यायाधिवक्ता श्री राजनारायण पाठक अवलम्वित नजिरः आदेश का.मु.प्र.न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ :– २. म निवेदक मिति २०२६।१।१७ देखि त्रिभुवन प्राथमिक स्कूल पिखेत थलारा वझांगमा अस्थायी शिक्षक पदमा नियुक्ति पाई कार्यरत रहेकोमा शिक्षा ऐन २०२८ लागु भए पश्चात वझांग जिल्ल मा पनि राष्ट्रिय शिक्षा पद्धाति लागू हुंदा मिति २०३२।९।३०।४ मा जिल्ला शिक्षा समितिको निर्णय र जिल्ला शिक्षा सेवा आयोगको मिति २०३२।९।१० को सिफारिश अनुसार तत्कालीन जालपा नि.मा.वि. को प्राधानाध्यापक पदमा ६ महिनाको परीक्षण कालमा रहने गरी नियुक्ति पाई जिल्ला शिक्षा समितिको मिति २०३८।३।१ को निर्णय अनुसार मिति २०३३।९।१४ देखि लागू हुने गरी स्थायी नियुक्ति पाएको थिए । त्यस्तै तत्कालीन जिल्ला कार्यालय शिक्षा शाखाको मिति २०३३।३।१७ को पत्र अनुसार मलाई जालपा नि.मा.वि. देवलमा का.मु.प्रधानाध्यापक पदमा पदस्थापना गरिएको थियो भने जालपा मा.वि.ले मा.वि. स्तर संचालन गर्न अनुमति पाएकोले सो मा वि.को संचालक समितिको मिति २०४२।४।१० को वैठकले मा.वि. स्तरको निमित्त प्रधानाध्यापक पदमा रही काम गर्ने गरी निर्णय गरे वमोजिम म सो विद्यालयको निमित्त प्रधानाध्यापक भै काम काज गरी हाल सोही विद्यालयको नि.मा.वि. तहको शिक्षक पदमा कार्यरत रहेको थिए । यसै विच बिपक्षी जिल्ला शिक्षा कार्यालय वझांगले मलाई रेकर्ड अनुसार तपाई मिति २०३८।३।१७ को नियुक्तिको आधारमा नि.मा. स्तरमा कार्यरत रहनु भएको देखिएको, तपाईको योग्यता एस.एल.सी.मात्र भएको कारणवाट शिक्षा नियमावली २०४९ को नियम ४४(२) को आधारमा तपाईको पद नि.मा.वि. तहमा कायम राख्न मिल्ने नदेखिएको तथा योग्यताको आधारमा तपाईको पद प्रा.शि.चतुर्थ श्रेणीमा कायम हुने देखिएकोले तपाईले नि.मा.वि.तहको लागि निर्धारित योग्यता प्राप्त गर्नु भएको भए प्रमाण पत्रहरुका २।२ प्रति प्रमाणित प्रतिलिपी पठाउन हुनका साथै तत्सम्बन्धमा आवश्यक आधार तथा राय प्रतिक्रिया पठाउन हुन समेत अ