निर्णय नं. ७४१९ - उत्प्रेषणयुक्त परमादेश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४१९ - उत्प्रेषणयुक्त परमादेश । भाग: ४६ साल: २०६१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६१/०८/१० ४६७६ निर्णय नं. ७४१९ ने.का.प.२०६१ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री हरिजंग सिजापति संवत् २०६१ सालको रि.पू.इ.नं. ....२६ आदेश मितिः २०६१।८।१०।५ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदकः भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. ८ बस्ने महेशकुमार श्रेष्ठ विरुद्ध विपक्षीः त्रिभुवन विश्वविद्यालय, पुनरावेदन आयोग समेत § वेतलवी विदा समाप्त भएको मितिवाट ५ बर्ष सेवा गरेको शिक्षकले आफूले गर्न खोजेको अनुसन्धान समेतको विवरण आफ्नो क्याम्पस प्रमुख मार्फत शिक्षाध्यक्ष समक्ष पेश गरी शिक्षाध्यक्षवाट स्वीकृत गराउनु पर्ने पूर्वशर्त रहेको देखिन आउँदा निवेदकले नियमसम्मत तरिकाले स्वाध्ययन विदा स्वीकृत गराउनेतर्फ उन्मूख भएको अवस्था नभई आफू उपर विभागीय कारवाहीका प्रक्रिया आरम्भ भएपछि मात्र सो कुराको जिकिर लिएको अवस्था देखिएकोले सो विदा स्वीकृत गरिएन भन्ने जिकिर कानून सँगत देखिन नआउने । § गान्धी पण्डित समेतका केही व्यक्तिहरुको विदा स्वीकृत भएको तर आफ्नो विदा स्वीकृत नभई आफू उपर असमान व्यवहार गरिएको भन्ने समेतको जिकिर रहेकोमा निवेदकको आचरण र कार्य नियम सम्मत नरहेको भन्ने देखिएको अवस्थामा आफ्नो कानून बिपरीतको कार्यको पुष्टाइको आधार अन्य व्यक्तिहरुको विदा स्वीकृति हुन नसक्ने । § निवेदकले नियमानुसार पहिले नै विदा स्वीकृत गराउनु पर्नेमा नगराई आफू उपर विभागीय कारवाहीको प्रक्रिया आरम्भ भैसकेपछि विदा स्वीकृत हुन स्पष्टीकरण मार्फत अनुरोध भएको पाइएको, अवस्थाअनुसार संचित विरामी विदा र पेश्की विदा पछिवाट स्वीकृत गर्न सकिने अवस्था भएपनि स्वाध्ययन विदा पहिले नै स्वीकृत हुनुपर्ने र नियमले तोकेको पूर्वशर्त समेत पूरा हुनुपर्ने हुँदा निवेदकले माग गरे वमोजिम विदा स्वीकृत नगरिएको बिपक्षीहरुको काम कारवाही समेतलाई नियम बिपरीत, पूर्वाग्रहपूर्ण र विभेदपूर्ण भन्न नमिल्ने । § नियमले तोकेको प्रक्रिया पूरा गरी कारवाही भएको देखिएका, संचित विरामी विदा र पेश्की विदा समेतवाट अनुपस्थित अवधि पुरताल (Cover) हुन सक्ने अवस्था नभएको, स्वाध्ययन विदा स्वीकृतिको लागि त्रि.वि.वि. का शिक्षक कर्मचारी सम्वन्धी नियमको नियम ३१ मा छुट्टै व्यवस्था भई पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरी पछिवाट स्वीकृत गर्न नमिल्ने देखिएको, अनुपस्थित अवधि देखि नै लागू हुने गरी कार्यकारी परिषद्ले सजाय गरेकोमा पुनरावेदन आयोगवाट निर्णय मितिदेखि नै सजाय लागू हुने भनी सच्याएको अवस्थामा निवेदकका विरुद्धमा भएको निर्णयलाई अतीतप्रभावी समेत भन्न नमिल्ने । निवेदकतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री सर्वज्ञरत्न तुलाधर र श्री वासुदेवप्रसाद ढंगाना तथा विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फवाटः विद्वान अधिवक्ता श्री नारायणप्रसाद खनाल अवलम्वित नजिरः आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम यस अदालतमा दायर भई संयुक्त इजलासमा मतैक्य हुन नसकी सर्बोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ :– २. त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कीर्तिपुरले मलाई त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवाबाट हटाइएको भन्दै मिति २०५६।४।१७ को पत्रबाट अवगत गर