निर्णय नं. ७४२० - कुलोपानी हटक खिचोला मेटाई पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४२० - कुलोपानी हटक खिचोला मेटाई पाउँ । भाग: ४६ साल: २०६१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६१/०८/१७ ३९७६ निर्णय नं. ७४२० ने.का.प.२०६१ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री परमानन्द झा सम्बत् २०६१ सालको दे.पू.इ.नं. .....२१ फैसला मितिः २०६१।८।१७।५ मुद्दा : कुलोपानी हटक खिचोला मेटाई पाउँ । पुनरावेदक वादीः पाल्पा जिल्ला गेझा गा.वि.स वडा नं.९ बस्ने चिरञ्जीवी खनाल समेत बिरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ.बस्ने मानसिं सिजाली समेत § मिति २०३३।१०।१२ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलाबाट प्रत्यर्थी प्रतिवादीहरुले विवादित फेदी खोलाको कुलोको पानी प्रयोग गरी सकेपछि यी वादीहरुको जग्गामा समेत पानी पटाउन पाउने भन्ने देखिन आएको अवस्था देखिएको र हाल प्रतिवादीहरुले पानी लगाउन नदिएको भन्ने दावी समेत रहेको देखिदां प्रस्तुत फिराद लाग्नै नसक्ने भन्न नमिल्ने । § खोलाको पानी स्वभावैले वगेर जाने प्रकृतिको भएको र जग्गा आवाद गर्नेको महलको १ नं को कानूनी व्यवस्थाले पनि कुलो निमार्ण गर्ने यी प्रतिवादहिरुले पानी प्रयोग गरी सकेपछि सो कुलोको पानी यी वादीहरुले समेत प्रयोग गर्न पाउने अवस्था विद्यमान रहेकै देखिदा विवादित कुलो यी प्रतिवादीहरुले वनाएको ठहर भई पहिले यी प्रतिवादीहरुले सो कुलोको पानी प्रयोग गर्न पाउने फैसला अन्तिम भएर वसेको अवस्थामा विवादको कुलोमा वादी दावी बमोजिम निजहरुको हक कायम हुन सक्ने अवस्था नदेखिंदा दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालतको फैसला सदर हुने । पुनरावेदक वादीतर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा प्रत्यर्थी प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री रामजी विष्ट अवलम्वित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत बुटवलको मिति २०५७।२।९।२ को फैसला उपर परेको प्रस्तुत मुद्दामा संयुक्त इजलासका माननीय न्यायाधीशहरुका वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :– २. जिल्ला पाल्पा गेझा गा.वि. स. वडा नं.९ कि.नं.८७९ खेत रोपनी १–१२–०१÷२ कि.नं.५९५ पाखो रोपनी ७–३–३१÷२ कि.नं.५७९ रोपनी ३–३–३ कि.नं.४०४ रोपनी ७–५–० कि.नं.८६४ रोपनी १०–३–० १÷२ पाखो म गुणनिधी खनालका नाउँमा जग्गाधनी दर्ता प्रमाणपूर्जा भएको मेरो पैतृक सम्पत्ति हो । यसै जग्गामा मेरो घर बसोबास छ । त्यस्तै ऐ.गा.वि.स.वडा नं.९ को कि.नं.५९३ खेत रोपनी २–४–० ३÷४ कि.नं.५९४ रोपनी १२–१५–१ कि.नं.५९६ रोपनी ५–२–२ ३÷४ कि.नं.९९८ रोपनी २–२–३ कि.नं.६०३ रोपनी १–१२–० कि.नं.८८१ रोपनी १४–१०–० १÷४ कि.नं.८८२ रोपनी ०–९–० १÷२ पाखो म चिरन्जीवी खनालका नाउँमा जग्गाधनी दर्ता प्रमाण पूर्जा भएको मेरो पैतृक सम्पत्ति हो । यसै जग्गामा मेरो घर बसोबास छ । उल्लेखित जग्गा साविकमा पाल्पा मन भागा मौजाको दर्ता कि.नं.१ हलदरको पाखो दर्ताको जग्गा भै साविक देखि नै हामी दाजुभाइको घर बसोबास भएका जग्गा हो । पूर्खाका पाला देखि नै पानी खान र तरकारी फलफुलमा पानी सिंचाइ गर्न हाम्रो जग्गाको पूर्व सिमानाको फेदी खोलाबाट आफ्नो जग्गामा कुलो बनाई पानी ल्याई उपभोग गरि रहेका थियौं । फेदी खोलामा पानी भएकोले पाखो जग्गालाई खेतमा दर्ता गरि पाउँ भनि हामी दुवै भाईले तत्कालीन पाल्पा माल कार्यालयमा दरखास्त दिएका थियौं । हामी घर नभएको मौका पारी गेझा छाप डाडा बस्ने हरिलाल देवकोटा, ज्ञानप्रसाद द