निर्णय नं. ७४२१ - लागूऔषध ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४२१ - लागूऔषध । भाग: ४६ साल: २०६१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६१/०७/२६ ४८४१ निर्णय नं.७४२१ ने.का.प.२०६१ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली संवत २०६१ सालको पुनरावलोकन निस्सा नं.... ३२ फैसला मितिः२०६१।७।२६।५ मुद्दाः लागूऔषध । पुनरावेदक वादीः प्र.नि. रीता वस्नेत समेतको प्रतिवेदन जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः १२ मुर्रे सेन्ट मोसमन्ट पार्क पर्थ– ६०.१२ वेस्टर्न अष्ट्रेलिया घर भै हाल केपरलवान रोगो जाम्पी व्यानयूवङ्गाई इष्ट जाभा इण्डोनेसिया वस्ने गोर्डन विलियम रविन्सन § विदेश जान लागेका विदेशी नागरिकलाई प्रहरीले विना कारण र आधारमा पक्राउ गर्नुपर्ने र निजलाई जवर्जस्ती केशको कार्यवाही हो भनी कागजमा सही गराउनु पर्ने अन्य अवस्था नदेखिएको र प्रतिवादी स्वयंले समेत सो कुरा पुष्टी गर्न नसकेवाट सो लागूऔषध निज प्रतिवादी गोर्डन विलियम रविन्सनका साथबाट वरामद भएको रहेनछ भन्न सकिने अवस्था देखिन नआउने । § पूर्व प्रतिपादित कानूनी सिद्धान्त र कानूनी व्याख्या जवसम्म पुनरावलोकनको माध्यम वा अन्य तरिकाबाट परिमार्जन संशोधन वा परिवर्तन हुदैन तवसम्म ती सिद्धान्त वा वाख्या अनिवार्यरुपमा पालाना हुनेपर्ने । § लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा ८(२) मा कुनै जग्गा वा सवारी वा अन्य कुनै ठाउँमा प्रवेश गर्दा वा खानतलाशी गर्दा समयले भ्याएसम्म सम्बन्धित नगरपंचायत वा गाउँ पंचायत वा वडा समितिका एक जना कर्मचारीलाई साक्षी राखी गर्नुपर्नेछ तर समयले नभ्याएको स्थितिमा उपरोक्त व्यक्तिहरु साक्षी नराखी गरेको वरामदी मुचुल्का नै अमान्य हुने नदेखिने । § प्रतिवादी आफूले अंग्रेजी भाषा वुझ्ने वोल्ने र लेख्ने व्यक्ति रहेका भनी वयानमा स्वीकार गरेको र अंग्रेजीमा उल्था गरी निजलाई वयान गराइएको र संझाइ वुझाई निजले स्वच्छाले हस्ताक्षर गरेको हो भन्ने पुनरावेदकतर्फको जिकिरलाई अन्यथा अर्थ गर्नुपर्ने अवस्था नदेखिने । § वरामद भएको लागूऔषध निजको जुत्ता र झोलामा फल्स वटम वनाई शुरक्षा निकायलाई समेत झुक्यानमा पारी अवैध तरिकाले खरिद गरि विक्री गर्ने उद्येश्यले विदेशतर्फ जान लागेको तथ्य निजको वयान र अन्य प्रमाण कागजातबाट पुष्टी भइरहेको देखिन आउने । पुनरावेदक वादीतर्फवाटःविद्वान नायव महान्यायाधिवक्ता श्री द्रोणराज रेग्मी र विद्वान सह न्यायाधिवक्ता श्री डिल्लीरमण आचार्य प्रत्यर्थी प्रतिवादीतर्फवाटः अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः यस अदालत संयुक्त इजलासको मिति २०६१।१।११ को फैसला उपर परेको निवेदनमा न्याय प्रशासन ऐन २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) अन्तर्गत पुनरावलोकनको निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ:- २. मिति २०५८।५।१ गते तदनुसार १७ अगष्ट २००१ का दिन काठमाडौंवाट एस.क्यू.४१३ उडानद्वारा सिंगापुर हुदै इण्डोनेशियातर्फ जान लागेका व्रिटिस पासपोर्ट नं. ५००१५११६५ वाहक व्रिटिस नागरिक गोर्डन विलियम रविन्सनलाई शंका लागि चेक जाँच गर्दा निजले लगाएको जुत्तामा, निजको लगेज झोलामा र झोला भित्रको लेडिज जुत्तामा अवैध लागूऔषध हेरोइन फेला परेकोले उक्त लागूऔषध हेराइन मात्र तौलदा २ के.जि.३१५ ग्राम भएकोले निज प्रतिवादी लाई इण्डोनेशियातर्फ जानलाग्दा हेरोइन सहित पक्राउ गरेको हो भन्ने समेत व्यहोराको वरामदी मुचुल्का । ३. मिति २०५८।५।१ गते डिउटीमा कार्यरत रह