निर्णय नं. ७४२२ - उत्प्रेषण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४२२ - उत्प्रेषण । भाग: ४६ साल: २०६१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६१/०१/२९ ३०५९ निर्णय नं.७४२२ ने.का.प.२०६१ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित संबत् २०५७ सालको रिट नम्वर ...३५४९ आदेश मितिः २०६१।१।२९।३ बिषयः उत्प्रेषण । निवेदकः भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ८ वस्ने सूर्यवहादुर कायस्थ, अध्यक्ष हिमालय कोल्ड स्टोरेज प्रा.लि. भक्तपुर बिरुद्ध विपक्षीः दयामान कर्माचार्य, प्रबन्ध सञ्चालक, हिमालय कोल्ड स्टोरेज प्रा.लि. भक्तपुर समेत § कम्पनी वोर्डले कम्पनीमा विपक्षी दिनेशवहादुर धौवञ्जारको उपस्थिति कानूनसम्मत भएको र आयकर समेतको फर्छ्यौट भै सकेको भनी निर्णय गरेको र त्यस उपरको पुनरावेदन, पुनरावेदन अदालत पाटनमा विचाराधीन रहेकोले त्यसमा प्रतिकूल असर पर्ने गरी दोहोरो उपचारको मार्ग अवलम्वन गरेको कानून प्रतिकूल हुने । § कम्पनीको नियमावलीका प्रावधानहरुको नियमितता र अनियमितताका सम्बन्धमा रिट क्षेत्रबाट हस्तक्षेप गर्नु कानून र न्यायसम्मत नहुने । निवेदकतर्फवाटः विद्वान अधिवक्ताहरु श्री विष्णुप्रसाद नेपाली, श्री त्रिलोचन गौतम र श्री हरिप्रसाद दुलाल विपक्षीतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री टिकावहादुर हमाल तथा अधिवक्ताहरु श्री हरिहर दाहाल श्री वावुराजा जोशी र रविकृष्ण हाडा र श्री अच्युत भण्डारी अवलम्वित नजिरः आदेश न्या.शारदाप्रसाद पण्डितः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :- २. म निवेदक सूर्यवहादुर कायस्थ र विपक्षी मध्येका दयामान कर्माचार्य संस्थापक सदस्य तथा क्रमशः अध्यक्ष र प्रबन्ध सञ्चालक भै तत्कालीन कम्पनी ऐन, २०२१ अन्तरगत मिति २०४२।४।२७ मा हिमालय कोल्ड स्टोरेज प्रा.लि. नामको कम्पनी रजिष्ट्रर भई संचालन भएकोमा विपक्षी, प्रबन्ध सञ्चालकले आफ्नो पदीय दायित्वको पालना नगरेको, ऐन नियम समेतको उल्लंघन गरी कम्पनीको काम कारवाही गर्न थालेकोले कम्पनी ऐन, २०५३ को दफा ९५, ९६, ९७ समेतको कारवाही चलाई पाउन विपक्षी रजिष्ट्रारको कार्यालयमा मिति २०५५।८।४ मा उजूरी निवेदन दिएको छु । विपक्षी रजिष्ट्रारज्यूबाट मेरो उजुरीको सम्बन्धमा कुनै निर्णय नगरी विपक्षी दिनेशवहादुर धौवञ्जार शेयरवाला, सञ्चालक देखिएको भनी गर्नु भएको प्रमाणिकरणको कार्य अनधिकृत र गैरकानूनी भएकोले सो निर्णय वदर गरिपाउन विपक्षीहरु समेत उपर यसै अदालतमा मिति २०५६।७।३० मा रिट निवेदन दर्ता गरी पूर्पक्षमा छु । विपक्षी प्रबन्ध सञ्चालक दयामान कर्माचार्यले कम्पनी ऐन, २०५३ को दफा १२८ र १२९ को कसूर गर्नु भएकोमा ऐ. ऐनको दफा १२६(१), (२), १२८, १३४(१),(२) र (३) अन्तरगत कम्पनी वोर्ड कार्यालयमा मिति २०५६।८।२ मा उजुरी निवेदन गरेको छु । मिति २०५६।१०।११ मा वसेको विशेष साधारणसभामा म अध्यक्ष अनुपस्थित भै विपक्षी दयामान कर्माचार्य अध्यक्ष र विपक्षी दिनेशवहादुर सञ्चालक भै मलाई कम्पनीको अध्यक्षबाट हटाएको भन्ने कुरा २०५५।०५६ को लेखा फर्छ्यौट समेतका विशेष साधारणसभाको निर्णय प्रतिलिपि पेश गरेको नक्कल मिति २०५७।१०।११ मा कम्पनी वोर्डबाट सारी यो निवेदन गरेको छु । ३. यसरी चलि रहेका भिन्न भिन्न कारवाहीमा प्रतिकूल असर पार्ने मनसायले सो को अन्तिम निर्णय हुनु अघि कम्पनीको काम कारवाहीमा कम्पनी र शेयरवालाको हकहितमा प्रतिकूल हुने गरी अन्यथा निर्णयहरु गर्नु कानूनन् मिल्ने होइन । मिति २०५६।९।९ को