निर्णय नं. ७४२३ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आदेश जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४२३ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आदेश जारी गरी पाउँ । भाग: ४६ साल: २०६१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६१/०३/०८ ४३८८ निर्णय नं.७४२३ ने.का.प.२०६१ अङ्क ८ संयुक्त इजलास माननीय न्यायधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायधीश श्री अनुपराज शर्मा सम्वत २०६० सालको रिट नं. २९४३ आदेश मितिः २०६१।३।८।३ विषयः– उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने अन्य उपयुक्त आदेश जारी गरी पाउँ । निवेदकः कर्मचारी संचयकोषको प्रशासक पदवाट अवकास दिइएको का.जि. सितापाइला गा.वि.स.वडा नं. १ वस्ने वर्ष ३८ को राजेश राजकर्णिकार विरुद्ध विपक्षीः श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय सिंहदरवार समेत § आफूखुशीको सिद्धान्त (Doctrine of pleasure) आफूखुशी जे मन लाग्यो सो गर्न सकिन्छ भन्ने पक्कै पनि होइन । तर आफूखुशी कसरी र कुन रुपमा प्रयोग भएको छ र गरिएको छ, त्यो ठोस र वस्तुनिष्ट रुपमा पुष्टि हुनु पनि पर्दछ । यदि स्वेच्छाचारी, निरकुश एवं आत्मनिष्ट रुपमा खुशीको प्रयोग गरी कसैलाई गम्भीर रुपमा शिकार वा पीडित वनाइएको छ भन्ने त्यस स्थितिमा आफूखुशीको सिद्धान्त लागू हुन नसक्ने । § वस्तुनिष्ट र विशिष्ट अवस्थाको वारेमा अदालत सन्तुष्ट भएमा आफूखुशीको सिद्धान्तको प्रयोगलाई अदालतले वैधता दिन सक्ने । § एउटा नीति र मापदण्ड वनाई त्यसको आधारमा भएको नियुक्ति र अवकाशको निर्णयलाई निवेदकले भने जस्तो गैरकानूनी, भेदभावपूर्ण वा स्वेच्छाचारी भन्न नमिल्ने । § निवेदक आफू समेत कार्यकारी प्रमुखको छनौट प्रक्रियामा सामेल भई आफू कार्यरत कर्मचारी संचयकोषलाई नै पहिलो प्राथमिकतामा राखेको र आफू सो पक्रियाको स्वभाविक अन्त्यवाट निष्कने निष्कर्षवाट वहिरिएको कुरालाई रिट निवेदनमा उल्लेख नगरी आफू प्रतिष्पर्धामा छनौट नभएपछि २०५८।१।२० को श्री ५ को सरकारको निर्णयानुसार ५ वर्ष प्रशासक पदमा कायम रहन पाउनु पर्ने भनी दावी लिएकोवाट सफा हात एवं शुद्ध हृदय लिई रिट क्षेत्रमा प्रवेश गरेको नपाइने । § आफू कार्यरत रहेको प्रशासक पदमा समेत नयाँ नियुक्ति हुदैछ भन्ने कुरा २०५९।९।२३ को गोरखापत्रवाटै स्पष्ट देखिएको एवं श्री ५ को सरकारको तत्सम्वन्धी निर्णयलाई निवेदकले मौकैमा आपत्ति जनाएको अवस्था नभएको र श्री ५ को सरकारको नीतिगत निर्णयलाई हाल पनि अस्वीकार गरेको स्थिति नदेखिदा निवेदकले व्यवहारत: नया नियुक्तिपूर्वका सम्पूर्ण कुराहरुलाई स्वीकार गरेको हुँदा सो आधार समेतवाट निवेदकलाई अदालतले मद्दत गर्न नसक्ने। निवेदकतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल, श्री वद्रिवहादुर कार्की, श्री रामकुमार श्रेष्ठ विपक्षीतर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, सहन्यायाधिवक्ता श्री राजनारायण पाठक, विद्वान अधिवक्ताहरु श्री प्रकाश वस्ती, श्री हरि अर्याल, श्री शुम्भु थापा र श्री अग्नी खरेल अवलम्वित नजिरः आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत यस अदालतको क्षेत्राधिकार भित्र दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः– २. मैले चार्टड एकाउन्टेन्सी डिग्री प्राप्त गरी सोही विषयसंग सम्वन्धित क्षेत्रमा पेशा गरी आएकोमा २०५२।९।९ मा कर्मचारी संचयकोषको तह १० को चार्टर्ड एकाउन्टेण्ट पदमा सेवा प्रवेश गरेको थिएँ । २०५६।१०।२५ देखि कोषको निमित्त प्रशासक भई काम गरीरहेकै अवस्थामा २०५८।१।२० को निर्णयानुसार सो कोषको प्रशासक पदमा कर्मचारी स