निर्णय नं. ७४२४ - लागूऔषध (अफिम खेती)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४२४ - लागूऔषध (अफिम खेती) भाग: ४६ साल: २०६१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६०/१२/३० ३८८१ निर्णय नं.७४२४ ने.का.प.२०६१ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री बलिरामकुमार सम्वत् २०५८ सालको फौ.पु.नं. .....२१०४ फैसला मितिः २०६०।१२।३०। मुद्दाः लागूऔषध (अफिम खेती) पुनरावेदक वादीः प्र.स.नि. कृष्णवहादुर गुरुङ्गको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध प्रत्यार्थी प्रतिवादीः जि.वारा कवहिगोठ गा.वि.स. वा.नं. ७ वस्ने अमिचन राउत समेत § अ.वं. ७२ नं. वमोजिम जस्को हकमा कारवाही गर्नुपर्ने हो सो को हकमा अभियोगपत्र स्वीकार गरी अर्को वारदात र प्रतिवादीको हकमा छुट्टै अभियोगपत्र लिई आउनु भन्ने आदेश गर्नुपर्नेमा दुवै प्रतिवादीको हकमा दायर हुन आएको अभियोग पत्र स्वीकार गरी लिइसकेको अवस्थामा पुरै अभियोगपत्र अ.वं. ७२ नं. ले खारेज गर्न मिल्दैन पहिलो क्रमको प्रतिवादीको हकमा यसै अभियोगपत्रवाट निर्णय गर्नुपर्ने हुँदा अभिचन राउतको हकमा इन्साफ दिनुपर्ने । § ३० वोट अफिम वरामद गर्दा मौकामा यी प्रतिवादी पनि रोहवरमा वसी उक्त मुचुल्कामा सहीछाप समेत गरिदिएको अवस्थामा लागूऔषध ( नियन्त्रण ) ऐन २०३३ को दफा ८ को प्रयोजनको लागि उक्त वरामदी मुचुल्कालाई अन्यथा भन्न मिल्ने अवस्था देखिन नआउने। § लागूपदार्थ (नियन्त्रण) ऐन २०३३ को दफा १२ वमोजिम खेती गरेको जग्गामा लागु पदार्थ फेला परेमा कानून वमोजिम आदेश प्राप्त गरी खेति गरेको वा राखेको हो भन्ने कुराको प्रमाण प्रतिवादीले नै पुर्याउनु पर्नेमा त्यस्तो कुनै सवूत प्रमाण प्रस्तुत गर्न सकेको देखिएन । ऐनले नै वैधताको प्रमाण पुर्याउनु पर्ने दायित्व सुम्पिएको यी प्रतिवादीले आफ्नो दायित्व पुरा गर्न नसकेको अवस्थामा वरामद भएको परिमाणमा अवैध रुपमा लागु पदार्थ अफिम खेती गरेको होइन भन्न नमिल्ने । पुनरावेदक वादीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री शरद खड्का प्रत्यर्थी प्रतिवादीतर्फवाटः अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत हेटौडावाट मिति ०५४।११।२१ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) अन्तर्गत निस्सा प्रदान भै पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार रहेको छ । २. मिति ०५१।११।२२ गतेका दिन जिल्ला बारा गा.वि.स. प्रसुरामपुर वडा नं. २ वस्ने किसुन राउतको नम्वरी जग्गा ज.वि. ०–१–० मा पूर्व पट्टि प्याज, वकुला, र सिमिको वीच वीचमा लगाइएको अफिमको बोट ९० उखेलि वरामद गरिएको भन्ने वरामदी मुचुल्का । ३. मिति ०५१।११।२२ गतेका दिन जिल्ला बारा गा.वि.स. कवहीगोठ वडा नं. ७ वस्ने अभिचन राउतले आफ्नो नम्वरी ज.वि. ०–१–० मा पूर्व पट्टि प्याज बकुला सिमिको वीचमा लगाइएको ३० वोट गाजा सहितको अफिमको बोट उखेलिएको जग्गाधनी अभिचन राउतलाई पक्राउ गरी निजको रोहवरमा भएको वरामदी मुचुल्का । ४. किसुन राउत र अभिचन राउतको खेत एक कठा जग्गा मध्ये किसुन राउतको खेतवाट ९० वोट तथा अभिचन राउतको खेतवाट दाना सहितको ३० वोट अफिम पक्राउ परी निज प्रतिवादीहरुलाई पक्राउ गरी वरामदी मुचुल्का साथ पेश गरेका छौ भन्ने समेतको प्र.स.नि. कृष्णवहादुर गुरुङ्ग समेतको प्रतिवेदन । ५. म आफ्नो जग्गामा आफैले लगाएको अफिम खेती प्रहरीले वरामद गरेको हो म वेमारी भएको कारणले औषधीको निमित्त खादैछु दुखाई कम हुने भएकोले थोरै पिउने गर्दछु । अफिम खेति गर्नु हुदैन भन्ने मलाई थाहा नभएकोले ओषधीको रुपमा गाँजा ल