निर्णय नं. ७४२५ - जवरजस्ती करणी ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४२५ - जवरजस्ती करणी । भाग: ४६ साल: २०६१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६१/०६/०४ ५०४९ निर्णय नं.७४२५ ने.का.प.२०६१ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्वत् २०५७ सालको फौ.पु. नं. –२५१८ फैसला मितिः २०६१।६।४।२ मुद्दाः– जवरजस्ती करणी । पुनरावेदक प्रतिवादीः जिल्ला उदयपुर साविक गाइघाट गा.वि.स.वडा नं. २ हाल त्रियुगा न.पा.वडा नं. २ वस्ने डिल्लीराम भन्ने डिल्लीप्रसाद भण्डारी विरुद्ध प्रत्यर्थी वादीः निरवहादुर घिमिरेको जाहेरीले श्री ५ को सरकार § पीडितको कट्टुमा लागेको रगतको National forensic science laboratory बाट रसायनिक परीक्षण समेत भई मिति २०५१।१।२९ मा दिएको प्रतिवेदनको रायमा पनि शुक्रकिट (Spermatozoa) पत्ता नलागेको भन्ने उल्लेख गरिएको समेत आधार प्रमाणवाट प्रस्तुत वारदातमा जवरजस्ती करणीको क्रिया सम्पन्न भएको नदेखिने । § वारदात निर्विवाद रुपमा पुष्टि भएको तथा पीडितको Labia majora र Labia Minora मा निल डाम रहेको भन्ने जनकपुर अन्चल अस्पतालको मिति २०४८।११।१३ को प्रतिवेदनबाट देखिंदा प्रतिवादीले मुलुकी ऐन जवरजस्ती करणीको ५ नं. बमोजिमको जवरजस्ती करणीको उद्योगसम्म गरेको देखिने । पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री इश्वरीप्रसाद भटृराई प्रत्यर्थी वादीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री महेन्द्रवहादुर कार्की अवलम्वित नजिरः फैसला न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत राजविराजवाट मिति २०५६।५।२९ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत प्रतिवादी पक्षवाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :– २. वारदात भएको भनिएको कोठामा एउटा खाट भएको सो खाट मुनी उत्तरतर्फ भुईमा परालको सुकुल विछ्याएको, सो सुकुलको वीच भागमा ३ वटा रगतको दाग भई सुकेको सो भन्दा उत्तरतर्फ सोही सुकुलमा २ वटा रगतको दाग भई सुकेको पीडित नवरता घिमिरेले लगाएको सेतो रंगको सुतीको कटु को मुनी पट्टी जाङको भागमा पुरा रगत लागी सुकी सकेको पीडितको योनी केही रातो र सुनिए जस्तो देखिएको भन्ने समेत व्यहोराको घटनास्थलको प्रकृति मुचुल्का । ३. जिल्ला उदयपुर गा.वि.स. गाईघाट वा.नं. २ मा वस्ने प्र. डिल्लीप्रसाद भण्डारीको घरमा मेरो डेरा भएकोमा मिति ०४८।११।८ गतेका दिन अं. २ वजेको समयमा निज डिल्लीप्रसाद भण्डारीले मेरो ५ वर्षको छोरी नवरता घिमिरेलाई मुख छोपी जवरजस्ती करणी गरेकोले निजलाई कानून बमोजिम कार्वाही गरी पाउँ भन्ने समेत व्यहोराको निरवहादुर घिमिरेको जाहेरी दरखास्त । ४. मिति २०४८।११।८ गते दिउँसो खेलिरहेको अवस्था प्र. डिल्लीप्रसाद भण्डारीले मलाई ललाई फकाई सुत्ने कोठामा लगी मेरो कट्टु खोलेर म माथि चढी हटहट गरे पछि मलाई दुख्यो र पिसाव फेर्ने ठाऊँवाट रगत समेत आएपछि म रुन थालेकोले मलाई कटु लगाई दिएकोले म रुदै ममी भए ठाउँमा गएकी हुँ भन्ने समेत व्यहोराको पीडित नवरता घिमिरेको कागज । ५. मिति २०४८।११।८ गते दिउसो अं. २ वजेको समयमा म साथी सँग वसिरहेकी र छोरी नवरता चौरीमा खेली रहेकी थिइन सोही समयमा प्रतिवादी डिल्लीप्रसाद भण्डारीले मेरो ५ वर्षकी नावालक छोरीलाई ललाई फकाई कोठामा लगी अनुचित प्रभावमा पारी जवरजस्ती करणी गरेका हुन भन्ने समेत व्यहोराको पुष्पा घिमिरेको कागज । ६. प्रतिवादी डिल्लीप्रसाद भण्डारीले पीडित नवरता घिमिरेलाई जवरजस्ती करणी गरेको भन्ने सुनेको हो निजले जवरजस्ती