निर्णय नं. ७४२६ - ज्यान मार्ने उद्योग ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४२६ - ज्यान मार्ने उद्योग । भाग: ४६ साल: २०६१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६१/०१/१४ ३२८६ निर्णय नं.७४२६ ने.का.प.२०६१ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ सम्वत् २०५७ सालको फौ.पु.नं. २३१२ फैसला मितिः २०६१।१।१४।२ मुद्दाः– ज्यान मार्ने उद्योग । पुनरावेदक प्रतिवादीः भोजपुर जिल्ला किमालुङ गा.वि.स. वडा नं. ८ वस्ने धनवहादुर राई विरुद्ध विपक्षी वादीः नन्दकुमार राईको जाहेरीले श्री ५ को सरकार § ज्यान सम्वन्धीको १५ नं. को व्यवस्था वमोजिम पीडित रुक्मणि राईलाई मार्ने मनसायले चुप्पी प्रहार गरेको र तेश्रो पक्षको हस्तक्षेपको कारण ज्यान मर्न नपाएको भन्ने देखीन नआएको स्थितिमा ज्यान मार्ने उद्योगको कसूर कायम गरि सजाय गर्न नमिल्ने । § प्रतिवादीले प्रहार गरेको चुप्पीको चोटवाट पीडित रुक्मणि राईलाई पर्न गएको घाउ चोट समेतको वारदातको प्रकृतितर्फ विचार गर्दा स्वास्नीमानिसलाई कुटपिट गर्ने मनसायपूर्वक प्रहार नगरेको र निज प्रतिवादीले प्रहार गरेको चुप्पी पीडितलाई लागी सकेपछि पुनः प्रहार गरेको समेत नदेखिएको वारदातको प्रकृतिवाट मुद्दाको वारदात मुलुकी ऐन कुटपिटको ३ नं. को परिभाषा भित्र पर्ने देखिई प्रस्तुत मुद्दा सरकारी मुद्दा सम्वन्धी ऐन २०४९ को अनुसूची १ वा २ भित्र नपर्ने । पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री वोर्णवहादुर कार्की विपक्षी वादीतर्फवाटःउपन्यायाधिवक्ता श्री उद्वव खनाल अवलम्वित नजिरः फैसला न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम पुनरावेदन अदालत धनकुटाको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. मिति २०४९।४।१० गते दिनको अं. ११ वजे मेरो छोरी रुक्मिणी राई दिंला वजारमा घरयासी समानहरु किन्न आएको अवस्थामा तिर्खा लागी केदार कार्कीको होटल घरमा पानी खान जांदा मुलपाली गा.वि.स. वडा नं. २ वस्ने धनवहादुर राईलाई किमालुङग ८ वस्ने धनवहादुर राईले चुप्पिहान्दा अचानक छोरीको देवे्रपट्टि कोखमा लागी चिन्ताजनक भई ज्यान मर्न सम्म नपाएकोले कानूनी कारवाही गरि पाउँ भन्ने समेत व्यहोराको जाहेरी नन्दकुमार राईको दरखास्त । ३. घटनास्थलको प्रकृतिवाट वार्दात भएको कोठाको समान जत्रतत्र छरिएको काठको पीरा र वेन्चीहरु समेतमा पुरै रगत लागेको भन्ने मिति २०४९।४।१० को घटनास्थल प्रकृति मुचुल्का । ४. मिति २०४९।४।१ गते दिंला वजारमा समान किनमेल गरी केदार कार्कीको होटलमा नास्ता गरी घर फर्कन लाग्दा किमालुङग वस्ने धनवहादुर राइले परिचय गरी त धनमुली अरे भनी दाहीने हातले मेरो अनुहार लोपारी दियो । नजीकै भाई अडीमर्दनले हाम्रो मानिस के गर्न लागेको भन्दा धनवहादुर राईले कम्मरमा भिरिराखेको चुप्पी निकाली मलाई मार्ने नियतले हान्दा म छलिएर रुक्मिणी राईका वायाँ पट्टीको पेटमा लागेको हो भन्ने समेत व्यहोराको धनवहादुर राईको मिति २०४९।४।१५ गतेको ठाडो कागज । ५. २०४९।४।१० गते दिंला वजारमा कपडा खरिद गर्न दिंला वजार गएकोमा सो दिनको अं. ११ वजे केदार कार्कीको दोकानमा गई वसेर जाँड किनी खाई भाई अडिमर्दन राई मुलपानी २ वस्ने धनवहादुर राई समेतले रक्सी खाई धनवहादुर राई र मेरो वीच परिचय हुँदा धनवहादुर राईले धनवहादुर मात्र नभई मेरो नाम धनमुनि हो भन्दा धनमुनि रहेछ भनी मैले भन्दा निजले तिमी धनी छौ म गरिव छु भनी मलाई मुख लोपारी दिएकोले मैले पनि मुख लोपारी दिएं भाई अडीमर्दनले छुट्याउँदा पनि मलाई झन रिस उठ