निर्णय नं. ७४२८ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४२८ - कर्तव्य ज्यान । भाग: ४६ साल: २०६१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६१/०६/०८ ४६२७ निर्णय नं.७४२८ ने.का.प.२०६१ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री हरिजंग सिजापती सम्बत् २०६० सालको फौ.पु.नं.३२१९, ३३०६ सम्बत २०६० सालको फौ.सा.नं.३३६ फैसला मितिः २०६१।६।८।६ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.१४ घर भै हाल कारागार शाखा काठमाडौं अन्तर्गत केन्द्रीय कारागारमा थुनामा रहेको श्रवणकुमार खड्का बिरुद्ध विपक्षी वादीः सिद्धीवहादुर खत्रीको जाहेरीले श्री ५ को सरकार पुनरावेदक वादीः सिद्धीवहादुर खत्रीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी प्रतिवादीः काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.१४ बस्ने रामकुमार खड्का समेत वादीः सिद्धीवहादुर खत्रीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध प्रतिवादी श्रवणकुमार खड्का § Autospy Report बाट मृत्युको कारण निश्चित हुन नसके पनि सो Report बाट मृतकको शरिरमा धेरै चोटहरु परेको देखिन्छ । मृतकले विष सेवन गरेपछि हुने छट्पटाहटको कारण शरिरमा विभिन्न चोट लागेको मान्ने हो भने पनि Autospy Report बाट त्यस किसिमको चोट हो भनी मान्न सकिने अबस्था नदेखिने । § दाइजोको विषयको विवादलाई निरन्तरता दिई आफ्नो लुगा नधोएको थप निहुँ झिकी प्रतिवादीले पवित्रा खड्कालाई मरणासन्न अबस्थामा पुग्ने गरी पिटेको तथ्य अनुसन्धानको क्रममा अधिकार प्राप्त अधिकारी समक्ष प्रतिवादीले कागज गरेको र मृतकको शरिरमा यत्रतत्र चोट देखिएपछि पुनरावेदक प्रतिवादी श्रवणकुमार खड्काले मरणासन्न अबस्थामा पुग्ने गरी कुटपिट गरेको भन्ने तथ्य स्थापित भइरहेको, मृतकको मृत्युको कारण सो बाहेक अन्य कारण पुष्टि हुन नआएको हुँदा निजको अदालतमा भएको इन्कारी बयानलाई एक मात्र आधार मानी कसूरबाट उन्मुक्ति पाउन सक्ने अबस्था प्रमाणबाट नहुँदा प्रतिवादीलाई ज्यान सम्बन्धी महलको १३(२) बमोजिम सर्वश्वसहित जन्मकैद हुने । § प्रतिवादी रामकुमार खड्काको हकमा मिसिल संलग्न कागज प्रमाण समेतबाट उक्त वारदातमा संलग्न भएको भन्ने पुष्ठी हुन नआएबाट केवल जाहेरीकै आधारले मात्र ज्यान जस्तो गम्भिर अपराधमा दोषी कायम गर्न नमिल्ने भै कसूर कायम हुन सक्ने अबस्था नहुने । पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री कृष्ण सापकोटा विपक्षी वादीतर्फवाटः सहन्यायाधिवक्ता श्री टिका वहादुर हमाल अवलम्वित नजिरः फैसला न्या.मीनवहादुर रायमाझीः पुनरावेदन अदालत, पाटनको मिति २०६०।३।३ को फैसला उपर प्रतिवादी श्रवणकुमार खड्काको र प्रतिवादी रामकुमार खड्का र माया खड्कालाई सफाइ दिने ठहराएको फैसला उपर वादी श्री ५ को सरकारको न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन परेको र प्रतिवादी श्रवणकुमार खड्काको हकमा न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधक समेत दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. मेरो छोरी पवित्रा खड्कालाई मोटरसाइकल दाइजो नल्याएको भनी प्रतिवादीहरु श्रवणकुमार खड्का, माया खड्का, रामकुमार खड्का समेतले पटक–पटक कुटपिट गरी झै–झगडा गरेको माइत गै पैसा मागेर ल्याउनु नत्र बस्न दिन्न भन्ने गरेको, मिति २०४७।९।१८ गते निज प्रतिवादीहरुले सोही विषयमा झगडा गर्दा छोरी पवित्रा खड्काकालाई मरणासन्न हुने गरी कुटपिट गरी चिथोरी मुखमा विषालु पदार्थ हाली कर्तव्य गरि मारेको हुँदा कारवाही गरि पाउँ भन्ने समेत सिद्धीव