निर्णय नं. ७४४४ - अंश दर्ता ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४४४ - अंश दर्ता । भाग: ४६ साल: २०६१ महिना: माघ अंक: १० फैसला मिति :२०६१/१०/०७ ३३०८ निर्णय नं.७४४४ ने.का.प.२०६१ अङ्क १० पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री बलराम के.सी. संवत् २०५९ सालको दे.पू.ई.नं. ...४८ फैसला मितिः २०६१।१०।७।५ मुद्दा :– अंश दर्ता । पुनरावेदक प्रतिवादीः पर्सा जिल्ला वीरगंज उप–महानगरपालिका वडा नं. १९ बस्ने वीरवहादुर राउतको मु.स. गर्ने निजको छोरा कृष्ण नारायणप्रसाद कुर्मी विरुद्ध विपक्षी वादी ऐ.ऐ. बस्ने फुलमती कुर्मीनी § कार्यविधि सम्बन्धी कानूनी व्यवस्थाले मुद्दाको कार्यविधिसम्म व्यवस्थित गर्ने भएकोले निवेदन जुनसुकै समयमा परेको भएपनि त्यसमा कारवाही र निर्णय हुँदाको अवस्थामा वहाल रहेको कार्यविधि सम्बन्धी कानूनी प्रक्रिया अवलम्बन गरिनु पर्ने । § कार्यविधि सम्बन्धी कानूनी व्यवस्था परिवर्तन भई प्रधान न्यायाधीशले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(ख) प्रयोग गरी पूर्ण इजलासमा पेश गर्ने आदेश दिन पाउने अधिकार नरहेको अवस्थामा पक्षले कहिले निवेदन दिएको भनी सारवान कानूनको व्यवस्था सरह हेर्ने अवस्था नहुने । § मिति २०५४।१२।२७ मा प्रधानन्यायाधीश समक्ष निवेदन गर्दा नियमावलीको नियम ३(१)(ख) अनुसार वाझिएको भनी प्रधानन्यायाधीशले कुनै मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश दिन सक्ने व्यवस्था कायम रहेकोले साविकको व्यवस्थाअनुसार नै निर्णय हुनुपर्ने भन्ने पुनरावेदक तर्फका विद्वान कानून व्यवसायीहरुको वहस जिकिरसंग सहमत हुन नसकिने § प्रधानन्यायाधीशबाट मिति २०५९।८।५ मा पूर्ण इजलासमा पेश गर्ने गरी आदेश हुँदा नियमावलीको नियम ३(१)(ख) को व्यवस्थाअनुसार प्रधानन्यायाधीशले कुनै मुद्दा पूर्ण इजलासमा पेश गर्न आदेश दिन सक्ने व्यवस्था वहाल रहेको नदेखिंदा उक्त आदेशमा प्रत्यक्षतः अधिकारक्षेत्रको त्रुटी भएको देखिने । पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना, श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल, श्री वालकृष्ण न्यौपाने, श्री उत्तम पन्त विपक्षी वादी तर्फवाटःविद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र श्री इन्द्र खरेल अवलम्वित नजिरः आदेश प्र.न्या.हरिप्रसाद शर्माः यस अदालत संयुक्त इजलासबाट मिति २०५४।७।२९ मा भएको फैसला यस अदालतद्वारा कायम भएको रुलिङ विपरीत भएको भनी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम प्रधानन्यायाधीश समक्ष परेको निवेदनमा प्रस्तुत मुद्दा पूर्ण इजलासमा पेश गर्नु भनी मिति २०५९।८।५ मा भएको आदेशअनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा तथा ठहर यसप्रकार छ :– २. ससुरा रुदल राउतको ३ छोरामा जेठा विपक्षी वीरवहादुर, माहिला तारा राउत, कान्छा मेरा लोग्ने जोगिन्दर राउत हुन् । जेठाजु तारा राउत अगाडी नै परलोक भइसक्नु भयो । मेरो पति जोगेन्द्र राउत २०३८ सालमा परलोक हुनु भयो । विपक्षी वीरवहादुर तथा मेरा छोराहरु एकसाथ संगोलमा बसी बनाई खाई आएकोमा परिवारमा धेरै कलह भएकाले अंश दिनुहोस् अलग बस्छु भन्दा नदिनु भएकोले चल अचल श्रीसम्पत्तिको तायदाती लिई २ खण्डको १ खण्ड अंश दिलाई मेरो नाममा दर्ता गरीपाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. वादी दावी झुठ्ठा हो । २ खण्डको १ खण्ड अंश दिनुपर्ने होइन । मेरो पिता रुदल राउतसंग भएको अचल नम्बरी जग्गा ९०।९१ सालमा लिलाम भई साहुहरुले सकार गरी लिएको, सिर्फ घरमात्र थियो । वादिको लोग्ने जोगेन्द्रक