निर्णय नं. ७४५० - मिलापत्र वदर गरी हक कायम गरीपाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४५० - मिलापत्र वदर गरी हक कायम गरीपाउँ । भाग: ४६ साल: २०६१ महिना: माघ अंक: १० फैसला मिति :२०६१/०२/२१ ३२६९ निर्णय नं.७४५० ने.का.प.२०६१ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ सम्वत् २०५६ सालको दे.पु. नं. ....५७३० फैसला मितिः २०६१।२।२१।५ मुद्दाः मिलापत्र वदर गरी हक कायम गरीपाउँ । पुनरावेदक प्रतिवादीः जिल्ला वाँके वेलहरी गा.वि.स.वडा न.. ७ वस्ने धुरकन अहिर समेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला वाँके उढरापुर गा.वि.स.वडा नं. १ वस्ने जानता भन्ने कुन्ती अहिरनी § पोइल गई भनिएकी पोतिया रहे वसेको ठाउ भन्दा अन्यत्रै स्थानमा निजको विपक्षी कुन्ती अहिरनी रहे वसेको ठाउँमा सम्वन्धित व्यक्तिलाई रोहवरमा समेत नराखी तयार भएको सर्जमीन व्यहोरालाई आधार मानेर आफ्नो स्वर्गीय पतीको सतित्वमा रहे वसेकी विधवालाई अर्कै सँग पोइल गएकी भन्ने जस्तो गंभीर आरोप लगाई अंशहक जस्तो नैसर्गिक कानूनी हकवाट वन्चित गर्ने निष्कर्षमा पुग्नु न्याय र कानून कुनै दृष्टिकोणवाट समेत न्यायोचित नदेखिने । § वाँके जिल्ला अदालतमा दायर गरेको मुद्दामा कुन्तीको अस्तित्व लोप गरेको हदसम्म जालसाज ठहरी फैसला भएकोमा वादी कुन्ती अहिरनीले चित्त वुझाई वसेको देखिन्छ । त्यस्तै यिनै वादी कुन्ती अहिरनीले ससुरा स्व. छेदा अहिरको मिति २०४४।११।१६ मा मृत्यु भएपश्चात निजको ३ पुस्ता भित्रको हकवाला अरु कोही नभएको हुँदा निजको नाउँको वाँके उढरापुर गा.वि.स. १ (ख) कि.नं. ३९ को क्षे.फ. ३–०–२ जग्गा आफ्नो नाउँमा नामसारी गरीपाउँ भनी मिति २०४५।२।११ मा मा.पो.का. वाँकेमा निवेदन दिएकोमा मालपोत कार्यालयले उक्त जग्गा निजका नाउँमा नामसारी नगरी निवेदन तामेलीमा राखि दिए उपर समेत यी कुन्ती अहिरनीले पुनरावेदन नगरी चित्त वुझाई वसेको देखिएको समेत अवस्था विद्यमान हुँदा पुनरावेदिका पोतिया अहिरनीलाई स्व छेदा को हकवाला अंशियारवाट वाहेक गरी स्व. छेदा अहिरको सम्पूर्ण सम्पत्तिमा वुहारी कुन्ती अहिरनीको एकलौटी हक कायम गर्न मिल्ने देखिन नआउने । पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी र श्री श्यामराज ढुंगेल प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री यज्ञमूर्ति वन्जाडे अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत नेपालगन्जवाट मिति ०५३।२।६।१ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) (ख) समेतको आधारमा प्रतिवादी पक्षवाट यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन परी यस अदालतको मिति २०५६।१।२९ को आदेश बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई यस अदालतको देवानी पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. पोतीयाले वाँकी प्रतिवादीहरु उपर यस सम्मानित अदालतमा घर जग्गा खिचोला मिटाई चलन चलाई पाउँ भन्ने मुद्दामा मलाई लोप गरी फिराद दायर गरेको र प्रतिवादीहरुले समेत प्रतिउत्तर फिराउँदा लोप गरी प्रतिउत्तर फिराएकोले पोतिया छेदाको सत्यमा वस्न नसकी पोइल गई सकेकीछिन् । प्रतिवादीहरुले मिलेमतो गरि जालसाज गरेकोले सजायँ गरीपाउँ भनी फौ.नं. २३२ को किर्ते जालसाजी मुद्दा दायर गरी कारवाही चलि रहेको छ । उक्त किर्ते जालसाजी मुद्दामा जारी भएको समाव्हान २०४५।४।१६ मा तामेल भई सकेपछि यसै मुद्दाको प्रतिवादी मध्येकी पोतीया वादी र अन्य वाँकी प्रतिवादीहरु प्रतिवादी भएको घर जग्गा खिचोला मेटाई अपुताली हक कायम गरी पाउँ भन्ने म