निर्णय नं. ७४५१ - भ्रष्टाचार ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४५१ - भ्रष्टाचार । भाग: ४६ साल: २०६१ महिना: माघ अंक: १० फैसला मिति :२०६१/०८/१४ ४००३ निर्णय नं.७४५१ ने.का.प.२०६१ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्वत् २०५६ सालको फौ.पु नं. ––२०६३ फैसला मितिः २०६१।८।१४।२ मुद्दाः– भ्रष्टाचार । पुनरावेदक वादीः विशेष प्रहरी विभागको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला पाँचथर सुभाङ्ग गा.वि.स.वडा नं. २ घर भै हाल शिवगंज वार्ड नं. ९ वस्ने राजेश राज सुवेदी § वेरुजु फछर्यौट संग सम्वन्धीत विषयबाट मुख्यरुपमा उठान भएको प्रस्तुत मुद्दामा भ्रष्टाचार गरेको भनिएको केही रकम फछर्यौट समेत भई सकेको, केही रकम सामान्य प्रशासनिक प्रक्रियावाट नियमित हुन सक्ने प्रकृतिको देखिएको अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३ मा प्रयुक्त वदनियत, लापरवाही वा जालसाजी गरी संस्थाको रकम हिनामिना गरेको भन्ने भ्रष्टाचार जस्तो गंभीर अपराध स्थापित हुनको लागि आवश्यक पर्ने आधारभूत तत्वको विद्यमानता खम्वीर रुपमा प्रमाणित हुन सकेको मान्न नमिल्ने हुँदा यसप्रकारको क्रियाकलापलाई भ्रष्टाचारको कसूर अपराधको परिभाषा भित्र समावेश गर्नु कानून र न्याय कुनै दृष्टिकोणवाट समेत युक्तिसंगत नहुने । § प्रतिवादीहरुले संस्थाको निर्णय नगराई वढ तलव खाएको रकम र औषधी उपचार वापत लिएको पेश्की रकम लेखा परीक्षण हुँदा वेरुजु भएकोमा सोही वेरुजु भएको रकमलाइनै हिनामिना गरेको भनि भ्रष्टाचारको अभियोग लगाएको अवस्था विद्यमान रहेको देखिंदा मुद्दाको तथ्यनै अलग रहेको सन्दर्भमा प्रतिपादित उल्लेखित मुद्दाको नजीर प्रस्तुत मुद्दामा आर्कषित हुन सक्ने नदेखिंदा दोहोर्‍याउने निस्सा प्रदान गर्दा संयुक्त इजलासले लिएको उक्त आधार वुंदा संग सहमत हुन नसकिने। पुनरावेदक वादी तर्फवाटः उपन्यायाधिवक्ता श्री शरदकुमार खड्का प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.रामप्रसाद श्रेष्ठः पुनरावेदन अदालत इलामवाट भएको मिति २०५४।९।२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड (क) (ख) अन्तर्गत वादी श्री ५ को सरकारको तर्फवाट यस अदालतमा मुद्दा दोहर्‍याई पाउँ भन्ने निवेदन परी यस अदालत संयुक्त इजलासको मिति २०५६।५।२३ को आदेशबाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई यस अदालतको फौजदारी पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :– २. यसमा मैनाचुली साझा संस्थाका व्यवस्थापक राजेशराज सुवेदीले सो संस्थाको रकम कलम जिन्सी नगदी समेत हिनामिना गरेकाले निज उपर कारवाही गरीपाउँ भन्ने व्यहोराको झापा शिवगन्जका सम्पूर्ण जनता भनि विशेष प्रहरी विभागलाई गरेको उजुरी । ३. एकिन जानकारी गराई दिनु भनि २०४९।९।२८ मा वि.प्र.वि. डोरले मैनाचुली साझा संस्थालाई लेखेको पत्र । ४. ले.प. प्रतिवेदन पठाएको भन्ने व्यहोराको साझा विकास शाखाको च.नं. १६०९ मिति २०४३।९।२१ को वि.प्र.वि. डोर मुकाम चन्द्रगढीलाई लेखेको पत्र । ५. मैले मैनाचुली साझा संस्था लि. को रकम रु ३२,५०३।५१ विभिन्न मितिमा मस्यौट गरी भ्रष्टाचार गरेको हुँ मस्यौट गरेको रकम पछि देखिन आएमा समेत तिर्न बुझाउन मन्जुर छु भन्ने व्यहोराको राजेशराज सुवेदीले विशेष प्रहरी विभाग डोरमा गरेको वयान । ६. साझा विकास शाखाको पत्रानुसार देखाएको रु ८,०००। र साझा संस्थाको मस्यौट गरेको रकम रु ३२,५०३।५१ समेतको विगो तथा विगो बमोजिम हुने जरिवाना समेतक