निर्णय नं. ७४५२ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४५२ - उत्प्रेषण । भाग: ४६ साल: २०६१ महिना: माघ अंक: १० फैसला मिति :२०६१/०५/१५ ३१०२ निर्णय नं.७४५२ ने.का.प.२०६१ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री हरिजंग सिजापती सम्बत् २०५९ सालको रिट नं.२५९० आदेश मितिः २०६१।५।१५।३ विषय : उत्प्रेषण । रिट निवेदकः स्व.रसुल अहमदको छोरा भारत घर भई हाल नेपाल सरहदको बाँके जिल्ला नेपालगञ्ज न.पा.वडा नं.५ बस्ने सफिकुर रहमान शेष अन्सारी बिरुद्ध विपक्षीः स्व.रसुल अहमदको छोरा ऐ.ऐ.घर भई ऐ.ऐ.बस्ने हविवुल रहमान अन्सारी समेत § विपक्षीहरु हविवुल रहमान र महम्मद अययुव बीच मिति २०५२।६।१५मा राजिनामा कागज हुँदाका बखत छुट्टी भिन्न भैसकेको वा मानो छुट्टिएको आफ्नो दावीलाई रीतपूर्वकको लिखतसाथ पुष्टि गर्न सकेको देखिंदैन भने रिट निवेदकले विपक्षी हविवुल रहमान उपर दिएको अंश मुद्दाबाट समेत फिराद दायर गर्दाको मिति २०५३।११।१९ सम्म सगोलमा नै रहेको कुरा स्थापित भैरहेको अबस्था देखिन्छ । अंश मुद्दामा फिराद दिदा रीतपूर्वकको अंशवण्डा नभएको भन्ने भनाइ राख्ने निवेदकको यस निवेदनमा भारतमा भएको भनिएको इ.सं. २३—०६—१९८३) (वि.सं. २०४०।३।९) को अंशवण्डाको लिखत भएको भन्ने आधार अझै विरोधाभास भइ विश्वसनीय देखिन नआउने । § सगोलमा छँदा खाएको ऋण असूल उपर गर्न लेनदेन मुद्दाको फैसलाले कायम गरेको बिगो भरी भराउमा दण्ड सजायको २६ नं.को कानूनी व्यवस्थाले सगोलको जेथा जायजात हुन सक्ने देखिदा सगोलको सम्पत्ति रोक्का रहेकोलाई कानून विपरीत भन्न मिल्ने अवस्था नरहने । रिट निवेदक तर्फवाटः विपक्षी तर्फवाटः सहन्यायाधिवक्ता श्री टिकावहादुर हमाल, विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी अवलम्वित नजिरः आदेश न्या.मीनवहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३÷८८(२) बमोजिम यस अदालतमा पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :– २. विपक्षी मध्येको हविवुल रहमान अन्सारी म निवेदक सिरावुल रहमान अन्सारी एकासगोलका अंशियार भई हाम्रो मूल घर र घरै जसो चल अचल श्री सम्पत्ति भारतमा रहेको र हाम्रो परिवार ठूलो भएकोले एक सगोलमा बस्न नसकी हामी अंशियारहरु बिच भारतमा इ.सं.२३।६।१९८३ (वि.स.२०४०।३।९) मा म निवेदक र विपक्षी मध्येका हविवुल रहमान अन्सारी बाहेकका अन्य अंशियारहरुले भारतमा रहेको चल अचल सम्पत्ति मात्र वण्डा पाउने र म निवेदक र विपक्षी रहमान अन्सारीले नेपाल सरहदको बाँके जिल्ला नेपालगञ्ज नगरपालिकामा वडा नं.४ मा अवस्थित हविवुल रहमान अन्सारीको नाउँमा बहाल विरौटी बुझाउने गरेको घर नं.१३८ को ज.वि.०–१–१४ जग्गा भएको घर पाउने गरी अंशवण्डा लिखत पारित भएको छ । नेपालमा रहेको सम्पत्ति अंश छुट्टयाई पाउँ भनी निवेदकले विपक्षी हविवुल रहमान अन्सारीसाग माग गर्दा इन्कार गरेकाले अंश छुट्टयाई पाउँ भनी विपक्षी हविवुल रहमान उपर बाँके जिल्ला अदालतमा मिति २०५३।११।१९ मा अंश मुद्दा दायर गरी कारवाही हुँदा २ भागको एक भाग अंश पाउने ठहर भई मिति २०५६।७।२९ मा फैसला भई सो बमोजिम वण्डा छुट्टराई पाउँ भनी बााके जिल्ला अदालत, तहसिल फाँटमा निवेदन दिई वण्डा मुचुल्का खडा भई मिति २०५७।८।११ मा फैसला कार्यान्वयनको लगत कट्टा भई म निवेदकको भागमा पर्ने पश्चिम तर्फबाट ज.वि.०–०–१३ धुर घर जग्गा फुकुवा गरी दा.खा.गरी दिन विपक्षी मालपोत कार्यालयलाई पत्राचार गरी म निवेदक भारतीय नागरिक भएकाले मुलुकी ऐन अदलको ३ नं.दा.खा.गरी पाउन सिफारिशको लागि नेपालगञ्ज नगरपालिकामा २०५७।११।१४ मा निवेदन समेत गर