निर्णय नं. ७४५४ - वक्सपत्र लिखत वदर हक कायम ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४५४ - वक्सपत्र लिखत वदर हक कायम । भाग: ४६ साल: २०६१ महिना: माघ अंक: १० फैसला मिति :२०६१/०९/०८ ८४३९ निर्णय नं.७४५४ ने.का.प.२०६१ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह सम्वत २०५८ सालको दे. पु. नं. ...७२७२ फैसला मितिः २०६१।९।८।५ मुद्दः वक्सपत्र लिखत वदर हक कायम । पुनरावेदक प्रतिवादीः जिल्ला रौतहट वैरिया गा. वि. स. वडा नं. ४ बस्ने जिना बेगम बिरुद्ध प्रत्यर्थी वादी ऐ. ऐ. वडा नं. ७ बस्ने जमिला शेखिन समेत § छुट्टा छुट्टै बिषय प्रकृति र विवादको कुरामा हदम्यादको कानूनी व्यवस्था भएकोमा सोही बमोजिम हुने हुनाले दान बकसको हकमा दान वकसको ५ नं. ले हदम्यादको व्यवस्था गरेको र त्यसलाई निष्कृय हुने गरी प्रयोग र ब्याख्या गर्नु न्यायिक र ब्याख्याको सिद्धान्त अनुकुल नहुने हुँदा लिखत बदरको माग गर्न आएको लिखत बकसपत्र देखिएको र सो वकसपत्र लगायत दान बकसको सम्वन्धमा दान बकसको महल नै आकर्षित हुने । § अंश नलिएका स्वास्नी, छोरा, अविवाहिता छोरी वा विधवा वुहारी हुने मानिसले आफ्ना पालामा आर्जेको चल अचल सबै आफुखुश गर्न पाउने व्यवस्था अंशवण्डाको १९(२) नं. मा गरेको पाईदा पैतृक सम्पत्ति वाहेक अंशवण्डा नभई संगोलमै रहेका स्वास्नी, छोरा, अविवाहिता छोरी वा विधवा वुहारी हुने मानिसले निजहरु संगोलमै रहेका अबस्थामा समेत आर्जन गरेको सम्पत्ति आफ्ना पालामा आर्जेको सम्पत्ति मानिने र हक छाडी विक्री वितरण गरेर आफु खुशी गर्न पाउने । § संगोलमा रहेका बाबु, आमा, दाजु, भाई हुने मानिसको निजी आर्जन बाहेक आफ्ना पालाको आर्जन भनी छुट्याउन मिल्ने नदेखिने र सो को परिकल्पना कानूनले गरेको देखिदैन । नीजहरुको हकमा अन्यथा प्रमाणित नगरेसम्म संगोलको कुनै पनि अंशियारको नाउंको सम्पत्ति संगोलको आर्जन हुने देखिन्छ । एउटै व्यक्तिको बाबु, आमा, दाजु भाईको हकमा संगोलको आर्जन हुने सम्पत्ति नीजको स्वास्नी, छोरा, अविवाहिता छोरी वा वुहारीको हकमा आफ्ना पालाको आर्जन हुन जाने । पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री खगेन्द्रप्रसाद अधिकारी प्रत्यर्थी वादी तर्फवाटःविद्वान अधिवक्ता श्री ध्रुवलाल राज अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत हेटौडाको मिति ०५८।३।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत प्रतिवादीको तर्फवाट पुनरावेदन दायर भई पेश हुन आएको प्रस्तुत पुनरावेदन पत्र सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. हामी फिरादीको अंश हक लाग्ने जिल्ला रौतहट गा. वि. स. बैरिया वा. नं. ८ कि. नं. २५ को ०–०–१० ऐलानी जग्गा तथा सो मा भएको फुसको घर थान १ को प्र. शेख सौखत अलीले हामी फिरादीसंग मन्जुरी नलिई तथा साक्षी समेत नराखी प्र. जिना बेगमका नाउँमा २०५४।३।२२ गते हालैको बकस पत्रको लिखत र. नं. ७९८६ बाट पारित गरी दिएकोले सो पारित लिखतमा उल्लेखित जग्गा मध्ये हामी फिरादीको अंश हक जति ३ भागको २ भागको हकदार हामि फिरादी मध्येका जमीला सेखिन तथा सेख जमिरुल हक भएकोले उक्त जग्गा घर मध्ये ३ भागको २ भाग दक्षिणतर्फबाट ०–०–६–१० कनवा जग्गा तथा सो मा भएको घर तथा बांकी एक भाग प्र. शेख सौखत अलीको अंश भागमा पर्ने भएकोले सो एक भागको ३ भाग गरी सो ३ भागको २ भागको हामि फिरादी भिखैनिया शेखिन तथा सेख मुमताज आलम हकदार रहेकोले सो २ भाग दक्षिण तर्फबाट ०–०–२–४ कनवा जग्गा तथा सो मा भएको घरको हदसम्म लिखत बदर हुने ठहराई सो जग्गा घरमा हामि फिरादीको हक कायम समेत हु