निर्णय नं. ७४५८ - नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (१), (२) बमोजिम प्रतिषेधयुक्त परमादेश लगायतको जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४५८ - नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (१), (२) बमोजिम प्रतिषेधयुक्त परमादेश लगायतको जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ । भाग: ४६ साल: २०६१ महिना: फागुन अंक: ११ फैसला मिति :२०६१/११/१३ ३२१५ निर्णय नं. ७४५८ ने.का.प.२०६१ अङ्क ११ विशेष इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री बलराम के.सी. सम्बन् २०६१ सालको रिट नं. .......५१ आदेश मितिः २०६१।११।१३।५ बिषय :– नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (१), (२) बमोजिम प्रतिषेधयुक्त परमादेश लगायतको जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ । निवेदकः ल.पु.जि. ल.पु.उप न.पा. वडा नं. ३ धोवीघाट वस्ने दिपककुमार प्रधान विरुद्ध बिपक्षीः शाही नेपाल वायुसेवा निगम, कान्तीपथ, काठमाडौं समेत § कानूनको दृष्टिमा समान र कानूनको समान संरक्षण भन्ने कुराहरु एकै नभई फरक फरक हुने । § कानूनको दृष्टिमा समान भन्नाले सबै नागरिक कानूनको दृष्टिमा समान रहने, कानून भन्दा माथि कोही नरहने, कसैलाई विशेष सुविधा प्रदान नहुने र सवैलाई समान व्यवहार गरिने कुराहरु वुझ्नुपर्ने हुन्छ भने कानूनको समान संरक्षण भन्नाले समान अवस्थामा समान संरक्षण प्राप्त हुने भन्ने वुझिने । (प्र.नं. ९) § शाही नेपाल वायुसेवा निगम विनियमावली, २०५८ र त्यसको संशोधन निवेदकलाई सोही शर्तको आधारमा समेत लागु हुने देखिदा विनियमावलीको विनियम ६३(१) को प्रतिवन्धात्मक वाक्यांश निवेदकलाई लागू नहुने भन्न मिल्दैन र त्यो व्यवस्था निवेदक सरहका विमान परिचालक सबैलाई समान रुपमा लागूहुने भएकोले निवेदकलाई भेदभाव गरेको भन्न नमिल्ने । (प्र.नं. १०) निवेदकतर्फवाटःवरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ताद्वय श्री मुकुन्द श्रेष्ठ, श्री सविता वराल विपक्षीतर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक, विद्वान अधिवक्ता श्री सहयोग पोखरेल अवलम्वित नजिरः आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(१), (२) अन्तर्गत यस अदालतको क्षेत्राधिकार अन्र्तगत दायर भएको प्रस्तुत रिट निवेदनको तथ्य र यस अदालतको आदेश यसप्रकार छ :– निवेदकले २०३७।१।२२ गते शाही नेपाल वायुसेवा निगमको क्यावीन क्रु सेक्सन अन्तर्गत सिनियर असिष्टेण्ट पदमा नियुक्ति पाएको थिएँ । २०४१।९।१७ मा मेरो स्टेवार्ड पदमा अन्तर विभागीय सरुवा भएको थियो । तत्कालीन समयको शाही नेपाल वायुसेवा निगमका कर्मचारीको सेवा नियमावली, २०३१ ले कर्मचारीको अवकाशको उमेर क्रु कर्मचारीको हकमा ५५ वर्ष र अन्य कर्मचारीको हकमा ६० वर्ष कायम गरेको थियो । शाही नेपाल वायुसेवा निगमले सो नियमावलीलाई खारेज गर्दै शाही नेपाल वायु सेवा निगमका कर्मचारीहरुको सेवा शर्त विनियमावली, २०५८ जारी गरेको छ । सो नियमावलीको विनियम ६३ मा कर्मचारीलाई निजको उमेर ५८ वर्ष पूरा भएपछि सेवावाट अवकाश दिइने व्यवस्था छ । सो विनियमावलीमा निगमको संचालक समितिले २०६०।३।७ मा निर्णय गरी संशोधन गर्ने क्रममा अनिवार्य अवकाश सम्बन्धी विनियम ६३ को व्यवस्थामा समेत संशोधन भई विमान परिचारक र विमान परिचारिकाको उमेर ५० वर्ष पूरा भएछि स्वतःअवकाश दिइनेछ भन्ने थप व्यवस्था गरिएको छ । सो संशोधित व्यवस्थाले निगममा कार्यरत कर्मचारी वीच अवकाशको उमेरमा विभेद गरेको छ । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को समानताको हकसंग सो व्यवस्था वाझिनुको अतिरिक्त निगममा ५८ वर्ष सम्मको उमेरसम्