निर्णय नं. ७४६० - उत्प्रेषण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४६० - उत्प्रेषण समेत । भाग: ४६ साल: २०६१ महिना: फागुन अंक: ११ फैसला मिति :२०६१/०९/२३ २५१२ निर्णय नं.७४६० ने.का.प.२०६१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री बलराम के.सी. संबत् २०५८ सालको रिट नम्वर ...३९७७ आदेश मितिः २०६१।९।२३।६ बिषयः उत्प्रेषण समेत । रिट निवेदकः जि.चितवन पार्वतीपुर गा.वि.स. वडा नं. ६ वस्ने लालवहादुर गुरुङ्ग बिरुद्ध विपक्षीः पुनरावेदन अदालत, हेटौंडा समेत § बाँकी रकम असुल गराई पाउँ भन्ने मुद्दाको वादीले उक्त मुद्दाका प्रतिवादी प्रेम गुरुङ्गको एकासगोलका बावुको नाउँको जग्गा रोक्का राखी पाउँ भनी दिएको निवेदनका आधारमा दावीका जग्गाहरु रोक्का भएको देखिन्छ । रोक्का भएको जग्गाहरुमा सो मुद्दाका प्रतिवादी अर्थात निवेदकका छोराको हक नलाग्ने स्थिति भई निवेदकको मात्र हक लाग्ने अवस्था भए सो को जिकिर लिई रोक्का फुकुवातर्फ प्रचलित कानून बमोजिम निवेदकले कारवाही चलाउन नसक्ने नदेखिने । § फैसला कार्यान्वयनकै क्रममा समेत रोक्का रहेको जग्गामा प्रतिवादीको हक हिस्साका सम्बन्धमा एकिन गरी सोही बमोजिम बिगो भरीभराउ गरिने हुँदा जग्गा रोक्का राखेकै आधारमा निवेदकको हक हनन् भएको मान्न मिल्ने अवस्था नहुने । (प्र.नं. १४) निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री नन्दुराम आचार्य विपक्षीतर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री सरदप्रसाद गौतम विद्वान अधिवक्ता श्री जानकीप्रसाद गिरी अवलम्वित नजिरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३र८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :- २. चितवन जिल्ला, पार्वतीपुर गाऊँ विकास समिति वडा नं. २ कित्ता नम्वर ५९ को जग्गा विगाहा ०.६.१८ र ऐ. कित्ता नम्वर ४७९ को जग्गा विगाहा ०.१५.२ जग्गा मेरो निर्विवाद हक भोगको सम्पत्ति हो । उक्त जग्गाहरु घर व्यवहार चलाउनको लागि विक्री गर्नु पर्‍यो भनी सम्बन्धित मालपोत कार्यालयमा गई बुझ्दा मकवानपुर जिल्ला अदालतको पत्र बमोजिम रोक्का रहेको जानकारी गराईयो । २०५८।१।२३ मा मकवानपुर जिल्ला अदालतमा गई सो सम्बन्धी कागजको नक्कल सारी हेर्दा बिपक्षी मध्येको जीवनका लागि विरुवा भन्ने संस्था वादी र प्रेम गुरुङ्ग प्रतिवादी भई चलेको वाँकी रकम असुल गरी पाउँ भन्ने मुद्दामा पुनरावेदन अदालत, हेटौंडाको २०५७।१२।३ तथा मकवानपुर जिल्ला अदालतको २०५७।१२।२७ को आदेश बमोजिम मेरा नाउँ दर्ता रहेको उक्त जग्गा मलाई थाहा जानकारी सम्म नदिई रोक्का राखिएको रहेछ । यसरी बिपक्षीहरु एक आपसमा मुद्दा गरी मेरो हक भोगका जग्गाहरु रोक्का राख्ने गरी भएको कार्यबाट नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११, १२(२)(ङ) तथा १७ द्वारा प्रदत्त मौलिकहकमा प्रत्यक्ष असर पर्न गएकोले धारा २३ र ८८(२) बमोजिम यो रिट निवेदन लिई उपस्थित भएको छु । ३. बिपक्षी प्रेम गुरुङ्ग मेरो छोरा भए तापनि निज घरको मूख्य व्यक्ति होइन । बिपक्षीहरुको व्यवहारमा मेरो कुनै संलग्नता रहेको पनि छैन । लेनदेन व्यवहारको ८ नं. बमोजिमको व्यवहारमा मेरो हक भोगको जग्गाबाट भराउन मिल्दैन । लेनदेन व्यवहारको ९ नं. मा घरको मुख्य भै काम काज गरेकोमा बाहेक बावु वा लोग्नेको लिखत नभै छोरा वा स्वास्नीले कुनै व्यवहार गरेको भए पनि त्यस्ता छोरा वा स्वास्नीको हक नपुगेसम्म साहुले समाउन नपाउने उल्लेख छ । सो सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट सिद्धान्त समेत प्रतिपादन भएको छ । यसरी लेनदेन व्यवहारको ८ र ९ नं. तथा प्र