निर्णय नं. ७४६१ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४६१ - कर्तव्य ज्यान । भाग: ४६ साल: २०६१ महिना: फागुन अंक: ११ फैसला मिति :२०६१/११/१४ ३४८२ निर्णय नं. ७४६१ ने.का.प.२०६१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ संबत् २०६१ सालको फौ.पु.नं. ३०९१, ३१९२ संबत् २०६१ सालको फौ.सा.नं. ......४३३ फैसला मितिः २०६१।११।१४।६ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला, झौखेल गा.वि.स.वडा नं. ८ घर भै हाल कारागार शाखा, सदरखोर डिल्लीवजार, काठमाडौंमा थुनामा रहेका बर्ष ३५ को नवराज वाँनिया बिरुद्ध बिपक्षी वादीः जीवन थापाको जाहेरीले श्री ५ को सरकार पुनरावेदक वादीः जीवन थापाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी प्रतिवादीः भक्तपुर जिल्ला, झौखेल गा.वि.स. वडा नं. ८ घर भै हाल सदरखोर शाखा, डिल्लीवजारमा थुनामा रहेका नवराज बानियाँ वादी : जीवन थापाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध प्रतिवादी भक्तपुर जिल्ला झौखेल गा.वि.स. वडा नं. ८ घर भै हाल सदरखोर शाखा, डिल्लीवजारमा थुनामा रहेको नवराज वानियाँ § अ.वं. १८८ नं. को कानूनी व्यवस्था हेरिंदा ‘ऐनले सर्वश्वसहित जन्मकैद वा जन्मकैद गर्नुपर्ने भएका मुद्दामा सावित ठहरे पनि इन्साफ गर्ने हाकिमका चित्तले भवितव्य हो की भन्न हुने सम्मको शङ्काले वा अपराध गरेको अवस्था बिचार गर्दा कसूरदारलाई ऐन बमोजिम सजाँय दिंदा चर्को हुने भै घटी सजाँय हुनुपर्ने चित्तले देखेमा ऐनले गर्नुपर्ने सजाँय ठहराई आफ्नो चित्तले देखेको कारण सहितको खुलासा राय पनि साधक तोकमा लेखी जाहेर गर्न हुने । (प्र.नं. ३१) § अ.वं. १८८ नम्वर बमोजिम व्यक्त गरिएको रायलाई सो नं. लगायतका अन्य प्रचलित कुनै पनि कानूनी व्यवस्थाबाट अन्तिम निर्णय भन्ने मानेको पाइँदैन । सो व्यवस्थाको अन्तिम वाक्याँशमा ..अन्तिम निर्णय दिनेले पनि त्यस्तो देखेमा ऐनले हुने सजायमा घटाई तोक्न हुन्छ... भन्ने भएकाले एकातिर यो रायलाई अन्तिम निर्णय मान्न मिल्दैन भने अर्कोतिर यस्तो अधिकारलाई अदालतको स्वविवेकमा छाडिएको हुने । § अन्तिम निकाशा नै भै नसकेको तथा न्यायकर्ताको स्वविवेकीय अधिकार समेत उपर वादी श्री ५ को सरकारकोतर्फबाट पर्न आएको पुनरावेदनलाई उचित मान्न नमिल्ने भएकाले वादी श्री ५ को सरकारकोतर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदन खारेज हुने । (प्र.नं. ३३) § एकातिर अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानलाई प्रमाण ऐन, २०३१ को दफा ९(२)क. (१), (२) र (३) अनुसारको अवस्था रहेको भनी देखाउन र पुष्टी गर्न सकेको छैन भने अर्कोतिर अदालत समक्ष आइ गरेको बयानलाई समर्थन गर्नका लागि प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार पुर्याउनु पर्ने प्रमाण पेश दाखिल गरी पुष्टि गर्न सकेको पनि पाइँदैन । यसरी प्रतिवादीले कसूर गरेको भन्ने कुरा अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानका अलावा मौकामा खडा भएका घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्का, वरामदी मुचुल्का, शव परीक्षण प्रतिवेदन एवं विशेषज्ञले अदालत समक्ष गरेको वकपत्र समेतका आधारले पुष्टि गरेकै देखिंदा मुलुकी ऐन ज्यान सम्बन्धि महलको १ नम्वरको कसूरमा ऐ. १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद हुने । (प्र.नं. ३४) पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री अग्नी खरेल विपक्षी वादीतर्फवाटः विद्वान सह न्यायाधिवक्ता श्री टिकावहादुर हमाल अवलम्वित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत, पाटनको मिति २०६१।१।२४।५ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ को उपदफा