निर्णय नं. ७४६२ - अंश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४६२ - अंश । भाग: ४६ साल: २०६१ महिना: फागुन अंक: ११ फैसला मिति :२०६१/०१/२३ ३४०८ निर्णय नं. ७४६२ ने.का.प.२०६१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्वत् २०५६ सालको दे.पु. नं. ....५७७४ फैसला मितिः २०६१।१।२३।४ मुद्दाः अंश । पुनरावेदक वादीः जि.मोरङ्ग राजघाट गा.वि.स.वडा नं. २ वस्ने लाखवहादुर धिमालको मु.स.गर्ने गणेशवहादुर धिमाल विरुद्ध प्रत्यार्थी प्रतिवादीः जि.मोरङ्ग राजघाट गा.वि.स.वा.नं. २ वस्ने मुनीलाल धिमाल समेत § निजी आर्जन गरेको सम्पत्ति वण्डा नलाग्ने हुन्छ । तर प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरु मानो छुट्टिएको तथ्य स्थापित भएको अवस्था छैन । यसरी सगोलको अवस्थामा परिवारको सामुहिक प्रयासले झोरा जग्गा आवाद गरेको देखिंदा त्यस्तो झोरा जग्गा कुनै अंशियारको नाउँमा दर्ता गर्दैमा निजी आर्जनको भन्न नमिलि सामुहीक प्रयासले आर्जन गरेको सम्पत्तिमा सवै अंशियारको अंश हक समान रुपमा स्थापित हुने । § वादी प्रतिवादीहरु मानु छुट्टिई अलग अलग वसी आएको नदेखिएको, २०३४।९।२७ भन्दा अघिको सम्पत्ति रहे भएकोमा अंशवण्डाको ३० नं. बमोजिम उक्त मिति अगावै छुट्टिई भिन्न भै सो अनुसार दाखेल खारेज, विक्री व्यवहार गरी व्यवहार प्रमाणवाट अंश भिन्न भएको अवस्था समेत नरहेको समेतवाट यी पुनरावेदक वादी र प्रतिवादीहरु वीच अंशवण्डा भएको स्थिति नदेखिने । (प्र.नं. २२ र २३) पुनरावेदक वादीतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शिवराज अधिकारी, श्री भोजराज आचार्य प्रत्यर्थी प्रतिवादीतर्फवाटः अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत विराटनगरवाट मिति २०५३।३।२४ मा भएको फैसला उपर वादी पक्षवाट परेको निवेदन अनुसार न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) बमोजिम निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः– २. पिता मुनीलालको जेठी श्रीमती ज्यामति धिमाल्नी पट्टीका जेठा छोरा लालमन, माइलो म फिरादी कान्छो दिलवहादुर तथा कान्छी श्रीमती सवाई धिमाल्नी पट्टीका जीतवहादुर र एकराज भएको तर आमा ज्यामती धिमाल्नीको धेरै अघि परलोक भै सकेको हुँदा ७ अंशियार छौ । २०१७ साल तिर झोरा जग्गा फडानी गरेकोमा ०२८ साल तिर केही जग्गा पिताजी र केही जग्गा अन्य अंशियारको नाउँमा राखी संगोलमा भोगी आएको हुँदा विपक्षीहरुवाट अंशवण्डाको महलको २०,२१,२२,२३ नं. बमोजिम तायदाती फाँटवारी दाखिल गराई ऐ.ऐ. को १ र २ नं. बमोजिम ७ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. वादी ०१७ साल देखिनै अन्य दाजु भाइहरुवाट अलग वसी आएको हुन । पिताजी दाजुहरुका नाउँमा दर्ता रहेको जग्गा ०२५ सालको सर्भे नापी समेतवाट दर्ता भएको जग्गालाई ०२८ सालको झोडा आयोगवाट दर्ता भएको भन्ने वादी दावी झुठा हो । हामी भाइहरुवाट समेत अंश माग भएको फरेवी वादी दावीवाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी जीतवहादुर धिमाल, एकराज धिमालको संयुक्त प्रतिउत्तर । ४. हाम्री आमा ज्यमतीको मृत्यू पछि २०१६ सालमा वादी र हामी समेत नगद रु ३,०००। र अन्य चल सम्पत्ति लिई अलग अलग भएका हौ । फिरादीको भागमा रु ७००। र अन्य चल सम्पत्ति जिम्मा दिइएको हो । ०१७ साल चैत्र महिनामा मानो समेत छुट्याई वेग्लै वसी आएको हो । हामीले ०१८ सालमा झोडा आवाद गरी ०२५ सालको सर्वे नापीवाट नाप नक्सा भई भूमि प्रशासन कार्यालयको मिति ०२९।६।१० को निर्णयवाट हामीहरुका नाउँमा दर्ता भएको जग्गालाई सग