निर्णय नं. ७४६३ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४६३ - उत्प्रेषण । भाग: ४६ साल: २०६१ महिना: फागुन अंक: ११ फैसला मिति :२०६१/११/२० ३५०१ निर्णय नं.७४६३ ने.का.प.२०६१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री सुशिला सिंह शिलु सम्वत २०५८सालको रिट नं. २८४१ आदेश मितिः २०६१।११।१०।२ विषय :– उत्प्रेषण । निवेदकः का.जि.का.म.न.पा.लाजिम्पाट स्थित नेशनल लाइफ एण्ड जनरल इन्सोरेन्स कम्पनी लि.को तर्फवाट कार्यकारी अध्यक्ष सिद्धेश्वरकुमार सिंह विरुद्ध विपक्षीः वर्दिया जिल्ला अदालत वर्दिया समेत § आफ्नै कम्पनीको शाखा कार्यालयवाट आफु समक्ष भएको तेश्रो पक्षको वीमा सम्वन्धको क्षतिपूर्तिको रकम दिलाई भराई दिन अन्तिम स्वीकृतीको लागी निवेदक कम्पनीमा प्राप्त भएकोमा अगाडि भएका दोहोरो पत्राचारको कुनै हेक्का नै नगरी तथा आफ्नो मातहत शाखा कार्यालयले पिडित पक्षलाई क्षतिपूर्तिको रकम भुक्तानीको लागी गरेको यावत कारवाही सहितको कागजात पठाएको करिव दुईवर्षमा आफुलाई वुझ्दै नवुझेको जिल्ला अदालतले आफ्नो क्षत्राधिकार भन्दा वाहिर गई फैसला गरेकोले संवैधानिक हक अधिकारमा हनन् गरी ऐन, नियम विपरीत अनाधिकार फैसला गर्यो भन्ने रिट निवेदन मनासिव देखिन आएन र सो फैसलालाई प्राकृतिक न्यायको सिद्धान्त विपरीत भन्न नमिल्ने । (प्र.नं. १५) § तेश्रो पक्षको वीमा भए गरेको अवस्थामा पिडित पक्षले तत्काल क्षतिपूर्ति रकम पाउने गरी सरल र सहज कार्यविधिको तर्जुमा गरी लागु गर्नको लागी विपक्षी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र नेपाल अधिराज्यका महान्यायाधिवक्ताको कार्यालयको नाउँमा निर्देशनात्मक आदेश जारी हुने । (प्र.नं. २०) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री अनिलकुमार सिन्हा विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री प्रेमराज कार्की र अधिवक्ता श्री नरवहादुर शाही विपक्षी तर्फवाटः आदेश न्या.केदारप्रसाद गिरीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८.(२) वमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. विपक्षी दिलीपकुमार जालानको नाममा रहेको भे.अ.ख. १७८ नं. को वस भेरी अंचल यातायात व्यवसायी संघ मार्फत मिति २०५४।८।२३ देखि २०५५।८।२२ सम्मको अवधिको लागी तेश्रो पक्षको सवारी वीमा मिति २०५४।८।३० मा निवेदक कम्पनीमा गरी विपक्षी प्रेमवहादुर नेपालीले वस चलाउदै आएकोमा मिति २०५५।७।१० गते साँझ वर्दिया जिल्लाको डेउडाकला गा.वि.स.वडा नं २ माछागढ स्थित राजमार्गमा पूर्णवहादुर खड्कालाई ठक्कर दिई निजको मृत्यु भएकोमा वादी श्री ५ को सरकार प्रतिवादी गाडी चालक विपक्षी प्रेमवहादुर नेपाली समेत भएको सवारी ज्यान मुद्दा वर्दिया जिल्ला अदालतमा दायर भएको थियो । विपक्षी वर्दिया जिल्ला अदालतले मुद्दाको कारवाहीको क्रममा निवेदक कम्पनीलाई वुझ्दै नवुझी प्राकृतिक न्यायको सिद्धान्त विपरीत मिति २०५६।११।१२ मा मृतकका हकवालालाई निवेदक कम्पनीले रु १,००,०००। क्षतिपूर्ति दिने गरी फैसला गरी सो फैसला वमोजिम काम कारवाही गर्नु भनी २०५७।१२।१७ मा निवेदक कम्पनीको नाउँमा पठाएको पत्र कम्पनीको शाखा कार्यालय नेपालगंजमा मिति २०५७।१२।२२ मा प्राप्त भयो । ३. अदालतले कुनै पनि विवादमा निर्णय गर्नु भन्दा पहिले सो विवादमा निर्णय गर्ने अधिकार कानूनले दिएको छ छैन हेर्नु पर्दछ । वीमा सम्वन्धी विवाद हेर्ने अधिकार वीमा समितिलाई मात्र छ । वीमा ऐन, २०४९ को दफा ८(घ) मा वीमक तथा विमित वीचको विवादमा मध्यस्थता गर्ने अधिकार अदालतलाई छैन । त्यस्तै सवारी वीमा सम्वन्धम