निर्णय नं. ७४६४ - जालसाजी ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४६४ - जालसाजी । भाग: ४६ साल: २०६१ महिना: फागुन अंक: ११ फैसला मिति :२०६१/०९/१५ ३७२८ निर्णय नं. ७४६४ ने.का.प.२०६१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत सम्वत् २०५७ सालको फौ.पु नं. –––२६६८ फैसला मितिः २०६१।९।१५।५ मुद्दाः– जालसाजी । पुनरावेदक प्रतिवादीः जिल्ला वारा कलैया न.पा.वडा नं. ११ वस्ने जय चन्द्रप्रसाद चौरसिया समेत बिरुद्ध प्रत्यर्थी वादीः जिल्ला वारा गा.वि.स.छतवा वडा नं. ७ वस्ने हिरमतिया हजामिन मरी मु.स.गर्ने राम आशिष ठाकुर हजाम § कुनै पनि क्रिया जालसाजी ठहर्नको लागि दावीकर्ताको स्थापित अधिकार (Perfect right) अपहरित भएको हुनुपर्ने । § प्रस्तुत मुद्दामा वादीले आफ्नो जुन हक विवादीत २०५५।१०।१ को मिलापत्रवाट अपहरित भयो भनि दावी लिएको हो त्यो हक निजको Perfect right नभई संयोगिक किसिमको हक (Contingent Right) देखिन आउने । (प्र.नं. १५) पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा, अधिवक्ता श्री जानकीप्रसाद गिरी प्रत्यर्थी वादीतर्फवाटः अधिवक्ताहरु श्री कृष्णप्रसाद सापकोटा, श्री जगन्नाथ महता सिंह, श्री उत्तमप्रसाद पन्त र श्री शम्भुवहादुर गोले अवलम्वित नजिरः फैसला न्या.वद्रीकुमार वस्नेतः पुनरावेदन अदालत हेटौडावाट मिति २०५७।२।१७।३ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) र (ख) अन्तर्गत प्रतिवादी पक्षवाट यस अदालतमा मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने निवेदन परी यस अदालत संयुक्त इजलासको मिति २०५७।३।१५ को आदेशवाट मुद्दा दोहोर्याउने निस्सा प्रदान भई यस अदालतको फौजदारी पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :– २. धरोहर ठाकुरको संगोलको पत्नी म फिरादी हुं । पति धरोहर ठाकुरको मोही हक दर्ताको जिल्ला वारा गा.वि.स. विसंभरपुर वडा नं. ९ कि.नं. २९७ को ज.वि. ०–८–० कि.नं. ४७४ को ज.वि. ०–९–० तथा कि.नं. ४८३ को ज.वि. ०–८–१५ गरी जम्मा ज.वि. १–५–१५ को साविक जग्गा धनी रामप्रसाद वरै र हालका जग्गा धनी विपक्षी जयचन्द्र हुनु हुन्छ । ३. उपरोक्त जग्गाहरु दर्तावाला मोही मेरो पतिले मोहीमा जोती कमाई आउनु भएकोमा पति धरोहर ठाकुर आफ्ना कालगतिवाट २०३० सालमा स्वर्गवास हुनु भयो । जग्गाधनीले भू.सु. ऐन को दफा २६ (१) बमोजिम मलाई पत्याई जोत्न दिएबाट म फिरादीले नै मोही सम्वन्धी आफ्नो दायित्व निर्वाह गरी सालसालै उक्त जग्गाहरुको हुने कुत वाली जग्गाधनीलाई वुझाई तिरो तिरी आएको छु । म फिरादीले मोही हक भोगको उक्त जग्गाहरु आफ्नो स्व. पतिको नामबाट आफ्ना नाममा मोही नामसारी गरी पाउँ भनि भू.सु.का. वारामा मुद्दा दिएकोमा उक्त मुद्दा भु.सु.का. वारामा विचाराधीन नै छ । मेरो मोही हक भोगको उपरोक्त जग्गाहरुबाट मेरो मोही हक मेटन उपरोक्त विपक्षीहरुले आपसमा मिलेमतो गरी विपक्षी नारायण ठाकुरले उक्त जग्गाहरुको सम्बन्धमा नै. भू.सु.का मा मोही नामसारी मुद्दा दिएकोमा थाहा भै मैले त्यस कार्यालयमा नारायण ठाकुरले उपरोक्त जग्गाहरुको मोही नामसारीका सम्वन्धमा दिएको उक्त मुद्दा र मैले दिएको द.नं. ४१०४ को मोही नामसारी मुद्दा लगाउ कायम गरी एकै साथ हेरी पाउँ भनी २०५५।९।१५ मा निवेदन दर्ता समेत गराएको छु । उक्त जग्गाहरुको मोही हक विपक्षी नारायण ठाकुरको नामसारी हुने गरी विपक्षीहरुले मिलापत्र गरी सके भन्ने कुरा मिति २०५५।१०।११ गते गाउँ घरमा