निर्णय नं. ७४६५ - अंश ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४६५ - अंश । भाग: ४६ साल: २०६१ महिना: फागुन अंक: ११ फैसला मिति :२०६१/०९/१५ ३३२० निर्णय न. ७४६५ ने.का.प.२०६१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्वत २०५६ सालको दे.पु.नं.– ६२३८ फैसला मितिः २०६१।९।१५।५ मुद्दा :– अंश । पुनरावेदक वादी जिल्ला बर्दिया मोतीपुर गा.बि.स. वडा नं. २ बस्ने मेघनाथ थारु बिरुद्घ प्रत्यर्थी प्रतिबादीः ऐ.ऐ. बस्ने द्वारिका देबी थरुनी § यस मुद्दामा निरोपण गरिनु पर्ने बिबादको बिषय बस्तु अघि परेको अंश मुद्दामा नरहेको अवस्थामा अघि परेको अंश मुद्दामा भएको फैसलाको आधारमा प्रस्तुत मुद्दामा अ.वं. ८५ नं. आकर्षित नहुने । (प्र.नं. १४) § बादीको एकासगोलको अंशियारको मृत्युपछि निजको नाममा रहेको सम्पति निजकी पत्नीको नाममा नामसारी भई आएको भन्ने कुरामा कुनै बिवाद समेत नभएको स्थितिमा त्यस्तो सम्पतिबाट बादीले अंश नपाउने भन्न नमिल्ने । (प्र.नं. १५) पुनरावेदक वादीतर्फवाटः विद्वान अधिवक्ता श्री शीवराज अधिकारी प्रत्यर्थी प्रतिवादीतर्फवाटः अवलम्वित नजिरः फैसला न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत नेपालगन्जको मिति २०५६/६/१० को फैसला उपर बादी पक्षको यस अदालतमा पुनराबेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. बाजे भरु थारुका जेठा रामवलि, माईला भगौति र कान्छा चिन्का ३ छोराको जन्म भएको र जेठा रामवलिबाटप्रसादी थारु र शोभाराम थारु, माईला भगौतीबाट कल्लु, वदन, बदलु र कान्छा चिन्का थारुबाट म फिरादी मेघनाथ थारुको जायजन्म भएको । परिवार ठुलो भै सगोलमा बस्न असजिलो भै घर सल्लाह अनुसार ६ भाग लगाई २०४७ बैशाख महिनामा मानो छुट्टीई अलग भएकोमा समयमा पारित नभएकोलेप्रसादी थारु समेतका उपर अंश मुद्दा दायर गरेकोमाप्रसादी थारु परलोक भै निजको हकदारले मुद्दा सकार गर्नुपर्नेमा निजप्रसादी जिम्मा बाहेकको सगोलको सम्पतिबाट ६ भागको १ भाग अंश मैले पाउने ठहर फैसला भै प्रतिबादी द्वारिका थरुनीको पतिप्रसादी थारुको जिम्मा रहेको जग्गा बण्डा हुन बाँकी रहेको र उक्त जग्गा प्रतिबादी द्वारिका थरुनीले नामसारी गरी आफ्ना नाउमा दा.खा गराएकीले निजको सम्पतिबाट म फिरादीको ६ भागको १ भाग अंश दिलाई भराई पाउँ भन्ने फिरादपत्र । ३. मेरा पतिप्रसादी थारु समेत उपर बिपक्षी बादीले अंश मुद्दा दायर गरी मेरा पतिका नाउँमा रहेको जग्गा बाहेक अन्य प्रतिबादीहरु जिम्माको जग्गाबाट ६ भागको १ भाग अंश बादीले पाउने ठहरी २०५१।१०।२२ मा फैसला भै सो फैसलामा बादीले चित्त बुझाई बसी उक्त मुद्दा अन्तिम भएको स्थितिमा मेरो पतिको मृत्यु पश्चात निजका नाउँको जग्गा मेरो नाउँमा नामसारी गरी खाई पाई आएकोमा बिपक्षीको पुनः अंश पाउ भन्ने दाबी अ.वं. ८२ नं.ले प्रतिकूल हुँदा अ.वं. १८० बमोजिम खारेज गरी पाउ भन्ने समेतको प्रतिउत्तरपत्र । ४. प्रतिबादीका पतिप्रसादी थारुको मृत्यु पश्चात निजको नाउँको जग्गा प्रतिबादी द्वारीका थरुनीले आफ्ना नाउँमा नामसारी गराएकी र बादी मेघनाथले पहिला दायर गरेको अंश मुद्दामा हामी प्रतिबादीहरुबाट पनि ६ भागको १ भाग सम्पति पाउने ठहरी फैैसला भएको र प्रतिबादीहरुको नाममा रहेको जग्गा बादीलाई दिन इन्कार गरेकीले बादीले प्रतिबादीका नाउँमा अंश मुद्दा दिएका छन र ६ भागको १ भाग अंश बादीले पाउनु पर्ने हो भन्ने समेत अ.वं. १३९ नं. बमोजिम बुझिएका वदन,बदलुको हकमा समेत कल्लु थारुले गरेको बयान । ५. बादी प्रतिबादी अंशियार भएको एवं अंशबण्डा नभएको द