निर्णय नं. ७४६६ - कर्तव्य ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४६६ - कर्तव्य ज्यान । भाग: ४६ साल: २०६१ महिना: फागुन अंक: ११ फैसला मिति :२०६१/११/२० ६१६८ निर्णय नं. ७४६६ ने.का.प.२०६१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री राम नगिना सिंह माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्बत् २०५८ सालको फौ.पु.नं.२४९२ फैसला मितिः २०६१।११।२०।५ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक वादीः टेकवहादुर रेउलेको जाहेरीले श्री ५ को सरकार बिरुद्ध प्रत्यार्थी प्रतिवादीः सल्यान जिल्ला रिम गा.वि.स.वडा नं.४ बस्ने नरवहादुर रेउले § लक्षित व्यक्ति उपर कार्य गर्दा जुन अपराध हुन सक्थ्यो, उक्त कार्य अर्को अनिच्छित व्यक्ति उपर भएमा पनि सोही अपराध मानिने । § एउटा मानिसलाई मार्ने नियतले गरेको प्रहार अर्को अनिच्छित मानिसलाई लागेर मृत्यु हुन पुगेको अबस्थामा कर्ताको आपराधिक मनसाय समाप्त भएको मानिने नभई सरेको (Transferred) मानिने हुँदा मनसाय प्रेरित हत्याको फौजदारी दायित्व सिर्जना हुने । (प्र.नं. २४) § छुरी जस्तो घातक हतियार प्रहार गरेकोलाई साधारण लाठा ढुंगाको श्रेणीमा पर्छ भन्न पनि नमिल्ने हुँदा ज्यान सम्वन्धीको १४ नं. आकषित नहुने । (प्र.नं. २५) पुनरावेदक वादीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री अमृत वस्नेत प्रत्यार्थी प्रतिवादीतर्फवाटः अवलम्वित नजिरः फैसला न्या.रामनगिना सिंहः शुरु सदर गरेको पुनरावेदन अदालत तुलसीपुरको मिति २०५७।१०।१० को फैसला उपर दोहोर्‍याई हेरिपाउन वादीतर्फबाट यस अदालतमा निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ :– २. मिति २०५४।८।२९ गते मंसीर पूर्णिमा परेकाले रिम र धनवाङ गा.वि.स.समेतका रेउले जातिका मानिसहरु परम्परा अनुसार ब्रहम र मष्ट देवताको पुजाआजा मेला गर्न भनी मूल पुजारी चन्द्रलाल रेउले समेत भै पुजा गरी रहेको अबस्थामा मेघराज र नरवहादुर रेउले समेत ८ जना भएको बेलामा नमालुम के कसले के कस्तो परिबन्दबाट बोका र कुखुराको टाउकोको विवादबाट रिसइवी लिई छुरी कटारी जस्तो धारिलो हतियारले दाजु चन्द्रलाल रेउलेलाई लागेको कुरा थाहा पाई तत्काल घटनास्थलमा पुगी नरवहादुर रेउले र हामीहरुले उपचारको लागि बोकी हेल्थपोष्टतर्फ लैजान लाग्दा बाटैमा दाजु चन्द्रलालको मृत्यु भएको हुँदा नरवहादुर रेउले समेतलाई पक्राउ गरी कानूनी कारवाही गरिपाउँ भन्ने जाहेरी दरखास्त । ३. सल्यान रिम गा.वि.स.वडा नं.३ स्थित ब्रहम र मष्ट देवताको मन्दिरको ढोकाबाट ४ हात उत्तर पूर्वमा चन्द्रलाल रेउलेको घाउ चोटबाट बगेको रगत जमिनमा खसेको सो रगत मध्य क्यापको सहायताबाट प्रहरी डोरले सिसिमा राखी आफ्नो जिम्मा लिएको घटनास्थल प्रकृति मुचुल्का । ४. नरवहादुर रेउलेको पाखो वारीमा राखिएको खरको भारी भित्र काठको विंड भएको फलामको छुरी बरामद गरेको भन्ने बरामदी मुचुल्का । ५. मिति २०५४।८।२९ गते ब्रहम र मष्टको पुजा चल्दा के परिबन्दबाट हो, झगडा भै कसले हो चन्द्रलाल रेउलेलाई छुरी हाने भन्ने थाहा पाई जाँदा पत्रविर बुढाथोकीको हातमा छुरी देखेकी हुँ । मेरो श्रीमान् र अरुलाई छुरी प्रहार हुन्छ कि भन्ने डरले छुरी खोसी खरको भारी भित्र लुकाई दिएको हुँ सो छुरी प्रहरीले बरामद गरेको हो भन्ने नरवहादुरको श्रीमती झक्की रेउलेले गरिदिएको कागज । ६. गहिरो काटेको चोटबाट अत्याधिक रगत बगी सेन्कोप भएर मृत्यु भएको हो भन्ने चन्द्रलाल रेउलेको पोष्टमार्टम रिपोर्ट । ७. मिति २०५४।८।२९ गते घटनास्थलमा