निर्णय नं. ७४६८ - वन्दीप्रत्यक्षीकरण ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४६८ - वन्दीप्रत्यक्षीकरण । भाग: ४६ साल: २०६१ महिना: फागुन अंक: ११ फैसला मिति :२०६१/०६/०८ २९४१ निर्णय नं.७४६८ ने.का.प.२०६१ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री वद्रिकुमार वस्नेत माननीय न्यायाधीश श्री बलराम के.सी. सम्वत् २०६१ सालको रिट नं. १३३ आदेश मितिः २०६१।६।८।६ विषयः– वन्दीप्रत्यक्षीकरण । रिट निवेदकः काभ्रे जिल्ला पोखरी चौरी गा.वि.स. वाड नं. ६ घर भै काठमाडौं डेरा गरी वस्ने युवराज चौलागाईको हकमा सितादेवि चौलागाई विरुद्ध विपक्षीः श्री ५ को सरकार, गृह मन्त्रालय समेत § गिरफ्त्तार गरेको समयवाट २४ घण्टा भित्र कुनै मुद्दा हेर्ने अधिकारी समक्ष निवेदकलाई प्रस्तुत गरी त्यस्तो मुद्दा हेर्ने अधिकारीको अनुमतीले थुनामा राखिएको भन्ने उल्लेख नभएको हुंदा निवेदक न्यायिक हिरासत Judicial Custody मा रहेको नभइ निवारक नजरवन्द अर्थात Preventive Detention मा थुनामा रहेको देखिने । § निवारक नजरवन्दमा राख्ने कानूनले अपराध हुनुवाट रोक्न अर्थात Preventive को काम सम्म मात्र गर्ने हो, निवारक नजरवन्द राख्ने कानून अन्तर्गत सजाय हुन नसक्ने । § प्राप्त लिखित जवाफ हेर्दा थुनुवाले अपराध गरिसकेको भन्ने देखिदा अपराध घटीसकेपछी Prevent गर्ने अर्थात रोक्ने भन्ने प्रश्न नै नआउने । (प्र.नं.१४) रिट निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री शान्ता सेढाई विपक्षीतर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री व्रजेश प्याकुरेल अवलम्वि नजिरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको सविंधान २०४७ को धारा २३,८८(२) अन्र्तगत पर्न आएको प्रस्तुत रिट निवेदन को संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. मिति २०६०।५।१७ गते विहान करिब १० वजेको समयमा तिनकुने स्थित निवेदकको कोठामा सुतिरहेको अवस्थामा श्री ५ को सरकार का सुरक्षाकर्मी सादा पोशाकमा आई कोठा खानतलाशी गरि कुनै अवैध चिज फेला नपारेपछि कोठाका सवै सदस्यहरुलाई भित्र वस्न भनि निवेदक युवराज चौलागाई लाई गाडीमा राखी लिएर गएको मिति देखि सिंहदरवार व्यारेक मा थुनामा राखिएको छ । प्रत्यक्षदर्शीहरुद्वारा के कति कारणले पक्राउ गरियो र कुन अवस्थामा राखिएको छ भन्ने समेत कुनै कुराको जानकारी हालसम्म नदिएको ले नेपाल अधिराज्यको सविंधान एवं कानून विपरीत गैरकानूनी रुपमा थुनामा राखिएकोले निज युवराज चौलागाई लाई सम्मानित अदालत समक्ष उपस्थित गराई गैरकानूनी थुनावाट मुक्त गरिपाउँ भन्ने समेत को रिट निवेदन पत्र । ३. यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? वाटाका म्याद वाहेक ३ दिन भित्र लिखित जवाफ पठाउनु भनि विपक्षीहरुलाई सुचना पठाई लिखित जवाफ परेपछि वा अवधि नाघेपछि नियमअनुसार पेश गर्नु भन्ने समेत को यस अदालतको आदेश । ४. विपक्षी युवराज चौलागाई लाई यस कार्यालयको आदेश पर्चा मा खुलाइएको कारण र आधारमा आतंककारी तथा विध्नंशात्मक कार्य र (नियन्त्रण तथा सजाय) अध्यादेश २०६० को दफा ३ अनुसार ऐ अध्यादेशको दफा ९ अनुसार अनुसन्धानको लागि मिति २०६१।२।४ गते देखि श्री जंग गण सिंहदरवार व्यारेक मा नजरवन्द को पुर्जि दिई कानून वमोजिम नजरवन्द मा राखिएको मा मिति २०६१।४।३० वाट रिहा भै सकेको हँदा रिट खारेज गरि पाउँ भन्ने समेतको विपक्षी जिल्ला प्रशासन कार्यालय को मिति २०६१।५।३ को लिखित जवाफ । ५. विपक्षी युवराज चौलागाई लाई जिल्ला प्रशासन कार्यालय को आदेश अनुसार नजरवन्दमा राखिएकोमा मिति २०६१।४।३० गते रिहा भैसकेको भन्ने उक्त कार्यालयको वोधार्थ पत्रवाट देखिन आएकोले विपक्षी को रिट निवेदन ख