निर्णय नं. ७४७० - उत्प्रेषण, परमादेश समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४७० - उत्प्रेषण, परमादेश समेत । भाग: ४६ साल: २०६१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६१/१२/१८ ३८५७ निर्णय नं.७४७० ने.का.प.२०६१ अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्बत् २०६१ सालको रि.पू.ई.नं.....१६ आदेश मितिः २०६१।१२।१८।५ विषय :– उत्प्रेषण, परमादेश समेत । निवेदकः चितवन जिल्ला चैनपुर गा.वि.स.वडा नं.५ घर भई हाल नेपाल दूर संचार संस्थान, दूर संचार कार्यालय पाटनमा तृतीय श्रेणी तह ६, पद सहायक लेखा अधिकृत पदमा कार्यरत कृष्ण कुमार लामिछाने विरुद्ध विपक्षीः संचालक समिति, नेपाल दूर संचार संस्थान केन्द्रीय कार्यालय भद्रकाली काठमाण्डौ समेत § प्रशासन सेवा प्रशासन समूह अन्तर्गतको सहायक प्रशासकीय अधिकृत र प्रशासन सेवा लेखा समूहको सहायक लेखा अधिकृतको काम, कर्तव्य र अधिकार नै फरक फरक हुने भएकोले नेपाल दूरसंचार संस्थान विनियमावली, २०५४ को विनियम ३५(१) को व्यवस्थालाई गलत व्याख्या गरी प्रशासन सेवा प्रशासन समूहको सहायक प्रशासकीय अधिकृत पदमा काम गरेको नोकरी अवधी समेतलाई गणना गरी लेखा समूहतर्फ काम गरेको कायम गर्नु तर्क संगत नहुने। § सहायक लेखा अधिकृत पदमा काम गरेको अवधि चार वर्ष नपुगेको अवस्थामा विनियम ३३(१) एवं विनियम ३५(१) विपरीत निवेदकलाई लेखा अधिकृत पदमा बढुवा निम्ति सम्भाव्य उम्मेदवार मान्न मिल्ने नदेखिंदा निजलाई बढुवा नगर्ने गरी भएको विपक्षी पदपूर्ति समितिद्वारा गोरखापत्रमा प्रकाशित बढुवा सिफारिश सम्बन्धी सूचना, निवेदकका सम्बन्धमा पदपूर्ति समितिवाट भएको निर्णय तथा सो सूचना तथा निणयमा चित्त नबुझाई निवेदकले दिएको उजुरीमा संचालक समितिवाट भएको निर्णय एवं तत्सम्बन्धी काम कारवाहीमा नेपाल दूर संचार संस्थान (कर्मचारी सेवा शर्त, सुबिधा तथा अन्य व्यवस्था) विनियमावली, २०५४ को त्रुटी वा उल्लंघन भएको नदेखिएकोले रिट निवेदकको माग बमोजिमको आदेश जारी हुन नपर्ने। (प्र.नं. १६) निवेदक तर्फवाटः विद्वान अधिवक्ताहरु श्री हरिप्रसाद उप्रेती, श्री नन्दवहादुर सुवेदी, श्री ज्योती वाँनिया विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्वित नजिरः आदेश न्या.केदारप्रसाद गिरीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम दायर भएको रिट निवेदन पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बिच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (१) (क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनको व्यहोरा तथा आदेश यसप्रकार छ :— २. म निवेदक नेपाल दूर संचार संस्थानको आउटसाइड टेक्निसियन पदमा मिति २०५१।८।५ मा स्थायी नियुक्ति भई कार्यरत रहेकोमा पदपूर्ति समितिको खुल्ला विज्ञापन अनुसार अधिकृत स्तर तह ६ (प्रशासन) सहायक प्रशासकीय अधिकृत पदमा मिति २०५४।१२।६ देखि स्थायी नियुक्ति पाई कार्यरत रही आएको थिएँ । यसै बीच लेखा समूहको अधिकृत छैठौं तहको पदमा खुल्ला प्रतियोगिताको लागि विज्ञापन भएकोले उक्त परीक्षामा भाग लिई नियुक्तिको लागि सिफारिश भएँ । एक समूहको कर्मचारीले अर्को समुहको पदको खुल्ला प्रतियोगितामा भाग लिन प्रतिबन्ध नभए पनि संचालक समितिले मिति २०५७।११।३ मा मेरो साविक पदवाट राजिनामा लिई लेखा तर्फको पदमा नियुक्ति दिने निर्णय गरेकोले मिति २०५७।११।१२ देखि लागू हुने गरी राजिनामा दिई लेखा तर्फको लेखा अधिकृत पदमा नियुक्ति पाई कार्यरत रहेको छु । मैले राजिनामा दिंदा सो अघिको सेवा पूर्