निर्णय नं. ७४७३ - हक कायम गरी नामसारी गरी चलन चलाई पाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४७३ - हक कायम गरी नामसारी गरी चलन चलाई पाउँ । भाग: ४६ साल: २०६१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६१/१०/०७ ३४५० निर्णय नं.७४७३ ने.का.प.२०६१ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत २०५८ सालको दे.पु.नं.:– ८५३८ सम्बत २०५८ सालको दे.पु.नं.:–८७१४ फैसला मितिः२०६१।१०।७।२ मुद्दा :– हक कायम गरी नामसारी गरी चलन चलाई पाउँ । पुनराबेदक प्रतिबादीः जिल्ला बाके उढरापुर गा.बि.स. वडा नं. १ बस्ने श्यामलाल अहिर बिरुद्घ प्रत्यर्थी बादी ऐ.ऐ. बस्ने पबितराम अहिर पुनराबेदक बादी जिल्ला बाके उढरापुर गा.बि.स.वडा नं.स्ने पबितराम अहिर बिरुद्घ प्रत्यर्थी प्रतिबादीः ऐ.ऐ.बस्ने श्यामलाल अहिर § मृतक जनकाको मृत्यु भइसकेपछि निजकी छोरी जगरानीको मृत्यु भएको अबस्थामा मृतक जनकाको कानून बमोजिम पाउने अपुताली निजकी छोरी जगरानीमा स्थापित नहुने र जगरानीको मृत्यु पश्चात निजको छोरा यी बादी पबितरामको सो अपुतालीमा हक कायम हुन नसक्ने भन्न मिल्ने अबस्था नहुने । (प्र.नं. १४) § प्रतिबादीले देखाएको पुस्तेवारी अनुसार यी प्रतिबादी जनकाको तीन पुस्ता भित्रकै भतिजा नाताको ब्यक्ति भएको भन्ने देखिन्छ । उपरोक्त ब्यहोरालाई बादीले यस अदालतमा दिएको पुनराबेदन पत्रमा अन्यथा भनी जिकिर लिन सकेको देखिदैन । यस स्थितिमा जनका अहिरको स्याहार संभार र मरे पछि काजकृया समेत यी प्रतिबादी श्यामलालले गरेको भन्ने मान्नु पर्ने । § अपुतालीको ११ नं. को ब्यबस्था अनुसार प्रतिबादी श्यामलाल अहिरले जनका अहिरको पालन पोषण र काजकृया समेत गरेको आधारमा मर्ने जनका अहिरको नाममा रहेको बिवादित जग्गाहरुमा आधा स्याहार संभार गर्ने भतिजा नाताका हकवाला यी प्रतिबादी श्यामलालको हक स्थापित हुने । (प्र.नं. १५) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी प्रत्यार्थी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या. खिलराज रेग्मीः पुनरावेदन अदालत नेपालगन्जको मिति २०५६/१२/२३ को फैसला उपर बादी प्रतिवादी दुबै पक्षको यस अदालतमा पुनराबेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ : २. मूल पुर्खा स्वर्गिय बिजयी अहिरको पत्नी जनका अहिरको छोरा नभई एक मात्र छोरी म बादीकी आमा जगरानी अहिर हुन । बज्यै जनका अहिरको मिति २०४८।५।१५ मा परलोक भएपछि निजको सम्पत्ति खाने नजिकको हकवाला आमा जगरानीले नामसारी गराउन नपाउदै आमा जगरानी मिति २०४९।१।१० मा परलोक हुनु भएकोले जनका अहिरको जग्गा नामसारीको लागि मैले मालपोत कार्यालय बाकेमा मिति २०५२।३।२० मा निबेदन दिएको थिएँ । सो कार्यालयले प्रकाशित गरेको ३५ दिने सूचनाको म्याद भित्र यी प्रतिबादीले जनका अहिरको भतिजा हुँ भनी उक्त जग्गा नामसारीको लागि निबेदन दिएकोले जग्गाको हक बेहक र नाता सम्बन्धमा बिबाद उठेकोले सो कार्यालयले ऐनका म्याद भित्र बाके जिल्ला अदालतमा नालेस गर्न जानु भन्ने निर्णय गरेको छ । जनका अहिरको भतिजा झुर्रा अहिरले आफ्नो भागको जग्गा पाइ सकेका छन । यी प्रतिबादी जनकाको भतिजा नाताको होइनन् । जनका अहिर जीबित छदा निजको सेवा टहल,रेखदेख,औषधि उपचार र मृत्युपछि दान पुण्य भण्डारा समेतको कार्य म र आमा जगरानीले गरेका हौं । स्वर्गिय बज्यै जनकाको नाममा रहेको जिल्ला बाके गा.बि.स.उढरापुर वडा नं. १(क) कि.नं.२०३,१५१,९६,वडा नं.१(ख) कि.नं.२८,४० को जग्गाहरुमा आमा जगरानीको हक कायम हुनेमा नामसारी गराउने कार्य नगर्दै आमाको मृत्यु भएकाले आमाको नाममा ना