निर्णय नं. ७४७४ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरी गरी पाउँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४७४ - उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरी गरी पाउँ । भाग: ४६ साल: २०६१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६१/०९/१२ ३३७६ निर्णय नं.७४७४ ने.का.प.२०६१ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री बलराम के. सी. सम्वत २०५८ सालको रिट नं. –––३०४६ आदेश मितिः २०६१।९।१२।२ विषय :– उत्प्रेषणयुक्त परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जी गरी गरी पाउँ । निवेदकः रामेछाप जिल्ला ठोसे गा.वि.स. वडा नं. ६ ठोसेबजार बस्ने वर्ष ४५ को मानबहादुर बस्नेत विरुद्ध विपक्षीः जिल्ला स्वास्थ्य कार्यालय, रामेछाप समेत § मिति ०४३।३।२७ देखि स्थायी कर्मचारीको रुपमा निरन्तर कार्य गरी आएको कर्मचारीलाई व्यक्तिगत विवरण भराउने प्रयोजनको निम्ति सक्कल स्थायी नियुक्ति पत्र पेश गर्न नसकेको तथा कार्यालयमा रहेको फाइलमा समेत शुरु नियुक्ति पत्र नभएको भनि मिति ०५८।५।१८ मा आएर कार्यरत कार्यालयमा हाजिर गर्न नदिने भनि निर्णय गर्नु कानूनसंगत नहुनुका साथै उचित नदेखिने । § निजामती सेवा ऐन, २०४९ को दफा २४ङ मा आफ्नो कार्यालयमा कार्यरत निजामती कर्मचारीको वैयक्तिक विवरण दुरुस्त राख्ने जिम्मेवारी कार्यालय प्रमुखको हुनेछ भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको कुरालाई ध्यान नदिई कर्मचारीका साथै आफूले समेत सुरक्षित गरी राख्नुपर्ने कर्मचारीको स्थायी नियुक्ति पत्र कार्यालयको फाइलमा नरहेको एवं मिति ०४७ सालमा कार्यालय स्थानान्तरण हुँदा हराएको हुन सक्ने भनि गैर जिम्मेवारीपूर्ण कुरा गरी पन्ध्र वर्ष देखि निरन्तर स्थायी कर्मचारीको रुपमा कार्यरत कर्मचारीलाई कार्यालयमा हाजिर गर्न नदिने भनि निर्णय गर्नु कानून विपरीत समेत हुने । (प्र.नं. ७) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री विनोद कार्की विपक्षी तर्फवाटः अवलम्वित नजिरः आदेश न्या.अनुपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) बमोजिम दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. म निवेदक मिति ०४३।३।२६ को निर्णय अनुसार ०४३।३।२७ गतेदेखि पियन पदको नियुक्ति पाई श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, रामेछाप हेल्थ सेन्टर अन्तर्गत ठोसेबजार हेल्थपोष्टमा इमान्दारितापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्दै आएको छु । साथै श्री ५ को सरकारको स्थायी कर्मचारीको हैसियतले प्राप्त गर्ने सञ्चयकोषको सुविधा समेत परिचयपत्र नं. २०२४४९ अन्तर्गत प्राप्त गर्दै आइरहेको छु । शुरु नियुक्ति पाएका मितिदेखि श्री ठोसेबजार हेल्थपोष्ट बाहेक अन्यत्र कहिकतै मेरो सरुवा भएको छैन । ०५० सालमा श्री ५ को सरकार (मन्त्रीपरिषद) को मिति ०५०।२।१८ को निर्णय अनुसार स्वास्थ्य मन्त्रालय र अन्तर्गतका कार्यालयहरु समेतको नयाँ संगठन तालिका स्वीकृत भई नयाँ संगठन तालिका अनुसारको पद तथा कार्यालयमा मिलान गर्ने क्रममा ०५०।४।१ गतेदेखि लागू हुने गरी मलाई साविक पद तथा कार्यालयमैं रहने गरी पदस्थापन गरिएको थियो । कर्मचारी वैयक्तिक विवरण (सिटरोल) भर्ने क्रममा मैले प्राप्त गरेको स्थायी नियुक्तिको सक्कल प्रति हराएको हुँदा आफूसँग रहेको प्रतिलिपिका आधारमा जिल्ला स्वास्थ्य कार्यालय, रामेछापमा सम्पर्क गर्दा स्थायी नियुक्ति पत्रको प्रतिलिपिले नहुने र सक्कल प्रति नैं आवश्यक पर्ने भनि जिल्ला स्वास्थ्य प्रमुखले भन्नु भएपछि मैले सक्कल प्रति हराएको हुँदा कार्यालयको रेकर्डबाट हेरी सोही अनुसार सिटरोलमा सिफारिश गरी पाउँ भनि अनुरोध गर्दा