निर्णय नं. ७४७५ - लागूऔषध ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४७५ - लागूऔषध । भाग: ४६ साल: २०६१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६१/१२/०५ ४१०० निर्णय नं.७४७५ ने.का.प.२०६१ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी सम्वत २०६० सालको फौ.पु.नं. –३४१६, ३४५३, ३४०५ सम्वत २०६१ सालको फौ.पु.नं. ––३८०८ फैसला मितिः२०६१।१२।५।६ मुद्दा :– लागूऔषध । पुनरावेदकः प्रतिवादीः भक्तपुर जिल्ला दुवाकोट गा.वि.स. वडा नं. २ घर भै हाल केन्द्रीय कारागार त्रिपुरेश्वरमा थुनामा रहेका राजु खड्का विरुद्ध प्रत्यथी वादीः श्री ५ को सरकार पुनरावेदक वादीः भारत जिल्ला कन्याकुमारी घर भै हाल केन्द्रीय कारागार शाखा त्रिपुरेश्वरमा थुनामा रहेको अरविन्द दाश शर्मा विरुद्ध प्रत्यर्थी वादीः प्रहरी नायब निरीक्षक प्रेम कुमार वस्नेत समेतको जाहेरीले श्री ५ को सरकार पुनरावेदक वादीः प्रहरी नायब निरीक्षक प्रेम कुमार वस्नेत समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः भारत जिल्ला कन्याकुमारी घर भै हाल काठमाडौंमा बस्ने अरविन्द दाश शर्मा समेत पुनरावेदक प्रतिवादीःकाठमाडौं जिल्ला मुलपानी गा.वि.स. वडा नं. ४ बस्ने कृष्णबहादुर के.सी. विरुद्ध प्रत्यर्थी वादीः श्री ५ को सरकार § लागूऔषध बिक्री गरी नाफाको हिस्सा मत सल्लाहमा खाने कार्य गरेको देखिंदा र सोही अवस्थामा सबै गिरफ्तार भै यी प्रतिवादीहरु सबै संगठित रुपमा सर सल्लाहमा पसी लागूऔषध खरिद गर्ने, ओसार पसार, बिक्री वितरण गर्ने कार्य गरेको हुँदा अपराधिक कार्यलाई प्रतिवादी पिच्छे अलग अलग गरी हेर्न नमिल्ने । (प्र.नं. ४६) § लागूऔषध बिक्री गरी नाफा बाँडी खाने उद्देश्यले मत सल्लाह गरी भारतबाट ल्याउने ग्राहक खोज्ने र बिक्री गर्ने कार्यमा सबैको समान संलग्नता भएको देखिंदा समग्रतामा हेर्नुपर्ने हुन आउँछ । सबै प्रतिवादीहरु लागूऔषध खरिद ओसार पसार संचय र बिक्री वितरण गर्ने कार्यमा समान रुपले लागेको पुष्टि भैरहेकोमा निजहरुको संलग्नतालाई पृथकपृथक गरी हेर्न नमिल्ने भनि ने.का.प. २०६१, अंक ३, नि.नं. ७३४१, पृष्ठ २५१ मा पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भएबाट पृथक गरी हेर्न नमिल्ने । § केवल अदालतको बयानमा सजायको भागी हुन नपरोस भनि कसूरमा इन्कारी हुँदैमा संकलित सबुद प्रमाण र घटनाको कडिबाट पुष्टि भैरहेको विषयवस्तुलाई अन्यथा भनि अनुमान गर्न नमिल्ने । (प्र.नं. ४७) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्तात्रय श्री रामकृष्ण पाण्डेय र श्री अर्जुन कडेल, श्री ध्रुवलाल श्रेष्ठ प्रत्यर्थी वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री दुर्गाबन्धु पोखरेल अवलम्वित नजिरः फैसला न्या.राजेन्द्रकुमार भण्डारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन अदालत पाटनको मिति ०५९।५।११ को फैसला उपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३३ ज्ञानेश्वर स्थित राजु खड्काको घर आँगन नजिकमा रवि शाहबाट ४५० ग्राम लागूऔषध बरामद भएको हो भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । ३. राजु खड्का समेतका मानिसहरुलाई पक्राउ गरी लागूऔषध समेत दाखिल गरिएको भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन । ४. ललित किशोर शाहसँग सरोजले परिचय गराई तीनैजनाका सल्लाह अनुसार ललित किशोर र म रक्सौल गै रु. २५,०००।– मा ४५० ग्राम हिरोइन खरिद गरी ल्याई बाँकी रकम बिक्री भएपछि दिने सल्लाह थियो उक्त लागूऔषध हामीहरुले ल्याई अरविन्