निर्णय नं. ७११३ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७११३ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५९/०६/१८ २९०८ निर्णय न.७११३ ने.का.प.२०५९ अङ्क ७/८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संवत् २०५९ सालको रिट नं. .....२२ आदेश मितिः २०५९।६।१८।६ बिषयः वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउं । निवेदकः काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. ३४ वस्ने अधिवक्ता रमण कुमार श्रेष्ठको हकमा ऐ. वस्ने निजको पत्नी अधिवक्ता विश्व कुमारी श्रेष्ठ विरुद्ध विपक्षीः श्री ५ को सरकार, गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं समेत § रिट निवेदकलाई सार्वजनिक सुरक्षा ऐन, २०४६ अन्तर्गत थुनामा राखिएको भन्ने नदेखिएको र कुनै ऐन अन्तर्गतको कसूरमा मुद्दाको अनुसन्धान तहकिकातको लागि अधिकार प्राप्त अधिकारी वा अदालतवाट कानून वमोजिम भएको आदेशले हिरासतमा राखीएको भन्ने पनि नदेखिनुका साथै राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा ९(३) र तद्नुकुल नेपाल अधिराज्यको संविधान, २०४७ को भाग ३ मा बर्णित मौलिक हक मध्ये धारा १४(६) ले प्रत्याभूति गरेको संवैधानिक प्रावधानको परिप्रेक्ष्यमा प्रस्तुत रिट निवेदक अधिवक्ता रमण कुमार श्रेष्ठलाई विपक्षीहरुले कानून वमोजिम थुनामा राखेको नदेखिन । (प्र.नं. १८) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, श्री सर्वज्ञरत्न तुलाधर विद्वान अधिवक्ताहरु श्री विश्वकान्त मैनाली, श्री हरिहर दाहाल, श्री हरिकृष्ण कार्की, श्री शतिषकृष्ण खरेल विपक्षी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री टीकाबहादुर हमाल अवलम्वित नजिरः आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर भई पेश भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ । २. पति रमण कुमार श्रेष्ठ कानून व्यवसाय गरी आउनु भएको र लामो समयदेखि निज कुनै राजनैतिक दलसंग सम्वद्ध हुनुहुन्न । मिति २०५९।५।७ गतेको दिन विहान करिव ८ बजेको समयमा पति आफ्नो व्यवसायिक कामको सिलसिलामा का.म.न.पा.वागवजार स्थित आफ्नो च्याम्वरमा जानु भएको र सो दिन निज कानून व्यवसायीको हिसावले प्रतिनिधित्व गर्नु पर्ने पेशीमा रहेका मुद्दाको वहस पैरवीको लागि आफ्नो मोटरसाईकलमा चढी अदालत तर्फ जानु भएकोमा सम्बन्धित अदालतमा नै आइपुग्नु भएन । निजलाई गैरकानूनी तवरले कसैले पक्रिएको लगायतको कुराको अनुमान वा जानकारी म निवेदकालाई भएको थिएन । निजलाई दिउसो समेत मोवाईलमा फोनमा सम्पर्क गर्ने प्रयत्न गर्दा निजको फोन वन्द रहेको वा पहुँच क्षेत्र वाहिर रहेको भन्ने स्वचालित जवाफमात्र प्राप्त भयो । साँझमा नियमित फर्किने समयसम्म फर्कि नआएको र सम्पर्क समेत हुन नसकेकोमा राती करिव ८.४५ वजे एउटा सेतो भ्यान समेत लिई करिव १०।१२ जना शाही नेपाली सेनाको पोशाकमा रहेका र एकजना सादा पोशाकमा रहेका व्यक्ति समेत निवेदकको घरमा आई विना कुनै सूचना जानकारी मेरो घर भित्र प्रवेश गरी सम्पूर्ण कोठा दराजहरुको खानतलासी लिइ करिव १० वजेतिर फर्किने वेलामा खानतलासी गर्दा कुनै हानी नोक्सानी पुर्याएको छैन भन्ने व्यहोराको दुई थान कागजमा मलाइ सही गराएका थिए । पति कहाँ हुनुहुन्छ भनि सोध्दा आफ्नो थुनामा राखेको र आवश्यक छानविन पश्चात छोड्ने कुरा उल्लेख गरेपनि प्रहरी वा सेनाको कुन निकायमा कुन कसूरमा कसरी निजलाई राखिएको हो भन्ने लगायतको बिषयमा उल्लेख नगरी थप कुरा वताउन नमिल