निर्णय नं. ७११४ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७११४ - लिखत बदर भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५०/०३/०३ ३१२४ निर्णय न.७११४ ने.का.प.२०५९ अङ्क ७/८ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री रामनगिना सिंह संवत् २०५६ सालको दे.पु.नं. ..५५५४ फैसला मितिः २०५९।३।३।२ मुद्दाः लिखत वदर । पुनरावेदक प्रतिवादीः जि.लमजुङ सूर्यपाल गा.वि.स.वडा नं.९ वस्ने नानीमाया वसौला विरुद्ध विपक्षी वादीः जि. लमजुङ सूर्यपाल गा.वि.स.वडा नं. ९ वस्ने भगवती वसौला समेत § मुलुकी ऐन अंशवण्डाको १९(१) नं. मा ‘पिता पुर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सवै र अचलमा आधा सम्म व्यवहार चलाउनलाई स्वास्नी, छोरा वा विधवा वुहारीको मन्जुरी नभएपनि आफुखुस गर्न पाउंछ । अचलमा आधि भन्दा बढि भने व्यवहार चलाउनै परेपनि एक्काईस बर्ष नाघेका स्वास्नी छोरा र विधवा वुहारीहरुको मन्जुरी लिई मात्र खर्च गर्न हुन्छ । मन्जुरी नलिई गरेको सदर हुँदैन’ भन्ने उल्लेख भई रहेको पाईन्छ । प्रतिवादीहरुले उपरोक्त जग्गा लिनु दिनु गर्दा वादी मध्येका डायमण्ड र ज्याक्सन बसौला एक्काईस बर्ष नाघेका नदेखिंदा कानूनन् निजहरुको मन्जुरी आवश्यक नदेखिने। § प्रतिवादी शुभाषचन्द्र बसौलाले आधा भन्दा बढि नै जग्गा विक्री व्यवहार गरेको देखिन आउंछ। यस स्थितिमा विवादको उक्त जग्गा विक्री गर्दा उपरोक्त कानूनी व्यवस्था अनुसार वादी भगवती बसौलाको मन्जुरी लिनु पर्नेमा लिएको अवस्था नदेखिंदा निजको हक जतिको चार भागको एक भाग लिखत वदर भई हक कायम समेत हुने ठहराएको पुनरावेदन अदालत, पोखराको २०५५।१०।५ को फैसला मनासिव देखिंदा सदर हुने । (प्र.न.१४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री विश्वप्रकाश भण्डारी विपक्षी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.रामनगिना सिंहः पुनरावेदन अदालत, पोखराको मिति २०५५।१०।५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा प्रतिवादीको पुनरावेदन पत्र दायर भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ । २. ससुरा वलवहादुर वसौलाका ३ श्रीमती मध्ये जेठी पुन्यमाया वसौला, माइली मैया र कान्छि महमाया वसौला हुन् । जेठी पुन्यमाया तर्फ डिलवहादुर वसौला र विपक्षी सुभाष चन्द्र वसौला, माइली मैया तर्फ ललितवहादुर, किसानवहादुर र रामचन्द्र, कान्छि महमाया तर्फ तोपवहादुर वसौलाको जन्म भै मेरो विवाह पुर्व नै तिनवटा सासुहरुले वहाँका छोराहरु समेतको अंश लिइ छुटृी भिन्न भै अलग वसी सक्नु भएको रहेछ । २०३८ सालमा विपक्षी मध्येका शुभाषचन्द्र वसौलासंग मेरो विवाह भए पश्चात हांमी दुइ दम्पतिको सहवासवाट १ छोरी शुष्मा र २ छोरा फिरादि ज्याक्सन एवं डाइमण्डको जायजन्म भएको छ । हामी फिरादिहरुलाई खाना लगाउन नदिइ कुटपिट गरी घरवाट २०४७।३।२४ गते निकाला गरेकाले हामी फिरादिहरु वुवा झलकवहादुर गौतमका घर गई वसेका छौं । पिता तथा श्रीमान शुभाष चन्द्र वसौलाले हम्रो हेर बिचार नगरी पैत्रिक सम्पत्तिवाट वंचित गराउने वदनियतले कि.नं. ७८२ को जग्गा राजीनामा गरी हरि कुमार श्रेष्ठलाई दिनु भएछ, सो कुरा थाहापाइ चुपलागी वस्यौं । शुभाष चन्द्र वसौलाका नाउंमा कि.नं. ९८७ को जग्गा रोपनी ५-११-१-० जग्गा २०५३।३।२४ गते नानीमाया वसौलाई दिनु भएछ, सो कुराको चर्चा सुनि मिति २०५३।४।२२ गते नक्कल सारी हेर्दा जानकारी हुन आएको हुंदा वहाँ संग कि.नं. ७८० को ज.रो. १.२.१.२, कि.नं. ७८४ को ज.रो. ४.३.०.० गरी जम्मा रोपनी ५.५.१.२ वांकी छ, तसर्थः हामीहरुको