निर्णय नं. ७११६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७११६ - उत्प्रेषण भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५९/०७/०८ २९५७ निर्णय नं.७११६ ने.का.प.२०५९ अङ्क ७/८ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य संवत् २०५८ सालको रि.नं. .. ३१४६ आदेश मितिः २०५९।७।८।६ विषयः उत्प्रेषण । निवेदकः हिमाल सिमेन्ट कम्पनी लि. चोभारमा अ.अपरेटर पदमा कार्यरत कृष्णबहादुर घले समेत विरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय समेत § कानून वमोजिम स्थापित संगठित संस्थाको अभिप्राय तथा अनुरोध समेत नभएको र कम्पनीको स्थिति विद्यमान रहेकै अवस्थामा कम्पनी ऐन नियम वमोजिम नियुक्त तथा व्यवस्थित हुने सम्पूर्ण कर्मंचारीलाई श्री ५ को सरकारले अवकाश दिने तथा कम्पनी स्थानान्तरण गर्ने भन्ने व्यहोराको निर्णय गर्न पाउने कानूनी आधार समेत मन्त्रिपरिषद सचिवालयबाट आउन सकेको छैन। त्यसरी कम्पनी कानून वमोजिम नियुक्त तथा व्यवस्थित हुने सम्पूर्ण कर्मचारीहरुलाई कानूनले निर्दिष्ट गरेको प्रक्रिया विना संचालक समितिको अनुरोध भन्दा वाहिर गई निर्णय गर्न पाउने कानूनी आधार श्री ५ को सरकारलाई नरहने। (प्र.नं. १४) निवेदक तर्फबाटःविद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने विपक्षी तर्फबाटः विद्वान सह न्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक,विद्वान अधिवक्ता श्री वासुदेव आचार्य अवलम्वित नजिरः आदेश न्या.कृष्णजंग रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस निम्न वमोजिम छः २. विपक्षी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको द.नं. ३६७३ मिति २०५८।९।९ को पत्र हिमाल सिमेन्ट कम्पनीको नाममा पठाएको र त्यस पत्रमा सो कम्पनीलाई उपत्यका वाहिर स्थानान्तरण गर्न एवं पुनः संचालनका लागि कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कम्पनीको नियमानुसारका पाउने सुविधाको अतिरिक्त काम गरेको प्रति वर्षको लागि शुरु तलव स्केल वरावरको थप उपदान दिने गरी अवकाश दिने श्री ५ को सरकार (मन्त्रिपरिषद्) बाट मिति २०५८।९।५ मा निर्णय भएको उक्त निर्णय भएको मितिदेखि त्यस लिमिटेडका नामा चल अचल सम्पत्तिको खरिद विक्री तथा हस्तान्तरण नगर्नु हुन र साथै कसैले खरिद विक्री हस्तान्तरण गरेमा सम्वन्धित पदाधिकारी जिम्मेवारी हुने जानकारी गराइएको छ भन्ने व्यहोरा उल्लेख रहेछ । हामी निवेदक कर्मचारी र कामदार श्रम ऐन, २०४८ को दफा २(ख) वमोजिम विपक्षी हिमाल सिमेन्ट कम्पनी प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा कामदार हौं । श्रम ऐन, २०४८ को कुनैपनि कानूनी व्यवस्थामा कारखाना उपत्यका वाहिर सार्नु परेको कारणले त्यस्तो प्रतिष्ठानमा कार्यरत कामदार र कर्मचारीलाई अवकाश दिन मिल्ने कानूनी व्यवस्था छैन । श्रम ऐन, २०४८ को दफा १० मा ऐन अन्तर्गत वनेको नियम विनियममा तोकिएको रीत नपुर्‍याई प्रतिष्ठानको कामदार वा कर्मचारीको सेवाको अन्त्य गर्नु हुदैन भन्ने कानूनी व्यवस्था भएको तथा सोही ऐनको दफा १५ मा व्यवस्थापकले ५८ वर्ष उमेर पुरा भएको कामदार वा कर्मचारीलाई अनिवार्य अवकाश दिन सक्ने छ भन्ने कानूनी व्यवस्था छ । त्यस्तै हिमाल सिमेन्ट कम्पनी लि. कार्यविधि नियम २०४५ को कुनै पनि नियममा उद्योग उपत्यका वाहिर सार्नु परेमा कर्मचारीलाई अवकाश दिने छ भनी निर्णय गर्न पाउने कुनै कानूनी व्यवस्था छैन । हामी कुनै पनि निवेदकको उमेर ५५ वर्ष पुरा भएको छैन । हिमाल सिमेन्ट कम्पनीका कर्मचारीलाई काठमाडौं उपत्यकाबाट उद्योग वाहिर सार्ने भनी कर्मचा