निर्णय नं. ७११७ - मोही प्रमाणपत्र
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७११७ - मोही प्रमाणपत्र भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५८/१०/२४ ४१७३ निर्णय न.७११७ ने.का.प. २०५९ अङ्क ७/८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संवत २०५४ सालको दे.पु.नं. ४२८९ फैसला मितिः २०५८।१०।२४।४ मुद्दा :– मोही प्रमाणपत्र । पुनरावेदक वादीः जि. सप्तरी रम्पुरा मल्हनिया गा.वि.स.वडा नं. ६ वस्ने खुसिलाल खं खत्वे विरुद्ध प्रत्यर्थी प्रतिवादीः जि.सप्तरी रम्पुरा मल्हनियां गा.वि.स.वार्ड नं. ५ वस्ने रामदेव यादव § सुरेन्द्र झावाट रामदेवको नाममा आएको जग्गालाई अन्नपुर्णै देवीलाई जग्गा धनी देखाई ४ नं.अस्थाई निस्सा लिए पनि असम्वन्धित जग्गाधनिको नामवाट लिएको अस्थाई निस्साको आधारमा मोही कायम गर्न मिल्ने देखिदैन। § मोही कायम हुन लाई अन्नपूर्ण देवीको उक्त जग्गामा जग्गाको स्वामित्व स्थापित भएको देखिनु पर्ने। § फिल्डवुकमा मोही लेखाउदैमा भूमि सम्वन्धी ऐन, २०२१ अनुसार मोही हक प्राप्त हुन नसक्ने । -प्र.नं. १६) पुनरावेदक वादी तर्फबाटःविव्दान अधिवक्ता श्री जयनारायण हुजेदार प्रत्यर्थी प्रतिवादी तर्फबाटःविव्दान अधिवक्ता श्री विदुर विक्रम थापा अवलम्वित नजिरः ने.का.प. २०४४, नि.नं. ३११९, पृष्ठ ६५० फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत, राजविराजवाट भएको मिति २०५४।१।३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. प्रतिवादी अन्नपूर्ण देवीको नाममा दर्ता रहेको जि.स. गा.वि.स. रम्पुरा मलहनिया वार्ड नं. ६ -क) कि.नं. २५४ को ०-५-१७ जग्गा मैले मोहीमा कमाई आएको उक्त जग्गाको ४ नं. जो अ. नि. समेत निज जग्गा धनी कै परिवार का नगाई वेलही परिवारवाट पाएको हुंदा उक्त जग्गाको मोही प्रमाणपत्र पाउं भन्ने वादीको दावी । ३. वादी दावी बमोजिमको जग्गा निजले जोत कमोत गरि वाली समेत वुझाउदै आएको हुंदा मोहीको प्रमाणपत्र दिएमा मन्जुर छ भनी अन्नपूर्णदेवी कायस्थको प्रतिउत्तरपत्र । ४. उक्त प्रतिवादी नाममा दर्ता रहेको कि.नं. २५४ को ०-५-१७ जग्गा रम्पुरा महल्हनिया गा.वि.स.वार्ड नं. ५ वस्ने रामदेव यादवको नाममा दर्ता कायम हुने गएको हुंदा निजको नाममा म्याद जारी गरी पाउं भन्ने वादीको द.नं. ४८१३ मिति ०५०।१०।२५ को निवेदन रहेछ । ५. वादी दावी झुठा हो वादीले अन्नपूर्ण देवीलाई मिलाई प्रतिवाद गरेका हुन । वादीले अनुसुची भर्दा वद्री नारायण सिंह र कानगाई वेल्हीको नाउंमा भरेको उक्त अनुसुचीवाट मेरो जग्गाको मोही हुने होइन । वादीले यो भन्दा अघि पनि माथि कि.नं. ५२ को जग्गा मोही प्रमाणपत्र पाउं भनि मुद्धा दिएकोमा तामेलीमा राखी दिने निर्णय भएको पुनः वादीले मुद्धा दिएको हुंदा अ.वं. ८५ को प्रतिकूल भएको हुंदा वादी दावी खारेज गरि पाउं भन्ने प्र. रामदेव यादवको प्रतिउत्तरपत्र । ६. फिल्डवुक हेर्दा मोही महलमा खुसिलाल खत्वे उल्लेख भएको देखियो । ७. फैसलाको नक्कल फोटोकपि हेर्दा यिनै वादीले यिनै प्रतिवादी माथि अर्कै कित्ता जग्गाका मोही प्रमाणपत्र पाउं भनि दावी लिएको उक्त मुद्धामा तामेलीमा राखी दिने ०३८।१२।१८ मा आदेश भएकोले उक्त मुद्धाको यस मुद्दामा प्रमाण लिन नमिल्ने अर्थात यही कित्ताको जग्गा हो भन्न नमिल्ने हुंदा वादी भु.सु. ऐन, ०२१ दफा २५ (१) बमोजिम मोही देखिएकोले मोहीयानी हकको प्रमाणपत्र पाउने ठहर्छ भन्ने भुमि सुधार कार्यालय सप्तरीको मिति २०४२।४।२३ को फैसला।