निर्णय नं. ९०२४ - मोही नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०२४ - मोही नामसारी भाग: ५५ साल: २०७० महिना: असोज अंक: ६ फैसला मिति :२०७०/०३/२८ ३२२८ ने.का.प. २०७०, अङ्क ६ निर्णय नं. ९०२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की २०६७–FC–१३७३ आदेश मितिः २०७०।३।२८।६ मुद्दा :– मोही नामसारी पुनरावेदक वादीः जिल्ला सर्लाही, मलङ्गवा न.पा.वडा नं.३ बस्ने सोनमादेवी तेलिन विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ.वडा नं.७ बस्ने मकवुलरजा मंसुरी शुरूमा फैसला गर्नेः भूमिसुधार कार्यालय, सर्लाही पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री लोकेन्द्र मल्लिक मा.न्या.श्री टिकाबहादुर हमाल § एकाघरका पतिपत्नी एउटै जग्गाको जग्गाधनी र मोही हुन सक्ने नसक्ने सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) “मोही“ भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफनो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ” भन्ने उल्लेख भएको पाइन्छ । यहाँ प्रयुक्त “अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई” भन्ने शव्द प्रयोग भएबाट एकासगोलका व्यक्तिहरु एउटै जग्गाको धनी र मोही हुन नसक्ने । (प्रकरण नं.२) § एउटै कित्ता नम्बरका जग्गाको एकासगोलकि पत्नी जग्गाधनी र निजका पति मोही हुन सक्ने अवस्था नदेखिँदा एकासगोलका पतिका नामको मोही नामसारी गरिपाऊँ भन्ने जिकीर कानूनसङ्गत नदेखिने । (प्रकरण नं.३) पुनरावेदक वादीतर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) फैसला न्या.सुशीला कार्कीः पुनरावेदन अदालत, जनकपुरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– विपक्षीको नाम दर्ताको जिल्ला सर्लाही मलङ्गवा न.पा.वाड नं.३ कि.नं.५९१ को ०–२–० जग्गाको मोही मेरा सगोलको पति जयनारायण साह तेली भएकोमा निज २०५५।४।२५ मा परलोक हुनु भएको र सोपछि म एकमात्र श्रीमती हकदार भएकोले मैले जोत कोड गरी रहेको हुँदा मेरो नाममा मोही नामसारी गरिपाऊँ भनी वादीको मुख्य दावी । दावीको जग्गाको मोही निज वादीको साखै ससुरा रामचलीतर साह टेवुल मोही भएकोमा निजको मृत्यु भई दावीजग्गा वादीको पति जयनारायण साहले नामसारी गराएको र उक्त जग्गा मैले निज वादीबाट नै र.नं.९५६३ मिति २०४७।३।१३ मा रजिष्ट्रेशन गराएको हुँदा सगोलको मोही लगत कट्टा हुनु पर्ने हो मोही नामसारी हुनुपर्ने होइन भनी व्यहोराको प्रतिउत्तर पत्र । यसमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम दावी जग्गा निजको श्रीमती वादीको नाममा मोही नामसारी हुने ठहर्छ भनी मिति २०६५।७।५ मा भएको भूमिसुधार कार्यालय सर्लाहीको फैसला । जग्गाधनीले जग्गा पारित गरेपछि भोग र स्वामित्व सर्ने भएको र उही व्यक्ति जग्गा दाता एवं पति मोही रहन नसक्ने कानूनी व्यवस्थालाई समेत नाघेर मेरो साक्षी प्रमाणसमेत केही नबुझी सगोलको र सगोलका व्यक्तिका नाममा नामसारी हुने गरी गरेको फैसला बदर वातिल गरिपाऊँ भनी पुनरावेदक प्रतिवादीको पुनरावेदन पत्र । यसमा प्रत्यर्थी वादी जग्गाधनी रहेको अवस्थामा निजबाट पुनरावेदकको जग्गा खरीद गरेको देखिएको र सोही जग्गामा निजको पतिको नाउँमा मोही हक कायम भएको भनी मोही नामसारी गरेको किरिया एकासगोलमा रहेको सदस्य जग्गाधनी र मोही दुवै हुन सक्ने नसक्ने विषयमा विश्लेषण गर्नुपर्नेमा सो नगरी मोही नामसारी गर्ने गरेको श्री भूमिसुधार कार्यालय सर्लाहीको २०६५।७।