निर्णय नं. ३३२१ - क्षतिपूर्ति दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३२१ - क्षतिपूर्ति दिलाई पाउँ भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/१२/२३ २९८३ निर्णय नं. ३३२१ ने.का.प. २०४५ अङ्क १ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत २०४३ सालको दे.पु.इ.नं.९३ फैसला भएको मिति : २०४४।१२।२३।३ मा पुनरावेदक/वादी : का.जि. बागबजार स्थित सिद्धि गणेश ट्रेडिङ कम्पनीको साझेदार ऐ.बस्ने सु.नारायण भक्त श्रेष्ठको मु.स. गर्ने श्रीभक्त श्रेष्ठ विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जनकपुर चुरोट कारखाना, जनकपुरधाम मुद्दा : क्षतिपूर्ति दिलाई पाउँ (१) वादीले आफ्नो क्रियाकलापबाट बागमती अञ्चलमा चुरोट व्यापारमा र व्यापारिक प्रतिष्ठामा समेत धक्का पुर्याउने गरी कार्य गरेको निजको विरुद्धमा डिलरहरूले प्रधानमन्त्री लगायतमा उजूरी गरेको र त्यस उजूरी बारे सोधनी गर्दा सन्तोषप्रद जवाफ नदिएको साथै कारखानालाई थाहा पत्ता नदिई अर्को फर्म कमल ट्रेडर्सलाई डिष्ट्रिव्यूटर नियुक्ति गरी डिलरहरूसंग झमेला गरेको र सो बारे सोधनी गर्दा कुनै जवाफ नदिएको साथै बागमती अञ्चलमा हाल डिष्ट्रिव्यूटर्ससीप नराख्ने नीति निर्धारण भएकोले सम्झौताको दफा १७ बमोजिम सूचना दिई सम्झौता समाप्त गरिएको भन्ने जनकपुर चुरोट कारखानाको प्रतिउत्तर जिकिर देखिन्छ, कमल ट्रेडर्स नामको फर्मलाई डिष्ट्रिव्यूटर नियुक्त गरेको भन्ने आरोपको खण्डन वादीतर्फबाट हुनसकेको देखिएन, कारखानाको हित विरुद्ध कुनै काम गरेको महसुस हुनआएमा सम्झौता समाप्त गर्न सकिने कुरा उक्त २०२५।३।३ को निर्णयबाट नै दखिएको हुंदा सम्झौताको दफा १७ बमोजिम २०२६।१०।२० को पत्रद्वारा एक महीनाको अग्रिम सूचना दिई २०२६।११।७ देखि सम्झौता समाप्त गरिएकोलाई त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं.२१) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल विपक्षी, प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह: प्रस्तुत मुद्दा संयुक्तइजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैव्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम निर्णयार्थ यस इजलास समक्ष पेश हुनआएको रहेछ । मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. जनकपुर चुरोट कारखाना र हामी वादीहरू दुवै जनाको साझेदार भएको र साझेदार ऐन, २०२० अन्तर्गत दर्ता भएको फर्म श्री सिद्धि गणेश ट्रेडिंग कम्पनीका बीचमा २०२४।११।६ गते उक्त कारखानाबाट उत्पादित चुरोटको बागमती अञ्चल भित्रको बिक्रेता डिष्ट्रिव्यूटरको लागि करार भएको सो करारमा हामी डिष्टिव्यूटर्सको तर्फबाट वार्षिक रु.८४,००,०००।– को चुरोट बिक्री हुने सेल्स ग्यारेण्टी दिएको थियो अरु शर्तहरू कबूलियतनामामा उल्लेख भएको सो करारमा मिति निर्धारित नभई कमसेकम ५ वर्ष निर्धारित होस प्रत्येक वर्ष ५ प्रतिशतको दरले रकम बढाउँदै जाने प्रस्ताव राखेका थियौं । ०२५।४।२९ मा कारखानाले स्वीकृत पनि दियो सो शर्त बमोजिम ५ वर्ष २०२९।१०।३० गते सम्मको बन्धनमा थियो । कारखानाले अनुचित तरिकाबाट २०२६।११।७ देखि करार समाप्त हुने कुराको सूचना २०२६।१०।२ को पत्र जो हामीले २०२६।१०।७ गते बुझेकोबाट हामीलाई क्षति पुग्न गएकोले क्षतिपूर्ति दिलाई भराई लिन पाउने भई अघिल्लो सालमा लागू भएको अनुपातमा ११,१४,१६८।८ उक्त कारखानाबाट क्षतिपुर्तिको रुपमा भराई पाउनु परेकोले जनकपुर चुरोट कारखानाबाट दिलाई भराई पाउँ भन्ने समेत व्यहोर