निर्णय नं. ७११८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७११८ - कर्तव्य ज्यान भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५९/०१/१३ ३५०० निर्णय न.७११८ ने.का.प. २०५९ अङ्क ७/८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी संवत् २०५५ सालको फौ.पु.नं. २१२३ फैसला मितिः २०५९।१।१३।६ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक वादीः काजिमान लिम्वुको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला मोरङ उर्लावारी गा.वि.स.वार्ड नं. ४ घर भै हाल कारागार शाखा मोरङमा थुनामा रहेको विदुर लामा § मृतकलाई प्रहार गरेको काठको कुर्सीका खुट्टा समेत वरामद भएको र प्र. विदर लामाले आफू वारदातमा संलग्न रहेको कुरालाई स्विकार गरेको समेत देखिंदा रीक्सावाट लडेको रीसको झोकमा सो स्थानवाट घरतर्फ जान अलिपर पुगेपछि पुनः फर्कि आएर दोश्रो चरणमा मृतक तथा धाइतेहरु लाई काठको टुक्रा समेतले टाउंको जस्तो संवेदनशील भागमा पटक पटक प्रहार गरेको देखिंदा निज प्र.को मृतकलाई मार्ने मनसाय थिएन भन्न सकिने अवस्था नरहेन । § चोट एक पटक मात्र नभै धेरै पटक हुनुको साथै शरिरको अन्य भागमा निलडाम समेतका चोटहरु देखिएको हुंदा प्र.ले आवेशमा आई प्रहार गरेको भनि प्रस्तुत कसुरमा ज्यान सम्वन्धी महलको १४ नं. आकर्षित हुने अवस्था देखिएने। § वारदात हुनु अगाडी मृतक समेत चढेको रीक्सा भीम राईले पल्टाई दिई झगडा हुंदा हात हालाहाल सम्म भएको र सो पछि सवै जना घर तर्फ जांदा विदर लामाको प्रहारवाट मृतकको मृत्यु भएको हो भनी घटनाका प्रत्यक्षदर्शीहरुले वकपत्र गरेका देखिंदा भिम राईको लातमुक्का प्रहार समेतवाट मृतकको मृत्यु भएको हो भन्ने अभियोग मिसिल संलग्न प्रमाणवाट समर्थित हुन नआउने। § प्र. विदुरलामा स्थानीय प्रहरी समक्ष कसुर स्विकार गरी आत्मसमर्पण गरेको तथा अदालतमा वयान गर्दा समेत कुटपिट गरेको स्वीकार गरेको देखिंदा निजलाई ऐन बमोजिम सर्वस्व सहित जन्मकैद गर्दा चर्को पर्ने महसुस भएकोले अ.वं. १८८ नं. बमोजिम कैद वर्ष १० हुने। (प्र.नं. २५ देखि २७) पुनरावेदक वादी तर्फबाटः प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत, विराटनगरको मिति २०५५।२।३१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्धाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. मोरङ उर्लावारी-४ स्थित प्र. विदुर लामाको घर तथा पिपलको रुखदेखि पुर्व घटनास्थलमा जमिनको भाग ३ फिट जतिमा रगत जमेको, सो देखि पुर्व २ फिट जमिनको भाग रगतले भिजेको र दुवैपट्टि रगत जमेको भाग भन्दा वरपर रगतका छिटाहरु भएको, सोही विचवाटोमा निज विदुर लामाले चलाएको भनी पिडीतले इसाराले वताएको फलामको अंग्रेजीमा R।C।M।L।R।C।M।A 144387 नं. लेखिएको विचमा ३ इन्च चौडाई, दुवै पट्टिको टुप्पो १ इन्च भएको मिलमा प्रयोग हुने अं. २ फिट लम्वाई भएको फलामको पत्ती सोही रगतका छिटाहरु भएको स्थानमा उत्तर दक्षिण भई रहेको फेला परेको र सो समेत हाम्रो सामुन्नेमा प्रहरीले वरामद गरेको ठिक हो भन्ने समेत व्यहोराको मिति २०५३।६।२५ को मुचुल्का । ३. मिति २०५३।६।२५ को राती ११.३० वजेको समयमा म आफनै घरमा थिए, वमवहादुर तामाङ मेरो घरमा आई उर्लावारी ४ मा तपाईको छोरा पदमवहादुर लिम्वु र तोकवहादुर राईलाई उर्लावारी- ४ वस्ने विदुर लामा र भीम राई समेतले कुटपिट गर्दैछन, म भागेर आएको भने पछि तत्काल गाउंका मानिस सहित घटनास्थल उर्लावारी- ४, काटाचौकमा गई हेर्दा रगतको भल जताततै वगेक