निर्णय नं. ३३२२ - राजनीतिक उद्धेश्यले संघ संस्था खोलेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३२२ - राजनीतिक उद्धेश्यले संघ संस्था खोलेको भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४५/०१/०७ २६५० निर्णय नं. ३३२२ ने.का.प. २०४५ अङ्क १ पूर्ण इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको फौ.पु.ई.नं.२२ आदेश भएको मिति : २०४५।१।७।३ मा पुनरावेदक/वादी : श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : ऋषिकेश शाह समेत मुद्धा : राजनीतिक उद्धेश्यले संघ संस्था खोलेको (१) सरकार वादी भई चलेको मुद्दा निर्णय हुने अवस्थामा वादी पक्षको प्रतिरक्षा महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतका न्यायाधिवक्ताहरूद्वारा हुन्छ तापनि अन्य पक्ष सरह मुद्दामा रोहवरमा रही निर्णय सुन्ने र निर्णय सुनि पाएँ भनी राय किताबमा सही नगरिने र तारिखमा नरहेपछि नियम १२ (४) ले त्यसो गरिरहनु पर्ने प्रयोजन समेत नहुँदा मुद्दा मामिलामा निर्णय भएको सूचना प्राप्त गरेपछि मात्र जानकारीमा आउने भएबाट निर्णय हुँदाकै मितिमा श्री ५ को सरकारलाई थाहा भएको मान्न मिलेन । (प्रकरण नं.४) (२) सरकार वादी हुने मुद्दामा वादी पक्षको तर्फबाट कोही पनि तारिखमा नरहने तथा मुद्दाका अन्य पक्ष सरह निर्णय सुनि पाएको भनी राय किताबमा कसैको सहिछाप परेको नहुने तथा सरकारी मुद्दा सम्बन्धी नियमावली, २०१८ को नियम १२ (४) ले निर्णयको सूचना दिनुपर्ने समेत बाध्यात्मक कानुनी व्यवस्था रहेको हुँदा त्यस्तो श्री ५ को सरकार वादी हुने फौज्दारी मुद्दामा निर्णय भएको मितिबाटै सो म्याद शुरु हुन्छ भन्न नमिल्ने । (प्रकरण नं.५) (३) निर्णय हुँदा पक्ष रोहवरमा छैन भने निर्णयको जानकारी पाएको मितिबाट वा दण्ड सजायँ तिरेको मितिबाट पुनरावेदनको म्याद शुरु हुने । (प्रकरण नं.५) (४) कानूनले नै स्पष्ट शब्दमा निर्णयको सूचना दिनुपर्छ भन्ने व्यवस्था गरिरहेको स्थितिमा निर्णयको सूचना पाएको मितिबाट ३५ दिनभित्र परेको निवेदनलाई म्याद नाघी परेको भन्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. ५) पुनरावेदक, वादीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विपक्षी, प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री मुकुन्द रेग्मी र श्री कृष्णप्रसाद पन्त आदेश प्रतिवादी ऋषिकेश शाह समेतले राजनीतिक उद्देश्यले प्रेरित भएको तदर्थ समिति नामको गैरकानुनी संगठन खोलेको संघ संस्था नियन्त्रण ऐन, २०१९ को दफा २ (१२) बिपरीत हुँदा दफा ३ अनुसार सजायँको माग दावी भएकोमा राजनीतिक उदेश्यले प्रेरित भएको संगठन खोल्यो भन्ने ठोस सबूद कतैबाट पनि पेश हुन नआएकोबाट ऋषिकेश शाह र तिलकराज शाहीले संघ संस्था नियन्त्रण ऐनको दफा २ (१) बमोजिम कसूर गरेको ठहर्दैन भन्ने बागमती अञ्चल अदालतबाट मिति २०३९।४।३२ मा फैसला भएको र सोही इन्साफ सदर हुने ठहराई म.क्षे.अ.बाट मिति २०४०।७।१४ मा फैसला भएको र उक्त म.क्षे.अ.को निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने वादी श्री ५ को सरकारको यस अदालतमा परेको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भई निर्णयार्थ संयुक्त इजालस समक्ष पेश हुँदा क्षेत्रीय अदालतबाट निर्णय भएपछि सो निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भनी निवेदन दिंदा सर्वोच्च अदालत नियमावलीको नियम ६० अनुसार क्षेत्रीय अदालतबाट निर्णय भएको मितिले ३५ दिनभित्र दिनु पर्ने हो वा अ वं. १९३, १९७ नं. समेत बमोजिम फैसला भएको थाहा पाएको वा नक्कल सारेको वा दण्ड सजायँ तिरेको मितिले ३५ दिनभित्र निवेदन दिनु पर्ने हो भन्ने वि