निर्णय नं. ७४३२ - जीउ मास्नेबेच्ने ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४३२ - जीउ मास्नेबेच्ने । भाग: ४६ साल: २०६१ महिना: पौस अंक: ९ फैसला मिति :२०६१/०९/२२ १४५८५ निर्णय नं.७४३२ ने.का.प.२०६१ अङ्क ९ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री बलराम के.सी. सम्बत् २०६१ सालको फौ.पु.ई.नं...१७ आदेश मितिः २०६१।९।२२।५ मुद्दा :– जीउ मास्नेबेच्ने । पुनरावेदक प्रतिवादीः मकवानपुर जिल्ला, पद्मपोखरी गाउँ विकास समिति, वडा नं. ५ घर भई हाल जिल्ला प्रशासन कार्यालय, कारागार शाखा मकवानपुरमा रहेको उत्तम लामा विरुद्ध प्रत्यर्थी वादीः चरीमाया मोक्तानको जाहेरीले श्री ५ को सरकार § सामान्य अवस्थामा विधायिकाले कुनै कानून क्रियाशील हुनुभन्दा पहिले नै घटेको कुनै कार्यलाई पछाडि वनेको कानूनले अपराधको रुपमा परिभाषित गर्न र साविकमा कम गंभीर मानिने अपराधलाई वढी गंभीर बनाउन तथा कम सजाय हुने अपराधलाई वढी सजाय हुने गरी कानूनी व्यवस्था गर्न एवं प्रमाण सम्वन्धी नियममा संशोधन गरी कम प्रमाणको आधारमा पनि कसूरदार ठहर गर्न सकिने गरी कानून निर्माण गर्न नसक्ने । § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १४ को उपधारा (१) अनुसार कुनै कार्य गर्दा त्यस्तो कार्यलाई कानूनले दण्डनीय कसूर नमानेको अवस्थामा पछाडि बनेको कानूनले अगाडि नै भइसकेको कार्यलाई दण्डनीय कसूर घोषणा गरी सजायको व्यवस्था गर्न र त्यस्तो कानूनको प्रयोग गरी अगाडि नै घटेको वारदातसंग सम्बन्धित व्यक्तिलाई सजाय गर्न तथा कसूर गर्दाको अवस्थामा कानून वमोजिम हुन सक्ने सजाय भन्दा बढी सजाय गर्न नमिल्ने संवैधानिक प्रत्याभूति प्रदान गरिएको स्पष्ट हुने । § मुलुकी ऐन जीउ मास्नेबेच्नेको महलको १ नं. अनुसार मानिसलाई बेच्ने अपराधमा संलग्न व्यक्तिलाई बीस बर्ष कैदको सजाय तोकिएको देखिन्छ भने जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८ को उपदफा (१) मा मानिस बेच बिखन गर्ने व्यक्तिलाई दश बर्ष देखि वीस बर्षसम्म कैद हुने व्यवस्था गरिएको देखिन्छ । यसवाट प्रतिवादीहरुले कसूर गर्दाको अवस्थामा मानिसलाई बिक्री गर्ने कार्यलाई कानूनले अपराध नमानेको वा पछाडि बनेको कानूनले अगाडि गरिएको कार्यलाई कसूर मानी साविकको कानूनमा भएको भन्दा बढी सजायको व्यवस्था गरेको भन्न मिल्ने अवस्था समेत रहेको देखिन नआएकोले जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ लाई Ex Post Facto Law मानी प्रस्तुत मुद्दामा प्रतिवादीहरुलाई उक्त ऐन अनुसार गरिएको सजायलाई Ex Post Facto Law सम्बन्धी अवधारणा विपरीत भएको मान्न मिल्ने देखिन नआउने । § जाहेरवालीलाई ललाई फकाई भारत वम्वैमा लगी विक्री गर्ने कसूरजन्य कार्य गरेको भनी अभियोग लगाउंदाको अवस्थामा बिषेश कानूनको रुपमा जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन,२०४३ लागू भइसकेकोले उक्त ऐनको दफा ११ तथा मुलुकी ऐन प्रारम्भिक कथनको ४ नं.को कानूनी व्यवस्था अनुसार सोही ऐन अनुसारको अभियोग लगाउनु पर्ने । § कसूर गर्दाको अवस्थामा नै मुलुकी ऐन जीउ मास्नेबेच्नेको महलले जीउ मास्नेबेच्ने कार्यलाई कसूर मानिरहेकोले पछाडि बनेको जीउ मास्नेबेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ ले मात्र जीउ मास्नेबेच्ने कार्यलाई पहिलो पटक अपराध बनाएको वा जीउ मास्नेबेच्ने कार्य गरे वापत साविकमा हुन सक्ने सजाय भन्दा बढी सजाय तोकेको भन्ने नदेखिने । § फौजदारी कसूर घोषणा गर्ने सारवान कानूनी व्यवस्था अनुसार साविक देखि हालसम्म मानिसलाई बेच बिखन गर्ने कार्यलाई गंभीर अपराध मानी कठोर सजायको व्यवस्था समेत गरिरहेको अवस्थ