निर्णय नं. ३३२३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३३२३ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/११/२६ २१४८ निर्णय नं. ३३२३ ने.का.प. २०४५ अङ्क १ संयुक्तइ जलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४२ सालको रि.नं. १५६१ आदेश भएको मिति : २०४४।११।२६।४ मा रिट निवेदक : श्रीराम विडी कम्पनी, वीरगञ्जकोतर्फबाट प्रो. विठ्ठलदाश सराफ विरुद्ध विपक्षी : कर कार्यालय वीरगञ्जसमेत विषय : उत्प्रेषण (१) निवेदकलाई पत्र दिनुभन्दा अघि मार्क अप गरी बिक्रीकर असूल उपर गर्ने गरिदिएको पत्र कानून अनुकूल नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुसिल कुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या. सुरेन्द्रप्रसाद सिंह: नेपालको संविधान २०१९ को धारा ७१ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनमा लिइएको तथ्य तथा जिकिर संक्षेपमा निम्नानुसार छ । २. यस श्रीराम बिडी कम्पनीले साविक झै २०४१ साल फाल्गुण सम्म लाग्ने बिक्रीकर रकम र मालको मूल्य कायम गरेको फाँटवारी समेत कर कार्यालय वीरगञ्जमा महीनै पिच्छे दाखिल गर्दै आएकोमा सो अवस्था २५ प्रतिशत मूल्यमा मार्कअप गरी मूल्य कायम गरी बिक्रीकर दाखिल गर्ने भन्ने कानुनी व्यवस्था नहुँदा निवेदकले एक्सफैक्ट्री प्राइसमा अन्तःशुल्कको रकम जोडी हुनआएको अंकमा २५ प्रतिशत ले मार्कअप गरी बिक्रीकर असूल गर्नुपर्ने कानुनी बाध्यता छैन । यस्तोमा कर कार्यालय वीरगञ्जले एक्कासी २०४१।११।२२ को पत्रद्वारा फैक्ट्री मूल्यमा अन्तःशुल्क जोडी हुने कूल जोडमा २५ प्रतिशत ले मार्कअप गरी बिक्रीकर असूल गर्नु भनी श्री ५ को सरकारको निर्णय भएकोले २०४१।३।२६ देखि नै सोही अनुसार मार्कअप गरी निर्णयलाई पूर्वदर्शी बनाई नपुग कर असूल गर्ने आदेश कानून संगत छैन । निवेदकले साविक झै विपक्षी कर कार्यालयको खातामा कर जम्मा गर्दै आएकोमा यसरी ८ महीना पछि एक्स फैक्ट्री मूल्यमा अन्तःशुल्क र अन्य खर्च जोडी त्यसमा २५ प्रतिशत ले मार्कअप गरी सो को बिक्री कर लिनुपर्ने भनी २०४१।१०।२३ को निर्णयलाई पूर्वदर्शी बनाई २०४१।३।२६ देखिकै नपुग बिक्रीकर भनी माग गर्ने अधिकार कुनै कानूनले विपक्षी कसैलाई पनि सो अधिकार प्रदान गरेको छैन । श्री ५ को सरकारको तथाकथित मिति २०४१।१०।२३ को पूर्वदर्शी निर्णय भएको छ भने सो गैरकानुनी छ । तसर्थ २०४१।१०।२३ को निर्णय, कर कार्यालय वीरगञ्जको मिति ०४२।२।२२ च.नं. ७९८ को आदेश तथा कर कार्यालय सर्लाहीको मिति २०४१।११।२१ को आदेश समेत कानुनी त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी प्रतिषेध वा अन्य रिट आज्ञा, आदेश पुर्जी जुन उपयुक्त छ जारी गरी २५ प्रतिशत मार्कअपले हुने नपुग रु.४९,६६२।८५ निवेदकमा असूल गर्नु भनी कर कार्यालय वीरगञ्ज तथा सर्लाहीका नाउँमा आदेश समेत जारी गरिपाउँ भन्ने समेतको रिट निवेदनपत्र । ३. बिक्रीकरका लागि मार्कअप गर्ने निर्णय मिति २०४१।१०।२३ मा भई उक्त निर्णय सोही मितिदेखि लागू गर्ने मिति २०४२।४।२९ र २०४२।५।३० मा भइसकेको कानून अनुरुप नै छ । आर्थिक ऐन, २०४१ को दफा ४ मा भएको व्यवस्था अनुसार उपभोक्तालाई बिक्री गरिने मूल्य कायम गर्ने प्रयोजनका लागि उत्पादित सामानको वितरण खर्च बापत निश्चित प्रतिशत तोक्न पर्ने भई श्री ५ को सरकारबाट यस सम्बन्धमा मिति २०४१।१०।२३ मा निर्णय भएको र उत्पादित सामानको वितरण खर्च उत्पादकले देखाउन नसकेको अवस्थामा श्र