निर्णय नं. ७११९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७११९ - उत्प्रेषण भाग: ४४ साल: २०५९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५९/०२/०७ ३२५१ निर्णय न.७११९ ने.का.प २०५९ अङ्क ७/८ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधिश श्री सुशिलासिंह सिलु संवत् २०५७ सालको रिट नं. ३०५४ आदेश मितिः २०५९।२।७।३ विषयः उत्प्रेषण । रिट निवेदकः काठमाण्डौं जिल्ला काठमाण्डौ महानगरपालिका वार्ड नं. ९ वस्ने निर्मलकुमार वस्नेत विरुद्ध विपक्षीः पुनरावेदन अदालत पाटन समेत § अ.वं. ६५ नं. बमोजिम कुनै पक्षले राखेको वारेस सो पक्षको प्रतिनिधित्व गर्ने व्यक्ति भएकोले निर्णय सुनी पाए भनि वारेसले सहीछाप गरेपछि सम्वन्धित पक्षलेनै सुनिपाएको मान्नुपर्ने । § अ.वं. १९३ नं. बमोजिमको पुनरावेदनको म्याद राय कितावमा सुनि सहिछाप गर्ने पक्षका नाउंमा जारी हुदैन । यसवाट अ.वं. ६५ नं. बमोजिम रहेको पक्षको वारेसले निर्णय सुनी सही गरेकोलाई सम्वन्धित पक्षले निर्णयको जानकारी नपाएको भन्न मिल्ने देखिदैन । § निर्णय हुंदाका अवस्थामा सम्वन्धित पक्षको वारेस उपस्थित भई राय कितावमा सहिछाप गरेपछि सोही मितिवाट पुनरावेदन गर्ने हद म्याद सुरु भएको समेत मान्नुपर्ने । (प्र. नं. ७) रिट निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री खगेन्द्रप्रसाद अधिकारी विपक्षी तर्फबाटः अवलम्वित नजिरः आदेश न्या.गोविन्दबहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. श्री कृष्ण प्रणामी सेवा समिति वादी निवेदक समेत प्रतिवादी भएको मोही कायम मुद्दामा भुमि सुधार कार्यालय काठमाण्डौंवाट मोही कायम हुने ठहर्‍याई भएको मिति ०५६।६।२६ को फैसलाको जानकारी ०५७।४।३० मा नक्कल सारी लिदा थाहा पाई त्यसको ३५ दिन भित्र पुनरावेदन अदालत पाटनमा पुनरावेदनपत्र लिई जांदा फैसलाको तपसिल खण्डमा दुवै पक्षले सुनि पाए भनि राय कितावमा सहिछाप गरेको भन्ने उल्लेख भएको देखिंदा नक्कल सारेको मिति कायम गरि दर्ता गर्न नमिल्ने भन्ने आधारमा रजिष्टारवाट ०५७।५।२ मा दरपिठ भएको सो दरपिठ आदेश उपर पुनरावेदन अदालत समक्ष उजुरी निवेदन दिएकोमा अ.वं. ६५ नं. बमोजिम नियुक्त वारेसले निर्णय फैसला सुनी राय कितावमा सहिछाप गरेकोमा सम्वन्धित पक्षले राय कितावमा सहिछाप गरेकोमा सम्वन्धित पक्षले नै सो फैसला सुनी पाए सरह मान्नु पर्ने भन्दै उक्त दरपिठ आदेश सदर कायम गरि ०५७।५।२३ मा आदेश भयो । उक्त आदेश त्रुटिपुर्ण छ । अ.वं. ६५ नं. बमोजिम वारेसले फैसला पुर्व सम्मको लागि मात्र मान्यता पाउने हुन्छ । फैसला भई सकेपछि सो वारेसवाट वास्तविक पक्षको प्रतिनिधि कायम हुन सक्तैन । त्यस्तो वारेसले फैसला सुनि पाएकोलाई मान्यता दिन मिल्दैन । पुनरावेदनको म्याद सम्वन्धीत वास्तविक पक्षलाई नै दिने व्यवस्था अ.वं. १९३ नं.मा भएवाट वारेसले सुनिपाएकोवाट कुनै अर्थ हुदैन । उक्त दरपिठ गर्ने आदेश र त्यसलाई सदर गरेको पुनरावेदन अदालतको आदेश अ.वं. ६५ नं. १९३ नं. को व्यवस्था विपरित हुने गरि भएको छ । उक्त आदेशवाट मेरो नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ (१) १७ (१) द्वारा प्रदत्त हक र अ.वं. ६५, १९३ समेत द्वारा प्रत्याभूत कानूनी हकमा आघात परेको हुंदा दरपिठ गरेको मिति ०५७।५।२ को आदेश र त्यसलाई सदर गर्ने गरेको ०५७।५।२३ को पुनरावेदन अदालतको आदेश उत्प्रेषणको आदेशद्वारा वदर गरी पुनरावेदनपत्र दर्ता गर्नु भन्ने पुनरावेदन अदालत पाटनका नाममा परमादेश जारी गरि पाउं । साथै रिट निवेदनको ट