निर्णय नं. ३३२५ - बन्दी–प्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३२५ - बन्दी–प्रत्यक्षीकरण भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/१२/०७ २२१४ निर्णय नं. ३३२५ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४४ सालको रिट नम्बर १६५८ आदेश भएको मिति : २०४४।१२।७।१ मा निवेदक : भोजपुर कारागारमा थुनामा रहेको पुरुषोत्तम नेपालसमेत विरुद्ध विपक्षी : भोजपुर जिल्ला अदालतसमेत विषय : बन्दी–प्रत्यक्षीकरण (१) अ.बं. १८६ नं. मा व्यवस्था भएबमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएकोमा मात्र साधक जाहेर गर्ने व्यवस्था भएको र अ.बं. २१४ मा सफाई दिने ठहराइएका व्यक्तिलाई थुनामा राख्नु पर्ने व्यवस्था भएको नपाइने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षीतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री कृष्णाराम श्रेष्ठ आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : नेपालको संविधान २०१९ को धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नानुसार छ । २. थिरबहादुर कार्कीको जाहेरीले वादी श्री ५ को सरकार प्र. हामी निवेदकहरू भएको निवेदक मध्ये पुरुषोतम नेपाल उपर ज्यानसम्बन्धीको १३(३) नं. र म यादव नेपाल समेत उपर ऐ.को १३(४) अन्तर्गतको सजायँ माग भई मुद्दा दायर भएकोमा हामीहरूले सफाई पाउने ठहरी भोजपुर जि.अ. बाट मिति २०४३।१२।९ मा फैसला भयो र सर्वस्वसहित जन्मकैद माग भएको मुद्दामा अ.बं. १८६ नं. को संशोधित व्यवस्था अनुसार शुरुबाट सफाई दिने गरी फैसला भएकोमा साधक जाहेर गरी रहन नपर्ने व्यवस्था भई अ.बं. १८७ नं. खारेज गरिएको अ.बं. २१४ नं. मा साधक जाहेर गर्नु पर्ने मुद्दामा अपनाइने कार्यविधिसम्म व्यवस्था भएकोमा भोजपुर जिल्ला अदालतबाट अ.बं. २१४ नं. बमोजिम साधकको अन्तिम निकाशा नभएसम्म साविक झै थुनामा राख्ने गरेको कानून बिपरीत थुनामा राखेको छ । विपक्षीहरूका नाउँमा बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको निवेदनपत्र । ३. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट २०४४।९।२३ मा भएको आदेश । ४. मिति २०४३।१२।९ मा विपक्षीहरूलाई साधकको अन्तिम निकासा नभएसम्म थुनामै राख्ने ठहरी फैसला भएको १० महीना पछि विलम्व गरिदिएको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भोजपुर जिल्ला अदालतको लिखितजवाफ । ५. धिरबहादुर कार्कीको जाहेरीले वादी ५ को सरकार विपक्षी पुरुषोतम नेपाल समेत भएको कर्तव्य ज्यान मुद्दामा भोजपुर जिल्ला अदालतको २०४३।३।५ को “ख” श्रेणीको सिधा खुवाई थुनामा राख्ने पत्रानुसार विपक्षीहरूलाई यस कारागारमा थुनामा राखिएकोछ । शुरु अदालतबाट छाडि दिनु भन्ने कुनै आदेश तथा पत्रसमेत प्राप्त हुन नआएको र सोही अं.अ.बाट यसै मुद्दामा च.नं. २४५१/३२९ मिति २०४४।९।१२ को थुनामा राखी राख्ने पत्र समेत प्राप्त भएको हुनाले कैदमा राखिएको हो । रिट निवेदनमा सही गर्न दिएन भन्ने लगायत सम्पूर्ण रिट निवेदनमा उल्लिखित कुराहरू झुठ्ठा फरेबी मात्र हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको कारागार शाखा भोजपुरको लिखितजवाफ । ६. अ.बं. १८६ नं. मा उल्लेख भएबमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहराएकोमा मात्र साधक जाहेर गर्ने व्यवस्था भएको र अ.बं. २१४ नं. मा सफाई दिने ठहर्‍याएका व्यक्तिलाई थुनामा राख्नु पर्ने व्यवस्था नभएकोले बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरी थुनाबाट मुक्त गरिदिने ठहराई आज यस इजलासब