निर्णय नं. ३३२६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३२६ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: बैशाख अंक: १ फैसला मिति :२०४४/०७/२४ २१९६ निर्णय नं. ३३२६ ने.का.प. २०४५ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको रि.नं. २३६१ आदेश भएको मिति : २०४४।७।२४।४ मा निवेदक : चरिकोट गा.पं.वा.नं.७ घर भई हाल ठमेलबस्ने गणेशबहादुर श्रेष्ठ विरुद्ध प्रत्यर्थी : प्रहरी प्रधान कार्यालय नक्सालसमेत विषय : उत्प्रेषण (१) रिट निवेदक उपर लगाएको प्राचीन मूर्ति चोरी तथा स्थानान्तरण गरे भन्ने मुद्दामा समेत निवेदकले म.क्षे.अ. बाट समेत सफाई पाएको देखियो, यस्तो अवस्थामा रिट निवेदक २०३९।९।२३ सम्म हाजिर रहेको देखिएकोमा मिति ०३९।९।२६ गतेको बा.अ.प्र.का.को पत्रबाट ऐ.पौष २० गतेबाट गयल खाली जनाउन पत्र पठाएको प्रत्यर्थी कार्यालयको काम कारवाही प्रहरी नियमावली, २०३३ को परिच्छेद ७ को समेत प्रतिकूल देखिने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षीतर्फबाट : विद्वान का.मु. सह–न्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या. बब्बरप्रसाद सिंह: नेपालको संविधानको धारा १६।६१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदकको निवेदन तथ्य एवं जिकिर निम्नप्रकार छ । २. निवेदक कालिमाटी प्रहरी शिविर अन्तर्गत त्रिपुरेश्वर चौंकीमा प्रहरी हवल्दार पदमा कार्यरत भएकोले आफूले प्रहरी ऐन नियम तथा प्रचलित नेपाल कानून अन्तर्गत आफ्नो ओहोदाको कर्तव्य पालन गरी आइरहेको थिएँ । पद अनुसार देश नरेश र व्यवस्थाको सेवामा निवेदक कर्तव्य परायण छु । प्रहरी फोर्समा २०३०।५।१ मा प्रवेश गरेर २०३६ सालमा हवल्दारमा पदोन्नती भएँ । प्रहरी फोर्समा लिएको विभिन्न तालीममा कुशलतापूर्वक सफल भएको छु । आफ्नो कर्तव्यपालन गर्दाको अवस्थामा २०३९।९।२३ मा प्रत्यर्थी डि.एस.पी.कार्यालयबाट बोलावट भयो । तत्पश्चात निवेदक समेत उपर श्री ५ को सरकार जिल्ला प्रहरी कार्यालय काठमाडौंले प्राचीन मूर्ति चोरी तथा स्थानान्तरण गरे भन्ने मुद्दा श्री बा.वि.अ. मा दायर गर्‍यो । बा.वि.अ. बाट उक्त मुद्दामा निवेदकले सफाई पाए । उक्त फैसला उपर म.क्षे.अ. मा श्री ५ को सरकारले पुनरावेदन गरेकोमा म.क्षे.अ. बाट समेत निवेदकले सफाई पाएको छु । ३. सफाई पाएपछि बहाल रहेको पदमा हाजिर भई कार्य सम्पादन गर्न पाउँ भनी प्रत्यर्थी उपरीक्षक कार्यालयमा द.नं. ९०९५ मिति २०४१।१०।२९ मा निवेदन दर्ता गरे । मलाई अद्यावधी कुनै जानकारी दिइएको छैन । तत्पश्चात प्रहरी प्रधान कार्यालय, मध्य क्षेत्र प्रहरी कार्यालयमा निवेदन दर्ता गर्न र हाजिर हुन पाउँ भन्दा एस.पी.कार्यालयमा निवेदन दिनु भनियो, निवेदन दिइसकेको छु भन्दा त्यही निवेदनबाट कारवाही हुन्छ भनियो । मेरो निवेदन दर्ता गर्नु पर्दैन भन्ने ठाडो जवाफ दिएकोले प्रत्यर्थी प्रहरी प्रधान कार्यालय र मध्य क्षेत्र प्रहरी कार्यालयले मेरो निवेदन दर्ता गर्न इन्कार गर्‍यो । अपितु कानुनी कारवाही गरी माग्न तथा पदमा हाजिर हुन पाउँ भनी दिएको निवेदन प्रहरी उपरीक्षक कार्यालयमा यथावत रुपमा सुरक्षित छ । उक्त कार्यालयकै अन्तर्गत प्रहरी चौकीमा निवेदक कार्यरत र दरवन्दी समेत भएकोले अधिकार प्राप्त निकाय तथा अधिकारी समक्ष मैले निवेदन दर्ता गरेको छु । ४. तत्पश्चात निवेदक प्रत्यर्थी गृह मन्त्रालयमा मिति २०४१।११।२४ मा द.नं. ४१९३ मा आफ्नो पदमा यथावत रुपले हाजिर हुन पाउँ भन्ने व्यहोराको निवेदनपत्र समेत दर्ता गरेको छु । उक्त निवेदन दर्ता गरे पश्चात, निवेदक नियमि